Posts

जिल्ला टपरमा नेपालकै दुर्लभ जाती कैलाश सिरा

नन्द बहादुर ऐडी समग्रमा भन्नु पर्दा यो गएको ०६९ सालको प्रवेशिकाको परीक्षा प्रतिफल खस्कदो एवं निराशाजनक छ । नेपालको दुर्गम एवं विकट मानिने हुम्ला जिल्लाको यो वर्षको प्रवेशिका परीक्षाको प्रतिफल मध्यपश्चिम विकास क्षेत्रको १६ वटा जिल्ला भित्रमा उत्कृष्ठ (करीव ६१प्रतिशत) आएको छ । त्यसमा पनि हुम्लामै उत्कृष्ठ अंक ल्याउन सफल भएका छन्, नेपालकै दुर्लभ जातिका विद्यार्थी कैलाश सिरा । कैलाश सिरा मेलम—५, हुम्लाका जय वहादुर सिराका छोरा हुनउयनी अहिले १६ वर्षको भए । उनले यो पैविशिका परीक्षामा कुल ५सय ... नम्वर अर्था ७८. ... प्रतिशत ल्याएका छन् ।  सिरा जाति नेपालकै दुलव जाती हो । जुन हुम्ला जिल्लामा मात्र सिमित र त्यसमा पनि हुम्लाको मेल्छाम गाविसमा ५ घरधुरी र मदना गाविसको बारी गाउँ स्थित करीव ७ घरधुरी रहेका छन् । जनसंख्याको हिसावले लगभग १ सयको हाराहारीमा शिरा जाति कुन समुदाय अन्र्तगत पर्छ भनी यकिन नभए पनि हाल सम्म हुम्लाका व्यासी थपाल्या (ऐडी, बुढा, रोकाया, बुढाथोकी) सँग नाता कुटुम्व चलाउदै आएकोले व्यासी थपाल्या समुदायमा गनिदै आएको छ । राष्ट्रिय जनगणनामा क्षेत्रीको रुपमा गणना हुदै आए पनि वास्तव...

हुम्ला कर्नालीका रमणीय तस्वीरहरु

Image

विकास वादी देउडा गीत

Image
नन्द बहादुर ऐडी समाज विकास खाका कोर्न युवा वर्ग जुटौ सकरात्मक परिवर्तन, गर्न हामी उठौ उठौ साथी जुटौ साथी भाईचारा बढाउदै समाज विकास देश विकासको काम गरि रमाउदै शिक्षा लिउा ज्ञान बढाऔ, बढाउ है क्षमता जति बढ्यो उत्ति ठुलो, नगरे्या अहमता यो देशको मेरुदण्ड, हामी युवा वर्ग समस्या निकासका लागि, पछाडी नफर्क

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही

रतन बुढा विस २०४६ सालमा जन्मिएका हुन उनले जिल्ला प्रशासन हुम्लाबाट विस २०६६ सालमा पहिलो पटक नागरिकता लिएका थिए । उनको नागरिकता हराएकोले पुनः पहिलो प्रतिलिपीका रुपमा वि।स।२०७०्०१्१६ गतेका दिन नागरिकता लिए र सोही नागरिकताले उनलाई ४ वर्षको बालक बनाई दिएको छ । सोही नागरिकतामा उनको जन्म वि।स। २०६६÷०३÷२१ गते भनी उल्लेख गरिएको छ । यो प्रमाणित गरिदिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शुकदेव कुमार पोखरेल रहेका छन्् । जिल्ला प्रशासनको यो लापरवाहीले उनको प्राविधिक शिक्षा सि।एम।ए।को ट्रान्सकिप्ट दिनको लागि सि।टि।ई।भि।टी। कार्यालय भक्तपुरका अधिकारीहरुले दुःख दिई रहेका छन् । प्रशासनको यो लापरवाहीले गर्दा सर्वसाधरणले नपाउनु दुःख पाएका छन् । हुम्ला जिल्लामा यस्ता घटना कैयौ छन् तर त्यहाँका स्थानीयले बरु आफै दुःख पाएर बाहिर ल्याउन चाहदैनन् र अर्को कुरा आम सञ्चार माध्यमको पहुँच एकदमै कम भएकोले गर्दा पनि घटना बाहिर आउन नसकेको कुरा बताउछन् मेल्छाम—१,हुम्लाका गोरख बहादुर बुढा ।

विकासे काममा लगनशील स्थानीयबासी

 ठकुरी बस्तीले भरिएको मेल्छाम ७ र ८ स्थित मासिधारा हुम्ला सदरमुकाम सिमकोटबाट करीव ३५ कोष टाढा को गाउँ हो । पूर्व तिर रति गाउँ पश्चिम तिर मेल्छाम गाउँ उत्तर तिर लामालेक र दक्षिण तिर मेल्छाम कोटको बीचमा रहेको छ मेल्छाम गाउँ । मेल्छाम गाविस मध्येकै एक जना मास्टर डिग्री होल्डर पनि यसै गाउँबाट उत्पादित  व्यक्ति रहेछन् । करीव १५ जना एसएलसी पास भएको यस गाउँमा विकासले भने हाल सम्म सन्तोष जनक फड्को मार्न भने सकेको छैन । स्नोल्याड एकिकृत विकास केन्द्र, हिमालयन कन्जरभेशन एण्ड डिभलपमेन्ट एशोशियन ,कर्णाली एकिकृत विकास अनुसन्धान के्न्द्र ,असल छिमेकी नेपाल लगायतका जिल्लामा नाम कहलिएका संघ संस्थाहरुले आफनो कार्य क्षेत्र बनाए पनि सो सस्थाले राजनीति र डलर खेती सीवाय अरु केहि विकासे प्रगति नगरेको स्थानीइको जन गुनासो रहेको छ । सो गाउँको देशी भन्ने ठाउँमा धान प्रशस्त मात्रमा फल्ने भएता पनि सिचाईको अभावले गर्दा हाल सम्म धान फलाए भात खाने सपना भने अधुरो भएको कुरा बताउछन स्थानीइ बासी । सो गाउँको सबैभन्दा महत्व पुर्ण आवश्यक कुरा भनेको सिचाई हो र हाल सम्म जिल्लामा कार्यरत कुनै पनि संघ सस्थाले सिचाई...

गार पारी देखि याल्वाङ सम्मको रमणीय यात्रा

Image
विहानै पाचँ वजे उठी तयारीका साथ आफनो यात्रा सुरु गरे मैले । छिटपिटो उज्यालो हुदै थियो गारपारीको गाउलाई छोड्दै च्याछरा हुदै ढाडकेर्मीमा पुगियो । ढाडकेर्मीमा २०÷२५ वटा खच्चरहरु रहे्छन् र उक्त खच्चर हरुलाई सामान बोकाई रहेको दृश्य देखियो । भारत बाट निर्यात भई नेपालको हिल्सा नाका हुदै चीन जाने उक्त जडिबुटि थियो सतुवा । सामान बोक्ने ती खच्चरहरुलाई छोडेर आफनो गन्तव्यलाई अगाडी धकेले र्मैले । म अगाडी बढदै थिए , बाटोमा एक आकषर्ण होटल भेटियो । सो होटलमा चिया खानको लागि विश्राम लिए । उक्त होटलमा ३ जना अमेरिकन पर्यटक सहित १ जना नेपाली टेक गाईड र एक जना भरीया गरी पाचँ जना रहेछन् । मैले चिया खादै उनीहरुसित हुम्लामा घुम्दा देखिएका राम्रा नराम्रा पक्षहरुको् बारेमा जिज्ञासा राखे । टे«क गाईट नुर्वु लामाले भने तपाई त पत्रकार एकचोटी हिल्सा सम्म पुग्नुहोला । हिल्सा नाका बाट भित्रिने रक्सी लगायत अवैध सामाग्रीहरुको बारेमा कलम चलाउनु होला भनेर सुझाव पनि दिए । सल्लीको ओरालो झर्दै अघि बढ्ने क्रममा याल्वाङ चौर आईपुग्यौ । त्यहाँ चुईगम किनेर खाएर गन्तव्यलाई अघि बढाए । करिब १० बजेको थियो होला बल्ल तल्ल याल...

उज्यालो दिन असफल

Image
६५ घर धुरी भएको व्यासी थपाल्या समुयायका मानिसहरु बसोबास रहेको गाउँ हो फुचा । हुम्लाको सदरमुकाम सिमकोट बाट करीव ३० कोष टाढा रहेको रोडिकोट गाविसको वडा नं ४ स्थित रहेको त्यस गाउँ खोला भित्र रहेको छ । सर्केगाड नदकिो मुख्य मुहान नै त्यस गाउँमा भएकोले हुम्ला कर्णाली को शिर विन्दुमा रहेको गाउँ भन्दा फरक नर्पला ।  स्थानीय बुढापाखाका अनुसार त्यस गाउँका बाजेले फुचिलो (अम्खोरा) मा धन सम्पति ल्याएर सो स्थानमा बसोवास गरेकाले गाउँको नाम फुचिलो हुदै फुचा हुन गएको हो । अन्य गाउँका माानिसहरु यस गाउँका मानिसहरुलाई गिज्याएर बोल्दा फुच्चो वा छुच्चो स्वभावका मानिस भन्ने गरेता पनि वास्तवमा यहाँ मानिसहरु मिलनसार र सोझा सीधा व्यवहारका छन् । समग्रमा करीव २० जनाले एस एल सी पास गरेको जसमा ९ जनाले ईन्टर र ३ जनाले बीए पास गरेको त्यस गाउँमा ५ जना अवकाश प्राप्त हुलाकी, १ जना प्रावि स्थाई शिक्षक र २ जना पियन क्रमशः कृषि विकास बैङ्क, उप स्वास्थय चौकी गरी ८ जना सरकारी दरबन्दीका कर्मचारी रहेका छन् ।  ६५ घर धुरी भएको त्यस गाउँमा हाल सम्म २ जना महिलाले एसएलसी र आईए पास गरेको अवस्था छ । हावा पानीको दृष...