Posts

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

Image
गीत संगीत एक मार्मिक पक्ष हो भनिन्छ जसले मानिसको मात्र नभई पशुपन्छीको पनि मन पगाल्न  सफल हुन्छ । नेपालमा समुदाय र क्षेत्र पिच्छे गीतसंगीत प्रचलननमा छ । जसमा सुदुर तथा मध्यपश्चिमको कर्नाली क्षेत्रमा विशेष  चल्तीमा रहेको गीत हो देउडा । यही देउडा विशेषको कार्यक्रम ‘भलासुकाली’ विगत ८ वर्ष देखि रेडियो नेपालको केन्द्रिय प्रसारण सिंहदरवारबाट प्रसारण हुदै आएको छ  । यस कार्यक्रमका प्रस्तोता एव देउडा गायक सुरेशजंग शाहीसँग नन्द शहादुर ऐडीले गरेको कुराकानी ः   यो कार्यक्रम औपचारी रुपमा कहिलेबाट सञ्चालमा आएको हो ? विस २०६२ साल बाट सञ्चालनमा आएको हा्े ा यो कार्यक्रमको अवधारणा कसरी आयो नि ? देउडा क्षेत्रमा कर्नालीले ठुलो गुन लाएको छ । ओझेलमा परिरहेको देउडा गीतलाई राष्ट्रिय रुपमा पहिचानमा ल्यानुपर्छ भन्ने हिसावले हामी केहि युवाहरुको पहलमा यो कार्यक्रम सञ्चालनमा आएको हो । रेडियो नेपालबाट देउडा कार्यक्रम सञ्चालन गदै आउनु भएको छ । चुनौती पनि त होलान नि ? कर्नाली क्षेत्रबाट संघर्ष गर्दै कोहि मान्छे काठमाडौ आएर टिक्न सक्छ भने त्यसका पछाडी उसले धेरै ठुल–ठुला चुनौतीहरु पार गरिसकेको...

खाद्य सुरक्षा

Image
रमेश रावत खाद्यन्न मानव जीवनको महत्वपूर्ण  आधारको रुपमा रहेको हुन्छ । खाद्यन्नको आपूर्ती, व्यवस्थापन तथा गुणस्तरलाई हरेक देशमा जोड दिईएको हुन्छ । ्वढदो जनसंख्याका कारण खाद्यन्नको उपलव्धता तथा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको अवस्था छ । खाद्यन्न समस्याले देश तथा समुदायमा मात्र समस्या सिर्जन ार्ने नभई अन्तराष्ट्रिय स्तरमै समस्या उत्पन्न गर्ने हुदाँ हाल खाद्यन्नको आपूर्ती अवस्था वा खाद्यन्न सुरक्षा विश्वका सवै देश तथा अन्तराष्ट्रिय समुदायको समेत चासोको विषय बनेको छ । खाद्यन्नको समस्या मूलतः कम विकसित देशहरुमा जटिल बनेको देखिन्छ । यस्ता देशहरुमा जनसंख्याको वृद्धिदर उच्च हुने तर खाद्यन्न त्यही अनुपातमा बढाउन नसकिने विद्यमान अवस्था छ । जमीनको उपादकत्व न्यून छ । वातावणीय समस्या बढिरहेको छ । खानेपानी प्रणालीको महत्वपूर्ण पूरक तत्व वन सम्पदा क्रमशः विनाश भईरहेको छ  खाद्यन्न उत्पादन तथा उत्पादक तत्व बढाउनु आवश्यक छ । तर यो नै ठुलो चुनौतीको रुपमा देखा परेको छ । खाद्यन्नको उत्पादकत्व बढाउनको लागि किसानहरुले अनेक प्रकारका रसायनिक पदार्थ तथा विषादीको प्रयोग गरिरहेका छन् । यसले तत्काल केयि...

कर्नाली जलाधार बचाऊ अभियानः किन र के का लागि ?

Image
दीपेन्द्र रोकाया कर्नाली जलाधार क्षेत्रका २१ जिल्लाले लिने निर्णयले त्यस क्षेत्रका जनतामा मात्र होइन, यो देशका देशभक्त नागरिकहरूमा पनि आशा र विश्वास पलाएको छ । त्यो आशा र विश्वास भनेको स्थानीय अग्राधिकार कायम गर्ने, राष्ट्रिय स्वाधीनता कायम गर्नेे र स्वदेशी लगानीलाई प्राथमिकता दिने सवालसँग सम्बन्धित छ । किन यसो गर्नु प¥यो ? अर्थशास्त्रीहरू आर्थिक समृद्धिलाई विकास भन्दछन् । राजनीतिशास्त्रीहरू देशको सार्वभौमसत्तालाई जोड दिन्छन् । समाजशास्त्रीहरू  जाति व्यवस्थाको ठाउँमा वर्ग व्यवस्थामा आधारित खुला समाजको स्थापनालाई विकास भन्दछन् । मुलुक कति विकसित र सम्पन्न छ भन्ने कुरो प्रति व्यक्ति आम्दानी, जीडीपी, जीएनपीका आधारमा मानव विकास सूचकाङ्क तय गरिएको हुन्छ । देशमा उपलब्ध प्राकृतिक स्रोतको समुचित परिचालनबाट नै सही रूपमा स्थायी विकास हुने हुन्छ । यसमा पनि जुन देशमा ऊर्जा क्षेत्रमा विकास भएका हुन्छ, त्यस देशको विकास स्वतः भएको पाइन्छ । सिंगो एसियामा दार्जिलिङबाहेक अन्त अँध्यारै रहेको बेला १०० वर्षअघि फर्पिङ विद्युत् निकालिएको थियो । उतिखेरका अँध्यारा देश चीन र भारत आज ऊर्जा क्षेत्रको विकास...

स्थानीय भत्ता कटौती

Image
नेपाल सकारको मन्त्री परिषदको निर्णय मिती २०६७ ÷९÷२० ले नेपाल राज्यभरका २२ वटा हिमाली तथा पहाडी जिल्लाहरुको हिउँदे विदाको स्थानीय भत्ता कटाउदै आएकोले हाल यो मर्का हुम्लामा कार्यरत शिक्षकहरुले पनि भोग्दै आउनु परेकोले हुम्लामा कार्यरत सम्पूर्ण शिक्षक संघ संगठनहरुले त्यस विरुद्ध गत असार महिना देखि रिले अनशन वस्दै आएका छन् । आफनो मागको जिल्ला प्रशासन कार्यालय हुम्ला र जिल्ला शिक्षा कार्यालय हुम्लाले पनि वेवास्ता गरेको कुरा वताउछन् नेपाल शिक्षक संघका जिल्ला सदस्य ज्ञान बहादुर रोकाया ।

जिल्ला टपरमा नेपालकै दुर्लभ जाती कैलाश सिरा

नन्द बहादुर ऐडी समग्रमा भन्नु पर्दा यो गएको ०६९ सालको प्रवेशिकाको परीक्षा प्रतिफल खस्कदो एवं निराशाजनक छ । नेपालको दुर्गम एवं विकट मानिने हुम्ला जिल्लाको यो वर्षको प्रवेशिका परीक्षाको प्रतिफल मध्यपश्चिम विकास क्षेत्रको १६ वटा जिल्ला भित्रमा उत्कृष्ठ (करीव ६१प्रतिशत) आएको छ । त्यसमा पनि हुम्लामै उत्कृष्ठ अंक ल्याउन सफल भएका छन्, नेपालकै दुर्लभ जातिका विद्यार्थी कैलाश सिरा । कैलाश सिरा मेलम—५, हुम्लाका जय वहादुर सिराका छोरा हुनउयनी अहिले १६ वर्षको भए । उनले यो पैविशिका परीक्षामा कुल ५सय ... नम्वर अर्था ७८. ... प्रतिशत ल्याएका छन् ।  सिरा जाति नेपालकै दुलव जाती हो । जुन हुम्ला जिल्लामा मात्र सिमित र त्यसमा पनि हुम्लाको मेल्छाम गाविसमा ५ घरधुरी र मदना गाविसको बारी गाउँ स्थित करीव ७ घरधुरी रहेका छन् । जनसंख्याको हिसावले लगभग १ सयको हाराहारीमा शिरा जाति कुन समुदाय अन्र्तगत पर्छ भनी यकिन नभए पनि हाल सम्म हुम्लाका व्यासी थपाल्या (ऐडी, बुढा, रोकाया, बुढाथोकी) सँग नाता कुटुम्व चलाउदै आएकोले व्यासी थपाल्या समुदायमा गनिदै आएको छ । राष्ट्रिय जनगणनामा क्षेत्रीको रुपमा गणना हुदै आए पनि वास्तव...

हुम्ला कर्नालीका रमणीय तस्वीरहरु

Image

विकास वादी देउडा गीत

Image
नन्द बहादुर ऐडी समाज विकास खाका कोर्न युवा वर्ग जुटौ सकरात्मक परिवर्तन, गर्न हामी उठौ उठौ साथी जुटौ साथी भाईचारा बढाउदै समाज विकास देश विकासको काम गरि रमाउदै शिक्षा लिउा ज्ञान बढाऔ, बढाउ है क्षमता जति बढ्यो उत्ति ठुलो, नगरे्या अहमता यो देशको मेरुदण्ड, हामी युवा वर्ग समस्या निकासका लागि, पछाडी नफर्क