खानपान
नन्द बहादुर ऐडी
कहिले खादो मास्र्या साथु
कहिले खादो लगर
काम नपाको यो गो डोरारी
डुल्छ बगर बगर
ती माथिको मिठो हरफले हुम्लामा फपरको लगर ।र मास्र्या साथुको महत्व छैन भन्ने कुरालाई स्पष्ट पारेको छ । खासै भनने हो भने मासर्या बराबरको अँय अन्न बालीमा पोटिन हुदैन र फर बराबरको..........अनय अन्नमा त्यति पाईदैन् । अशिक्षा भनौ या चेतनाको कमीले हुम्लामा यी अन्नलार्इृ हेला र तल्लो वर्गले खानकोरुपमा हेरिन्छ । जो भात खान्छ ऊ ठुलो र माथ्ल्लिो वर्गको मानिस हो भन्ने एउटा गलत र खोक्रो मान्यता रहेको छ हुम्लामा । हुम्ली जनतामा एउटा भाते मानसिकताको विकास भएको छ । फलस्वरुप आज हुम्लामा कहि नभएको भोकमरी र खाधननको अभाव दिनानु दिन थपिदै गएको छ । सर्वमान्य नेता स्व. गणेशमान सिंहका अनुसार जनता भनेका भेडा हुन् । जो जसले जे भने पनि पत्याई हाल्ने । यहि कारणले होला हुम्ली जनताले आफनो स्व उत्पादनफापर र मास्र्यालाई अवहेलना गरेका हुन की भन्ने लाग्छ । हुन त सोझा र सर्बसाधारण जनता माथि चलखेल र राजनीति गर्न सजिलो भएर होला हुम्लामा राजनीति र एनजिओ नीतिले भाते मानसिकताको विकास गयो । एनजिओ आईएनजिओले लगानी गर्नु नराम्रो हाईन् तर त्या्े कार्यक्रले स्थानयि स्तरमा कस्तो प्रभाव पारिरहेको छ , भन्ने कुरामा भर पर्दछ । एनजिओ आईएनजिओले चामल बाडने काम भन्दा पनि स्व उत्पादनमा विशेष ध्यान पुयाउनु पथ्र्यो तर त्यो हुन सकेको छैन् । चामल बाड्ने जसता कार्यक्रम तत्काल बन्द हुनुपर्छ भनेमा सायद यी शब्द हुम्ली जनताहरुमा असैय होला तर यर्थात यहि हो कि अबको केहि वर्ष सम्म यसरी नै चल्ने हो भने त्यस क्षेत्रमा एउटा ठुलो संकट ननिम्तिएला भनन सकिदैन् । हुम्लामा उतपादित फापर र मास्र्यालाई मात्रा प्रयोग गर्न सक्ने हो भने । सायद त्यहा भोकमरी हुदैन्थ्यो होला हुम्लामा मात्रै वार्षिक रुपमा ..........फापर उत्पादन हुन्छ तर यसको कुनै महत्व छैन् । त्यही फापरको ठिडो काठमाडौको पाचतारे होटलमा एक पलेटको रु २०० मा बिक्री हुन्छ तर हुम्ली जनतामा किन हेला यसको । हुनत नजिकको तीर्थ हेला भने जस्तै होला आफनै उत्पादनलाई हुम्ली जनताले अवहेलना गरेको । अहिले हुम्लामा जाने हो भने सम्पूर्ण ठाउँमा सरकारी चामल (सरकार द्धारा अनुदान प्राप्त ं) भातले सम्मान गरिन्छ । त्यहाको उत्पादनले आफनो स्तरको महत्व पाउन छोडिसकेको अवस्था रहेको छ । यति सम्म कि जुम्लामा फल्ने मार्से (रातो) धान हुम्लामा पनि फल्छ । हाल मार्से धान त्यति उत्पादन हुदैन भनि बीउ परिवर्तन गरेर पूरै सेतो वा विकासे धान फलाउने चलन छ । मैले न्वागीको रुपमा एक छाक मार्से धानको भात खाउ भन्दा लगभग ५६ घर धाउनु पर्यो । कस्तो विडम्वना आफनो स्थानीय वा परम्परा गत बीउ बिस्तारै विस्थापन गदै छन् हुम्लीहरु । हुन त बाच्न पनि पर्यो नि स्थानीय बीउले त्यति उत्पादन हुदैन् । यसैले होला बउि परिवर्तन गर्न थालेको । अहिलेको बढदो जलवायुको परिवतृनको असरले पनि होला पुराना बीउँहरुबाट त्यति फलदायी नहुनु भन्ने कुरा बताउछन् बराई गाउँका रञ्जित बुढाथोकी ।
खानपानमा आफनै धारण छ हुम्लामा जो जस्ले भात खान्छने ती कर्मचारी र माथिल्लो वर्गमा गनिन्छन् भने जो जसले फापरको लगर र मास्र्याको साथु खान्छन् ती सबै तल्लो वर्गका मानिन्छन् । यी यसता गलत र रुढिवादी मान्यताका कारण आज हुम्लामा मात्र नभई सिगांो कर्णाली नै भोकमरी नभई भातमरीमा फसेको छ । अब हुम्लामा चामल होईन आधुनिक कृषि प्रर्णाली सम्बन्धी सीप र ज्ञानका साथै सिचाई , सडक , यातायात , सञ्चार र विद्युतको आवश्यक छ । हुम्ली हरु स्वाबलम्बी बन्न चाहान्छन् । अरुको चामलमा नभई आफनो उत्पादनलाई विश्व भर चिनाउन चाहान्छन् । यसकारण सम्पूर्ण निकायबाट कर्णाली र त्यसमा पनि हुम्लालाई हेर्ने मान्यतामा परिवर्तन हुनुपर्छ । आधुनिक कृषि प्रर्णााली सम्बन्धी सीप र ज्ञान मात्र सिकाउने हो भने हुम्लामा भोकमरी होईन कि हुम्ली जनताले काठमाडौलाई पाल्ने छन् ।

Comments
Post a Comment