गंगा प्रसाद भट्ट सिद्धान्त र व्यवहारको गति नमिलेको हाम्रो शैक्षिक परिपाटी , शिक्षण तथा परीक्षा प्रणालीको अवैज्ञानिक मान्यताका आधारमा हामी उतिर्ण प्रणाली र गुणस्तरीय शिक्षा भनी फलाकी राखेका छौ । शिक्षा ऐन २०२८ अघिको शिक्षण प्रक्रिया तथा विद्यालय व्यवस्थापन प्रक्रिया हाम्रो सन्दर्भमा बढि व्यवहारीक देखिन्छ । २०३३ सालमा करीब ९ वर्षको उमेर हुदाँ काठको फल्याक को कालो मुसाले रंगाएको खस्रो, हातले समात्ने एकातिर बिड भएको र पाटीको २ छेउमा प्वाल पारी डोरीले बाधेर काधमा झुन्डयाउन मिल्ने पाटी र स्थानीय खानीमा उपलब्ध हुने ढुङगें खरि बोकेर स्कुल जाने मौका पाएका स्मृति ताजै छ । २०२८ साल देखि चितवन र झापा बाट शुरु गरिएको भनिएको राष्टिय शिक्षा पद्धतिको योजना २०३३ सालमा बैतडीको दुर्गम गाउँमा पुगेको थिएन । त्यसैले होला मैले कक्षा १ मा अ देखि अ ः , क का देखि ज्ञ ज्ञा , क्र देखि ज्ञ्र,क्य देखि ज्ञ्यः, क्न देखि ज्ञ्नः,क्ल देखि ज्ञ्ल ः,कं देखि ज्ञंः, कृ देखि ज्ञृः, तथा नाउवाचन (मान्छे ,जनावर , पक्षीं,किरा, रुखविरुवा , अन्न , गाउँ लगायत वातावरणमा भएका , देखेका भौतिक र अभौतिक वस्तुका नामहरुका ...
Comments
Post a Comment