छमु गुरुङ यो सहर एउटा जाबी हो , मलाई एउटा चरो भन्दा फरक नपर्ला । यहाँ बाट आफनै घर पुग्छु , पिजँडाबाट फुत्के जस्तो ठान्छु । चरा त पिजँडाबाट फुत्किएपछि पुनः पिजँडामा फर्कि आउनन् , तर म भने यति विवश छु कि फेरि फुत्केर पनि यहि सहर मै बन्दी हुन आई पुग्छु पटक पटक । वास्तवमा यो सहरमा पिजँडा भन्नुको अर्थ ‘डेरा’ हो । त्यो ले ‘घर’ जनाएपछि पक्कै यसले म भन्दा भेरै टाढा भएको संकेत गर्छ । यो ले ‘डेराको’ संकेत दिएको हुदाँ म यसैको सामीप्यमा या यसैभित्र छु भन्ने अर्थाउछ । ‘डेरा’ जीवन प्रवेश हुने बित्तिकै घरको घाउँ सम्झना भएर घोचिदिन्छ भित्र भित्रै । सहन खोज्छुल, जीवन हो , डेरा भित्र छु , यस बखत तर्सथ यसैको चर्चामा लाग्छु । जब मैले पहिलो पटक थानकोटबाट काठमाडौ देखे , यस्तो लाग्यो कि यो सहर त एउटा त्यस्तो कचौरा हो जहाँ मान्छे रुपी मासुका चोक्टाहरु छरिएका छन् । त्यस बखत भूपीको चिसो एष्टे पढेको थिइन । यसबखत यो शहरमा बसेर यसैलाई म पनि चिसो एष्टे भन्न बाध्य छु । डेरामा छु , अलग छ जीवन , स्वतन्त्र पनि केहि बाधिएको , थिचिएको जस्तो ! सपनाहरुको भारी बो...
Comments
Post a Comment