एनजिओ आईएनजिओ बीना विकासको गति अघि बढ्न गाह्रो छ


विकट हुम्ला जिल्लाको सम्पन्न परिवारमा जन्मेर सामाजिक रुढिवादी परम्परालाई तोडी विभिन्न समस्याहरुसँग पैठे जोडी खेल्दै उच्च शिक्षा हासिल गर्न सफल भई महिला सशक्तिकरण सम्बन्धी काम गदै आउनु भएकी महिला कल्याण हुम्लाको निर्देशक लक्ष्मी लामा सँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः
१) के मा व्यस्त हुनुहुन्छ ?
महिला कल्याणमा महिला सशक्तिकरण सम्बन्धी काम गदै छु । त्यस संस्थाको संस्थापकका साथै हाल निर्देशकको रुपमा काम गरिरहेको छु ।
२) बाल्य काल कसरी बित्यो ?
मेरो बाल्यकालको कुरा गर्दा सम्पन्न परिवारकी कान्छी छोरी भएपनि सामाजिक सस्कारका कारण छोरीलाई पढाउनु हुन्न भन्ने मान्यता थियो । यसकारण मैले दुःख गरेर पढे र संघर्षका साथ बित्यो मेरो बाल्यकाल । त्यतिखेर हम्लाको सदरमुकाम सिमकोटमा हाई स्कुल थिएन । मेरो घर बरगाउँबाट २÷३ दिन लाग्ने दार्माको महादेव माविमा गएर पढे मैले एस एल सी सम्म ।
३) कहाँ र कहिले जन्मनु भयो ?
 बरगाउँ १ (लिमाटागाउँ) हुम्लामा २०२० मंसिर ३ मा जन्मेको हँु ।
४) औपचारी शिक्षा कहाँ सम्म पुयाउनु भयो ?
 अवसर पाएको भए सायद धेरै पढ्ने थिए । इच्छा हुदाहुदै पनि इन्टर मात्र उतिर्ण गरे बाकी पढन पाईन ।
५) महिला कल्याण स्थापनाको अवधारण कसरी आयो ?
हुम्लामा म जस्तै महिलाले धेरै दुःख पाए  । यसकारण पढेलेखेका शिक्षित महिलाले केहि गर्नुपर्छ भन्ने मान्यताका साथ म जस्ता केहि शिक्षत महिलाहरुको एउटा जमात बनाई महिला सशक्तिकरणको लागि यो संस्था दर्ता भएको हो । सुरुमा प्रयास मात्र गरेका हौ ।
६) यो सस्था कहिले स्थापना भएको हो ?
 २०५० सालमा । दर्ताक्रम अनुसार हुम्लाको सातौ नम्वरको संस्था हो ।
७) महिला कल्याणको खास उदेश्य के हो ?
मुख्य गरि शैक्षिक र आर्थिक अभावका कारण महिला पछि परेको अवस्था छ । यस कारण आर्थिक र शैक्षिक शसक्तिकरणका साथै मातृ मृत्युदर घटाई हुम्लाको महिलाको स्तर उन्नती गर्ने उदेश्य हो ।
७) हुम्लामा मात्र होकी अन्य जिल्लामा पनि छ महिला कल्याण ?
 संस्थाका २ वटा क्षेत्र हुन्छन् कार्य क्षेत्र र विषयगत क्षेत्र । कार्यक्षेत्रको कुरा गर्ने हो भने कर्णालीका पाचै जिल्लामा हो भने विषयगत क्षेत्र महिला सशक्तिकण हो ।
८) विशेष गरि महिलालाई मात्र हो की अन्य क्षेत्रलाई पनि समेटनु भएको छ ?
 प्रत्यक्ष रुपमा लाभावान्तित वर्ग भनेका महिला नै हुन भने अप्रत्यक्ष रुपमा घरका अन्य सदस्य पनि लाभावान्तित हुन्छन् ।
९) अनि शिक्षा क्षेत्रमा  पनि कार्याक्रम गरिरहनु भाछ होईन त ?
सुरुमा नेपाल सरकारको सहयोगमा २÷३ वटा गाविसमा अनौपचारी शिक्षा सञ्चालन गयौ । त्यो कार्यक्रमबाट हामीले सोचे जस्तो प्रतिफल भने प्राप्त गर्न सकेनौ ।  हाल फेरी कानुनी क्षेत्रमा महिला अधिकार र लैङ्घिक समानता सम्बन्धी विषय वस्तुका साथै आर्य आर्जनका क्षेत्रमा महिलाको सहभागिता जस्ता कार्यक्रम सञ्चालन गदै आएका छौ ।
१०) अन्य सस्था र महिला कल्याण बीचमा के फरक छ ?
 विभिन्न एनजिओ आईएनजिओको आ—आफनै उदेश्य  हुन्छन् । महिला कल्याण भनेको कर्णाली अञ्चल कै एक मात्र महिला सम्बन्धी काम गदै आएको पुरानो सस्था हो । यसकारण दाताहले हामीलाई विश्वासका साथ माया गरि सहयोग गरिरहनु भएको छ ।
११) कुन कुन निकायले कार्यक्रम सञ्चालनमा सहयोग गरि रहेका छन् ?
विश्व बैङ्क , गरिबी निवारण कोष, मिसन निस्ट, डेनेडा , युनिसेफ नेपाल , एसएनबी नेपाल आदिले सहयोग गरेका छन् ।
११) एनजिओ आईएनजिओ मागि खाने भाडो हो भन्छन नि ?
 एनजिओ आईएनजिओलाई पूर्वाग्राही रुपमा हेर्नेहरुले यसलाई मागी खाने भाडो वा डलर खेतीको आरोप लगाउने गरेका छन । नेपाल सरकारले गर्न नसकेका काम एनजिओ आईएनजिओ ले गर्दछ । सरकारको सहयोगीको रुपमा काम गर्ने सस्था नै एनजिओ आईएनजिओ हो । एनजिओ आईएनजिओ बीना विकासको गति अघि बढ्न गाह्रो छ । सरकारी कर्मचारी भन्दा एनजिओ आईएनजिओका कर्मचारीहरु धेरै खटेर काम गर्छन् । सरकारको काम कहिले जाला घाम भन्ने कुरा एनजिओ आईएनजिओ क्षेत्रमा हुदैन । अहिले दातृ निकायहरुले पनि कार्यक्रमको संरचना समयानुकुल परिवर्तन गदै आएका छन् । पहिले कर्णाली गरिब हो भनि पैँसाको खोलो बगाउने चलन थियो भने हाल सर्वे अनुसन्धान गरेर मात्र कार्यक्रम लागु हुन्छन् । स्थानीयको माग र आवश्यकता अनुरुपमा मात्र कार्यक्रम लागु हुन्छ ।
१२) एनजिओ आईएनजिओहरुले कार्यक्रम त लागु गर्छन् तर कागजी मूल्याकनमा मात्र सिमित छ भन्ने आरोप छ नि ?
 सबै एनजिओ आईएनजिओ ठीक छन् भन्न सकिन्न । महिला कल्याणको कुरा गर्ने हो भने कार्यक्रम लागु गर्नु पूर्व सर्वे र अनुसन्धान गरिन्छ । त्यसपछि रुपरेखा तयार हुन्छ ,प्रस्तावना पेश हुन्छ अनि बल्ल समुह गठन लगायत कार्यक्रम लागु भई  मुल्याकन हुन्छ हाम्रा् संस्था महिलाले सञ्चालन गरेको एक मात्र संस्था हो र अर्को कुरा महिलाले भष्ट्रचार गरेको हाल सम्म प्रमाण छैन् । यो महिलाहरुको इमान्दारीताको पहिचान हो ।
१३) हुम्ला विकासको लागि अहिलेको मुख्य आवश्यक्ता के हो जस्तो लाग्छ ?
ह्ुम्ला विकासको मुख्य बाधक मेरो विचारमा शिक्षा हो जस्तो लाग्छ । अशिक्षा र चेतनाको अभावका कारण महिला विभेद जस्ता सामाजिक अपराध भईरहेका छन् । महिलाले पढन पाएका छैनन । हाल पढने पढने अवसर पाए पनि गुणस्तरीय शिक्षाको अभाव छ । छोरालाई बोडिङ्घ र छोरीलाई सरकारी स्कुलमा पढाउने प्रचलनन हाल सम्ममा पनि विद्यमान रहेको अवस्था छ । महिलाहरु नाफा रहित  काममा बढि प्रयोग हुन्छन् । यस कारण महिला आयआर्जनका कार्यक्रम बाख्रा पालन , होटल व्यावसाय , सिलाईबुनाई जस्ता कार्यक्रम लागू गरि महिलाको स्तर उकास्ने हो भने विकासको गति तीब्र रुपमा अघि बढ्छ ।
१४) हुम्लाको महिलाको स्तर उन्नती गरी  हुम्ला विकासको लागि भावी खाकाहरु के—के छन् ?
महिला पछि पर्नुको मुख्य कारण सामाजिक सोच हो । समाजको साघुरो सोचाई परिवर्तन हुनु जरुरी छ । जब सम्म महिला र पुरुष बराबर हुदैन तब सम्म त्यो समाज निरिह हुन्छ । नीति निमार्ण र निर्णाक तहदेखि हरेक क्षेत्रमा लैङ्गिक समानताको खाचो छ । विकासका लागि महिला सशक्तिकरण र उनीहरुको स्तर उन्नती  गर्न आवश्यक छ ।
 १५)  राजनीति दल र अन्य निकायहरुको एनजिओ आईएनजिओ प्रतिको धारणा कस्स्तो छ ?
दलका साथीहरुलाई हाम्रो कार्यक्रम अनुगमन र मूल्याकन गर्न आउनुपर्यो भनि आग्रह गर्दा योजनाको बारेमा केहि पनि नबुझेको सामान्य कार्यकर्तालाई पठाउछन् । हामीले त आफनो कार्यक्रमको गल्ती कमजोरी कहानिर छ र त्यसलाई सच्याई कसरी अगाडी बढ्न सकिन्छ भनी सुझावको अपेक्षा गरेका हुन्छौ । एनजिओ आईएनजिओको कामको मूलयाकन जिविस, राजनीतिक दल, पत्रकार , बुद्धिजिवी वर्ग लगायतकाले गर्ने हो हुम्लामा त एउटा धारा बिग्रिए पनि फलानो एनजिओ को धारा बिग्रियो भन्ने चलन छ । आफनो पनको भावना नै छैन् । ती माथिका निकायहरुले पनि मूल्याङकन गर्न हिचकिचाउछन् ।  यस कारण राम्रो काम गर्ने एनजिओ आईएनजिओलाई पनि एउटा निराशा पैदा भएको आभास हुन्छ । ा
१६) यौन के हो जस्तो लाग्छ ?
यौन प्राकृतिक नियम हो । यो एउटा अपरिकार्य गर्भाधारण र सन्तान उत्पादनको माध्यम हो ।
१७) प्रेम के हो ?
प्रेम मानव जीवनका महत्वपूर्ण तत्व हो । प्रेमबीनाको समाज अन्धो हुन्छ । जहाँ प्रेमको अभाव छ ,त्यहाँ द्धन्द्ध हुन्छ र त्यो समाज असम्भव छ ।
१८) जीवन के हो ?
 जीवन आफनो लागि मात्र होईन । मानव सामाजिक प्राणी भएकोले अरुको लागि बाच्न सिक्नुपर्छ र सकरात्मक विचारको भाव प्रकट गर्नुृपदर्छ ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही