हरेलो पर्व

नन्द बहादुर ऐडी

प्रत्येक वर्ष माघ महिना मनाइने यस पर्व हुम्लाको रोडिकोट गाविस का (व्यासी थपाल्या समुदायका मानिसहरुले मनाउने गर्छन । यस दिनमा विशेष गरि भूमी देवताको पुजा गर्ने चलन रहेको छ । जेठासी (जेठमा पाक्ने बाली ) राम्रो होस भन्ने मान्यताका साथ यो पर्व भव्य रुपले मनाईन्छ ।
के के गरिन्छ त यस पर्वमा ?
प्रत्येक घरबाट एकएक माना मास्र्याको धुलो (पिठो) ,एक एक डाडु तेल र एक पुलो बावियो (एक प्रकारको बलियो घाँस ) उठाईन्छ । त्यस दिउसो मास्र्याको चिउला (पुरी) हाल्ने गरिन्छ । गाउँमा भएका दुई वटा पट्टी ( हेरी र बुरा अर्थात ऐडी र बुढा ) यी पट्टी बीचमा प्रत्येक वर्ष  पालैपालो चिउला हाल्ने रोलक्रम चल्ने गर्दछ । यस दिनमा प्रत्येक घरबाट एक एक जना उक्त पूजा स्थलमा जान्छन् । मास्र्याको चिउला खाई बावियाको लरो (एक प्रकारको मोटो र बलियो घाँसको डोरी) बाट्छन् । यी सबै काम पुरा भइसकेपछि आ आफनो घरमा फर्कन्छन् । खाना खाईसकेपछि बेलुका अर्थात रातको करीब आठ बजेतिर उक्त बावियाको लरो लेकको भेडी गोठालाहरु र गाउँका मानिससहरु बीच आपसमा ताना तान गरिन्छ ।  गोठालाहरुले जिते गाउँमा अनिकाल अर्थात अन्न नहुने र गाउँलेहरुले जितेमा सुविकाल एवं अन्न हुने जनविश्वास रहेको छ । यो पर्व हुम्लाको दुई  वटा गाउँमा मात्रा मनाईने हुनाले वरपरका वा अन्य गाउँबाट पर्व अवलोकनको लागि मानिसहरु आउने गर्छन् । यो पर्व खार्पुनाथ गाविसको दुर्पा गाउँमा माघ एक गते मनाउछन् भने अन्य ठाउँमा हाल सम्म मनाउने गरेको पाईएको छैन् । लरो तान्ने काम सकिएपछि रातभरि आ—आफनो स्तर र जोडी अनुसार देउडाका विभिन्न खेल खेल्ने गरिन्छ । बिहान भएपछि बाहिरबाट आएका पाहुनाहरुलाई गाउँका सबै मानिसहरु मिलेर खाना खुवाउने चलन रहेको छ । यसरी व्यासी थपाल्या समुदायको हरेलो पर्व सम्पन्न हुन्छ व्यासी थपाल्याको यस पर्व एक अनुसन्धात्मक र खोजमूलक विषय बन्न सक्छ । यो एक पहिचाहन विहिन समुदायको पर्व भएकाले पनि होला हाल सम्ममा पनि कुनै मानव शास्त्री तथा समाज शास्त्रीको ध्यान पुग्न सकेको छैन् । नुवाकोटको तारुकामा मनाईने माघ एक गतेको गोरु जुधाउने पर्व जस्तो अनौठो क्रियाकलाप जस्तो हुम्ला जिल्लाको व्यासी थपाल्याको हरेलो पर्व हुन सक्छ तर आम सञ्चारको प्रचार प्रसारको कमीका कारण यो पर्व हाल सम्ममा पनि पहिचाहनको खोजीमा लड्बडाई रहेको अवस्थामा छ । त्यस समुदायका यी यस्ता रोचक पर्वलाई उजागारको लागि प्रचार प्रसार गर्ने हो भने लमजुङ , गोरखामा गुङरु ले आफनो सस्कृति झल्काएर प्रशस्त मात्रामा स्वदेशी तथा विदेशी पर्यटक भियाई जिविकोपार्जनमा सहज बनाए जस्तै व्यासी थपाल्या समुदायका मानिसहरुले पनि गर्ने थिए ।
नन्द बहादुर ऐडी

Comments

Popular posts from this blog

women Education

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

अभाव भित्रको चलखेल