अन्न बाली

नन्द बहादुर ऐडी

चाताबाला कइथो भयो बालनिाली ? केहि पायौ त ? हाम्मो त माया मरिगो फापर साँउ भन , कोद्या धाई हुन्या रछ , आहर लाउन पायौन । माथिका यी शब्दहरु मेल्छाम ३ हुम्लाका सुर्य बुढाले रोडिकोट ४ हुम्लाको आफना आफन्त सँग गरेको कुराकानी हो । हुम्लालाई भौगोगिक रुपमा उपर हुम्ला , मध्यम हुम्ला र तल्लो हुम्ला गरि तीन भागमा विभाजन गरिएको छ ।
उपर हुम्लामा
 उपर हुम्लामा प्राय जसो बौद्ध समुदायका मानिसहरु बसोबास गर्छन् । त्यहाका प्राय जसो मानिसहरुले पशुपालन र व्यापारमा नै आफनो जीविको पार्जन गदै आएका छन् । उपर हुम्लामा ठण्डा मौसमका कारण अन्न बाली त्यति हुदैन् । त्यहा बढि भन्दा बढि आलु, फापर र चोती कोईरा (यान्ट मुला ) हुन्छ । त्यहा उत्पादित ती अन्नबालीले त्यहाँका जनतालाई धान्न नसकेको अवस्था रहेको छ , फलस्वरुप त्यहाका बासिन्दा बढि भन्दा बढि घोडा , भेडा चलाई तीब्बतको ताक्लाकोट र लिमीबाट मैदा र चामल लगायतका सामाग्रीहरु आयात गरि जीवन निर्वाह गदै आएका छन् ।
मध्य हुम्ला   
मध्य हुम्ला भनने बित्तिकै हुम्लाको बीचको भू भागलाई जनाउदछ । त्यस क्षेत्रमा विभिन्न जातजाति – बाहुन ,षेत्री र व्यासी थपाल्या र केहि मात्रामा लामा जाती) हरु मिलेर बसोबास गदै आएका छन् । त्यहा अन्न बाली पनि मध्यम तरीकाले हुन्छ । त्यस क्षेत्रमा सब भन्दा बढि कोदो,जौ , उवा , चिनु,सिमी , मास्र्या , गहु(लेकाली गहु) आदि हुन्छ । धान मकै भने कमै हुन्छ । यस क्षेत्रका अधिकाश मानिसहरु कृषिमा नै निर्भर रहेका छन् । हुम्लाको यहि भू भाग हो बढि भन्दा बढि अन्न उत्पान हुने क्षेत्र । परम्परागत पालन पनि अत्यिधिक छ यस क्षेत्रमा ।
तल्लो हुम्ला
हुम्लाको बेसी वपा अउलको भू भागलाई तल्ला हुम्ला भनदछन् । त्यस क्षेत्रमा फलफुलमा सुन्तला ,जामिर, चुक(निबुवा) हुन्छ । यस्तै घत मास , भटमास, भान मकै जस्ता अन्न बालीहरु उत्पादन हुन्छन् । अउलको सुख्खा भुमि र सिचाईको अभावका कारण आकेसे पानीमा निर्भर ह्ुने भएकोले यस क्षेत्रमा तयपत अन्न बाली हुदैन् । यदि समयमा वर्षा भयो भने अन्न भने प्रशस्त हुन्छ ।
    भौगोलिक रुपमा तीन क्षेत्रमा विभाजित हुम्लहिरु एक आपसमा सहकार्य गदै आफनो जीवन निर्वाह गरिरहेका छन् । अउलको अउल्यालले चुक, खुसार्नी ,घत भटमास माथिल्लो वा मध्य भागमा ल्याई ओखर , आलु सिमी र ऊनसँग विनिमय गर्दछन् । यस्तै लेकको भोटे वा लेकाली भेगका मानिसहरुले नुन ल्याएर बेसी वा अउलमा आई धान , गहुँ , जौ , उवा सँग विनिमय गर्ने चलन हाल सम्म पनि रहेको छ । दश वर्षे शसत्र विद्रोह परम्पराथत पेशामा केहि परिवर्तन ल्याएपनि हाल सम्म आफनो पेशालाई निरन्तरता दिन सफल छन् हुम्लीहरु । हुम्लामा विभिन्न एनजीओ आईएनजिओ हरुको लगानी रहेको छ । उक्त एनजिओ हरुले हाल केहि वर्ष यता घरै चामल पुयाउने काम गरेको पाईन्छ तर यो कार्यले हुम्ली ्मा अल्छीपन र परनिर्भरतापन ल्याएको त्यहाका बुद्धिजीवीको भनाइृ र।हेको छ । अन्न बाली कै कुरा गर्ने हो भने प्राय सबै चीज –धानदेखि फापर सम्म र फलफुलमा सुन्तला देखि स्याउ सम्म हुम्लामा नै फल्छ । यी उत्पादित वस्तुको सहि ढंगले सदुपयो गर्न जानेमा हुम्ली जनताले एनजीओ आईएनजीओ को चामल कुनुपर्ने छैन् ।

Comments

Popular posts from this blog

पत्रकारीता

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही