अन्तवार्ता


विकट कर्णालीको मुगुमा जन्मेर संर्घषमय जीवन विताउदै काठमाडौमा निजी विधालय सञ्चालन गर्न सक्षम एक साहसिक महिला कैलाश बोद्धि बोडिङको प्रिन्सिपल के.सी लामासँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः
१ ) तपाई समाजमा कसरी चिनिन चाहानुहुन्छ ?
  म एउटा समाज सेवकको रुपमा चिनिन चाहान्छु ।
२ ) कहाँ र कहिले जन्मनु भयो ?
२०२७ सालमा मुगुमा जन्मे र इण्डियाको हिमाञ्चलमा हुर्के ।
३ )औपचारी शिक्षा कहाँसम्म पुयाउनु भयो ?
कक्षा १२ सम्म इण्डियाको हिमाञ्चलको सदरमुका सिमला मै लगातार रुपमा पढे । त्यसपछि कैलाश बोद्धि स्कूल स्थापना भयो त्यसमा लागियो । पछि नेपालमा आएर रत्न राज्य लक्ष्मी  बहुुमुखी क्याम्पस बाट स्नात्तक उतिर्ण गरे ।
४) बाल्यकाल कसरी बित्यो ?
 प्रदेशमा के रमाइलो हुन्थ्यो तर पनि बुवा आमा सँगसँगै भएकोले त्यति दुःख पाईएन् । पढन लेख्न पाईयो , जेहोस राम्रैसँग बिते पनि सानैदेखि संर्घष गरे मैले ।
५) तपाई एउटा कर्णालीको महिला , काठमाडौ सम्म पुग्न कति संर्घष गनुपयो ?
 निक्कै संर्घष गरियो । बाल्यकाल र शिक्षा दिक्षा प्रवास ( इण्डिया ) मै भयो । मलाई काठमाडौ सम्म आई पुग्ने मुख्य माध्यम कैलाश बोद्धि बोडिङ्घ स्कूल नै हो । पहिले हामीले यो स्कूल इण्डियाको हिमाञ्लबाट सुरु गयौ । हुन त हामीले स्कूल खोल्ने उदेश्यले कैलाश बोद्धि स्थापना भएको होईन । सन् १९८९ तिरको नेपालको राजनीति घटनाले गर्दा होला त्यतिखेरको परिस्थितिमा नेपालीहरुलाई इण्डियाको सरकारी स्कूलमा भर्ना हुन गाह्रा्े हुन्थ्यो । यसैले हाम्रो समुदायमा ठुलो चिन्ताको विषय भयो यो कुरा । त्यतिखेरको अवस्थामा प्राय जसो मानिसहरु नपढेका हुन्थे , जसमा पनि धेरै नेपालीहरु इण्डियामा श्रमिकको रुपमा काम गर्थे । मैले कक्षा १२ उर्तिण गरेको थिए । यसकारण हाम्रो समुदायको अविभावकले मलाई बालबच्चा पढाउनको लागि आग्रह गरे र मैले पनि १÷२ वर्ष सेवा गरौ न त भन्ने हिसावले पढाउन थाले । मैले काम गदै जादा विधार्थीहरुले छोड्नै मानेनन् । स्कूलमा कक्षाहरु थपिदै गए र कैलाश बाद्धि प्राथमिक स्कूलमा रुपान्तर भयो । १ ÷२ जना साथीहरु थपेर कक्षा सुचारु त गयौ , कुनै पनि बोर्डसँग सम्बन्ध नभएको र पछि अप्ठयारो अवस्था सृजित हुने स्थिति भएको हुदा दर्ता प्रक्रियाममा लाग्यौ तर नेपाली भएकोले यो काम सफल भएन । पुन ः छलफल र सल्लाह गरि काठमाडौममा दर्ता गर्ने निर्णय गरियो । त्यस बेला मुगुको हस्त बहादुर मल्ल सहायक शिक्षा मन्त्री भएकोले उहाँको सहयोगमा दर्ता भयो । यसरी नै काठमाडौ प्रवेश गरियो ।
६) अन्य महिला र के सी लामा लाई कसरी तुलना गर्ने ?
साहस नै सबभन्दा ठूलो कुरा हो । साहस र हिक्मतले नै म यो स्थानमा आएको हुँ । महिलाले भान्सामा मात्र सिमित हुने परम्परालाई तोडनुपर्छ । म गर्न सक्छु , काम गर्दा के पो असम्भव छ भन्ने मान्यता राख्नुपर्छ र यसका साथै बढि भन्दा बढि शिक्षामा जोड दिनुपर्छ , अनि मात्रा महिला सक्षम हुन्छन् ।
७) तपाई भर्खर आउदाको काठमाडौ र अहिलेको काठमाडौमा के फरक देख्नुहुन्छ नि ?
काठमाडौ निक्कै परिवर्तन भईसक्यो । म सन् १९९३ मा काठमाडौ प्रवेश गरेकी हुँ । सायद १६ ÷ १७ वर्ष भईसक्यो होला म आएको । त्यतिखेर यहि हाम्रै कपन क्षेत्रमा सडक बनेको थिएन , भर्खर ट्रयाकको सुरुवात हुन लागेको थियो । बाटो धेरै खराब थियो , धुलो उडथ्यो । टयाक्सी पनि बल्ल बल्ल आउथ्यो तर हाल त्यो अवस्था भने छैन । गल्ली गल्ली मा सार्वजनिक गाडीहरुको सुविधा छ । भौतिक रुपमा धेरै परिवर्तन भएको छ तर प्रदुषण , कोलाहल , असुरक्षा जस्ता यावत समस्याहरु प्नि दिनानूदिन बढदै छन् । विकास सँगै विनास र विकृति पनि बढदै गएको छ ।
८) काठमाडौ मै जीवन जीउने कि कर्णाली क्षेत्रमा पनि जाने ?
म  काठमाडौमा भएपनि मुगुलाई सम्झी रहेकी छु । मलाई एउटा आत्मा आलोचना भईरहन्छ , मुगुमा जन्मेर पनि मुगुलाई हेर्न सकिएको छैन् । त्यही वरीपरिका जिल्ला हुम्ला र जुम्लामा कैलाश बोद्धिको शाखा विस्तार गरि कार्य सञ्चालन गरे तर मुगु भने सकेकी छैन् ।
९) नेपालको शिक्षाको अवस्था कस्तो छ जस्तो लाग्छ ?
मेरो बाल्यकाल प्रवास मै बितेको हुनाले पहिले त कस्तो थियो त्यो मलाई थाहा छैन् । तर आज भोली धेरै सहज छ शिक्षामा । हाम्रै टोल छिमेकमा प्रतिस्प्रधात्मक रुपमा स्कूलहरु सञ्चालनमा छन् । बालबच्चाहरु सबैले सहज रुपमा पढन पाएका छन् । साक्षरता प्रतिशतमा वृद्धिका साथै गुणस्तरमा पनि विस्तारै वृद्धि भईरहेको छ । यो हुनुमा निजी विधालयको भेरै ठूलो योगदान रहेको छ ।
१०) गुणस्तरीय शिक्षाको लागि सरकारले के कस्ता कार्यक्रम ल्याउनु पर्ला जस्तो लाग्छ ?
सरकारी विधालयको गुणस्तरमा वृद्धि गर्नु पर्छ , समुदायको आवश्यक माग अनुसार विधालयको व्यवस्था गनुपर्छ, नातावादी , कृत्तावादी र राजनीतिको आधारमा नभई प्रतिस्प्रधात्मक रुपमा योग्य  र सक्षम शिक्षक नियूक्त गर्नुपर्छ । राम्रा काम गर्ने सरकारी विधालयहरुलाई आवश्यक मूल्याङकन गरि पुरस्कृत गरि हौसला बढाउने जस्ता कार्यहरुमा जोड दिनुपर्छ ।
११) कैलाश बोद्धिको भौतिक तथा आर्थिक अवस्था कस्तो छ नि ?
हम्रो भौतिक संरचना सन्तोष जनक नै छ । हामीले भौतिक क्षमता अनुसार ै विधार्थीलाई भर्ना लिन्छौ । आफनो मात्र स्वार्थ हेर्दैनौ
१२) हुम्ला र जुम्लाको अवस्था कस्तो छ नि ?
जुम्लामा विंस २०६२ मा स्थापना भएको हो र हाल कक्षा ७ सम्म पढाई हुन्छ भने हुम्लामा विं. स २०६५ मा स्थापना भएको हो र हाल ३ कक्षा सम्म पढाई हुन्छ ।
१३) प्रेमलाई कसरी हेर्नु हुन्छ ?
प्रेम आवश्यक्ता हो । यसलाई नकरात्मक दृष्टिले हेर्नु हुदैन् । प्रेम आमा बुवा , दाजुभाई, दिदीबहिनी, छोराछोरी र साथीसंगीबीच आ—आफनो तरीकाले हुन्छ ।
१४) विवाह के हो ?
दुई विपरित लिङ्गबीचको मिलन हो । यो उमेर पुगेपछि अनिवार्य रुपमा गर्नुपने
सामाजिक कार्य हो ।
१५) जीवन के हो ?
मेरो विचारमा संर्घष नै जीवन हो ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही