Posts

Showing posts from March, 2011

जि एम एस जिको वर्षभरि गरिने कार्यक्रमको घोषणा

नन्द बहादुर ऐडी ग्रामीण मीडिया स्टडिज ग्रुपले २०६७ सालभरिमा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । यस समूहले यहि चैत २५ गतेका दिनमा नव वर्षको अवसर पारी विशिष्ट पत्रिका विमोचनका साथै रेडियो रेकर्डिङ स्टुडियोको उद्घाटन कार्यक्रम गर्ने भएको छ । यहि फागुन १६ गते बसेको बैठकले यस कार्यक्रमको घोषणा गरेको हो । क्याम्पस र विधार्थी संगठनहरुको उचित सहयोग पाएको खण्डमा जि एम एस जिले गर्न लागेको २५ गतेको कार्यक्रम सफल हुने विश्वास भेलामा उपस्थित सम्पूर्ण सञ्चार विधार्थीहरुको धारणा थियो ।

ब्याउली रुन्या तालीम

नेपालको दुरदराजमा रहेको कर्णाली जति विकट छ त्यति नै कणालीको हुम्ला जिल्ला विकट रहेको छ । हुम्ला नेपालको दोस्रो ठुलो (भौगोलिक रुपमा) जिल्लाको रुपमा रहेको छ त्यति नै त्यहा भित्र जातजाती र फरक सांस्कृतिक अपनाउने मानिसहरुको बसोबास रहेको छ जसमध्ये ब्याँसी थपाल्या समुदाय पनि एक पिछडिएको समुदाय हो । यस समुदायका सास्कृतिकको झलक हरेक हप्ता यस पत्रिकामा स्तम्भको रुपमा रहने छ ।  भ्या (विहे) गर्दा हुम्ला जिल्लाको ब्याँसी समुदायमा ब्याँउली (दुलही) रौन्या चलन छ । विशेष गरि यो चलन माग्या भ्या (मागी विहे) मा प्रचलित छ । भ्या (विहे) गर्दा भौती  (धेरै) खर्च ब्याँउला (दुलाह) पक्षले गर्छन् । भ्याका लागि ब्याँउलीको घरमा ब्याँउलाले खान खर्च पुयाएपछि यो तालीम दिने गरिन्छ । यो तालीमको क्रममा ब्याँउली लगायत भ्या नगरेका छोट्टीहरु गोठमा बास बस्ने गर्छन् । ब्याँउली रुदा निम्न शब्दको प्रयोग हरन्छ । सुरुको सम्वोदनको बेलामा होइ जदेउ जदेउ होइ पाल्यौ ताल्यौ होइ कैका पोल्ठा फाल्यौ हौइ मेरा माइतीको भरास यहाइ जदेउ जदेउ होइ मेरा माइतीको चुलो बैसन्द य होइ जलेउ जदेउ होइ मेरा माइतीको मुल संघार य होइ जदेउ जदेउ होइ