Posts

Showing posts from 2013

देउडामा अरुको मन पगाल्न सक्ने क्षमता छ ।

Image
गीत संगीत एक मार्मिक पक्ष हो भनिन्छ जसले मानिसको मात्र नभई पशुपन्छीको पनि मन पगाल्न  सफल हुन्छ । नेपालमा समुदाय र क्षेत्र पिच्छे गीतसंगीत प्रचलननमा छ । जसमा सुदुर तथा मध्यपश्चिमको कर्नाली क्षेत्रमा विशेष  चल्तीमा रहेको गीत हो देउडा । यही देउडा विशेषको कार्यक्रम ‘भलासुकाली’ विगत ८ वर्ष देखि रेडियो नेपालको केन्द्रिय प्रसारण सिंहदरवारबाट प्रसारण हुदै आएको छ  । यस कार्यक्रमका प्रस्तोता एव देउडा गायक सुरेशजंग शाहीसँग नन्द शहादुर ऐडीले गरेको कुराकानी ः   यो कार्यक्रम औपचारी रुपमा कहिलेबाट सञ्चालमा आएको हो ? विस २०६२ साल बाट सञ्चालनमा आएको हा्े ा यो कार्यक्रमको अवधारणा कसरी आयो नि ? देउडा क्षेत्रमा कर्नालीले ठुलो गुन लाएको छ । ओझेलमा परिरहेको देउडा गीतलाई राष्ट्रिय रुपमा पहिचानमा ल्यानुपर्छ भन्ने हिसावले हामी केहि युवाहरुको पहलमा यो कार्यक्रम सञ्चालनमा आएको हो । रेडियो नेपालबाट देउडा कार्यक्रम सञ्चालन गदै आउनु भएको छ । चुनौती पनि त होलान नि ? कर्नाली क्षेत्रबाट संघर्ष गर्दै कोहि मान्छे काठमाडौ आएर टिक्न सक्छ भने त्यसका पछाडी उसले धेरै ठुल–ठुला चुनौतीहरु पार गरिसकेको हुन्छ उसले । हामी यो क्

खाद्य सुरक्षा

Image
रमेश रावत खाद्यन्न मानव जीवनको महत्वपूर्ण  आधारको रुपमा रहेको हुन्छ । खाद्यन्नको आपूर्ती, व्यवस्थापन तथा गुणस्तरलाई हरेक देशमा जोड दिईएको हुन्छ । ्वढदो जनसंख्याका कारण खाद्यन्नको उपलव्धता तथा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको अवस्था छ । खाद्यन्न समस्याले देश तथा समुदायमा मात्र समस्या सिर्जन ार्ने नभई अन्तराष्ट्रिय स्तरमै समस्या उत्पन्न गर्ने हुदाँ हाल खाद्यन्नको आपूर्ती अवस्था वा खाद्यन्न सुरक्षा विश्वका सवै देश तथा अन्तराष्ट्रिय समुदायको समेत चासोको विषय बनेको छ । खाद्यन्नको समस्या मूलतः कम विकसित देशहरुमा जटिल बनेको देखिन्छ । यस्ता देशहरुमा जनसंख्याको वृद्धिदर उच्च हुने तर खाद्यन्न त्यही अनुपातमा बढाउन नसकिने विद्यमान अवस्था छ । जमीनको उपादकत्व न्यून छ । वातावणीय समस्या बढिरहेको छ । खानेपानी प्रणालीको महत्वपूर्ण पूरक तत्व वन सम्पदा क्रमशः विनाश भईरहेको छ  खाद्यन्न उत्पादन तथा उत्पादक तत्व बढाउनु आवश्यक छ । तर यो नै ठुलो चुनौतीको रुपमा देखा परेको छ । खाद्यन्नको उत्पादकत्व बढाउनको लागि किसानहरुले अनेक प्रकारका रसायनिक पदार्थ तथा विषादीको प्रयोग गरिरहेका छन् । यसले तत्काल केयिह फाईएदा

कर्नाली जलाधार बचाऊ अभियानः किन र के का लागि ?

Image
दीपेन्द्र रोकाया कर्नाली जलाधार क्षेत्रका २१ जिल्लाले लिने निर्णयले त्यस क्षेत्रका जनतामा मात्र होइन, यो देशका देशभक्त नागरिकहरूमा पनि आशा र विश्वास पलाएको छ । त्यो आशा र विश्वास भनेको स्थानीय अग्राधिकार कायम गर्ने, राष्ट्रिय स्वाधीनता कायम गर्नेे र स्वदेशी लगानीलाई प्राथमिकता दिने सवालसँग सम्बन्धित छ । किन यसो गर्नु प¥यो ? अर्थशास्त्रीहरू आर्थिक समृद्धिलाई विकास भन्दछन् । राजनीतिशास्त्रीहरू देशको सार्वभौमसत्तालाई जोड दिन्छन् । समाजशास्त्रीहरू  जाति व्यवस्थाको ठाउँमा वर्ग व्यवस्थामा आधारित खुला समाजको स्थापनालाई विकास भन्दछन् । मुलुक कति विकसित र सम्पन्न छ भन्ने कुरो प्रति व्यक्ति आम्दानी, जीडीपी, जीएनपीका आधारमा मानव विकास सूचकाङ्क तय गरिएको हुन्छ । देशमा उपलब्ध प्राकृतिक स्रोतको समुचित परिचालनबाट नै सही रूपमा स्थायी विकास हुने हुन्छ । यसमा पनि जुन देशमा ऊर्जा क्षेत्रमा विकास भएका हुन्छ, त्यस देशको विकास स्वतः भएको पाइन्छ । सिंगो एसियामा दार्जिलिङबाहेक अन्त अँध्यारै रहेको बेला १०० वर्षअघि फर्पिङ विद्युत् निकालिएको थियो । उतिखेरका अँध्यारा देश चीन र भारत आज ऊर्जा क्षेत्रको विकासले क

स्थानीय भत्ता कटौती

Image
नेपाल सकारको मन्त्री परिषदको निर्णय मिती २०६७ ÷९÷२० ले नेपाल राज्यभरका २२ वटा हिमाली तथा पहाडी जिल्लाहरुको हिउँदे विदाको स्थानीय भत्ता कटाउदै आएकोले हाल यो मर्का हुम्लामा कार्यरत शिक्षकहरुले पनि भोग्दै आउनु परेकोले हुम्लामा कार्यरत सम्पूर्ण शिक्षक संघ संगठनहरुले त्यस विरुद्ध गत असार महिना देखि रिले अनशन वस्दै आएका छन् । आफनो मागको जिल्ला प्रशासन कार्यालय हुम्ला र जिल्ला शिक्षा कार्यालय हुम्लाले पनि वेवास्ता गरेको कुरा वताउछन् नेपाल शिक्षक संघका जिल्ला सदस्य ज्ञान बहादुर रोकाया ।

जिल्ला टपरमा नेपालकै दुर्लभ जाती कैलाश सिरा

नन्द बहादुर ऐडी समग्रमा भन्नु पर्दा यो गएको ०६९ सालको प्रवेशिकाको परीक्षा प्रतिफल खस्कदो एवं निराशाजनक छ । नेपालको दुर्गम एवं विकट मानिने हुम्ला जिल्लाको यो वर्षको प्रवेशिका परीक्षाको प्रतिफल मध्यपश्चिम विकास क्षेत्रको १६ वटा जिल्ला भित्रमा उत्कृष्ठ (करीव ६१प्रतिशत) आएको छ । त्यसमा पनि हुम्लामै उत्कृष्ठ अंक ल्याउन सफल भएका छन्, नेपालकै दुर्लभ जातिका विद्यार्थी कैलाश सिरा । कैलाश सिरा मेलम—५, हुम्लाका जय वहादुर सिराका छोरा हुनउयनी अहिले १६ वर्षको भए । उनले यो पैविशिका परीक्षामा कुल ५सय ... नम्वर अर्था ७८. ... प्रतिशत ल्याएका छन् ।  सिरा जाति नेपालकै दुलव जाती हो । जुन हुम्ला जिल्लामा मात्र सिमित र त्यसमा पनि हुम्लाको मेल्छाम गाविसमा ५ घरधुरी र मदना गाविसको बारी गाउँ स्थित करीव ७ घरधुरी रहेका छन् । जनसंख्याको हिसावले लगभग १ सयको हाराहारीमा शिरा जाति कुन समुदाय अन्र्तगत पर्छ भनी यकिन नभए पनि हाल सम्म हुम्लाका व्यासी थपाल्या (ऐडी, बुढा, रोकाया, बुढाथोकी) सँग नाता कुटुम्व चलाउदै आएकोले व्यासी थपाल्या समुदायमा गनिदै आएको छ । राष्ट्रिय जनगणनामा क्षेत्रीको रुपमा गणना हुदै आए पनि वास्तवमै स

हुम्ला कर्नालीका रमणीय तस्वीरहरु

Image

विकास वादी देउडा गीत

Image
नन्द बहादुर ऐडी समाज विकास खाका कोर्न युवा वर्ग जुटौ सकरात्मक परिवर्तन, गर्न हामी उठौ उठौ साथी जुटौ साथी भाईचारा बढाउदै समाज विकास देश विकासको काम गरि रमाउदै शिक्षा लिउा ज्ञान बढाऔ, बढाउ है क्षमता जति बढ्यो उत्ति ठुलो, नगरे्या अहमता यो देशको मेरुदण्ड, हामी युवा वर्ग समस्या निकासका लागि, पछाडी नफर्क

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही

रतन बुढा विस २०४६ सालमा जन्मिएका हुन उनले जिल्ला प्रशासन हुम्लाबाट विस २०६६ सालमा पहिलो पटक नागरिकता लिएका थिए । उनको नागरिकता हराएकोले पुनः पहिलो प्रतिलिपीका रुपमा वि।स।२०७०्०१्१६ गतेका दिन नागरिकता लिए र सोही नागरिकताले उनलाई ४ वर्षको बालक बनाई दिएको छ । सोही नागरिकतामा उनको जन्म वि।स। २०६६÷०३÷२१ गते भनी उल्लेख गरिएको छ । यो प्रमाणित गरिदिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शुकदेव कुमार पोखरेल रहेका छन्् । जिल्ला प्रशासनको यो लापरवाहीले उनको प्राविधिक शिक्षा सि।एम।ए।को ट्रान्सकिप्ट दिनको लागि सि।टि।ई।भि।टी। कार्यालय भक्तपुरका अधिकारीहरुले दुःख दिई रहेका छन् । प्रशासनको यो लापरवाहीले गर्दा सर्वसाधरणले नपाउनु दुःख पाएका छन् । हुम्ला जिल्लामा यस्ता घटना कैयौ छन् तर त्यहाँका स्थानीयले बरु आफै दुःख पाएर बाहिर ल्याउन चाहदैनन् र अर्को कुरा आम सञ्चार माध्यमको पहुँच एकदमै कम भएकोले गर्दा पनि घटना बाहिर आउन नसकेको कुरा बताउछन् मेल्छाम—१,हुम्लाका गोरख बहादुर बुढा ।

विकासे काममा लगनशील स्थानीयबासी

 ठकुरी बस्तीले भरिएको मेल्छाम ७ र ८ स्थित मासिधारा हुम्ला सदरमुकाम सिमकोटबाट करीव ३५ कोष टाढा को गाउँ हो । पूर्व तिर रति गाउँ पश्चिम तिर मेल्छाम गाउँ उत्तर तिर लामालेक र दक्षिण तिर मेल्छाम कोटको बीचमा रहेको छ मेल्छाम गाउँ । मेल्छाम गाविस मध्येकै एक जना मास्टर डिग्री होल्डर पनि यसै गाउँबाट उत्पादित  व्यक्ति रहेछन् । करीव १५ जना एसएलसी पास भएको यस गाउँमा विकासले भने हाल सम्म सन्तोष जनक फड्को मार्न भने सकेको छैन । स्नोल्याड एकिकृत विकास केन्द्र, हिमालयन कन्जरभेशन एण्ड डिभलपमेन्ट एशोशियन ,कर्णाली एकिकृत विकास अनुसन्धान के्न्द्र ,असल छिमेकी नेपाल लगायतका जिल्लामा नाम कहलिएका संघ संस्थाहरुले आफनो कार्य क्षेत्र बनाए पनि सो सस्थाले राजनीति र डलर खेती सीवाय अरु केहि विकासे प्रगति नगरेको स्थानीइको जन गुनासो रहेको छ । सो गाउँको देशी भन्ने ठाउँमा धान प्रशस्त मात्रमा फल्ने भएता पनि सिचाईको अभावले गर्दा हाल सम्म धान फलाए भात खाने सपना भने अधुरो भएको कुरा बताउछन स्थानीइ बासी । सो गाउँको सबैभन्दा महत्व पुर्ण आवश्यक कुरा भनेको सिचाई हो र हाल सम्म जिल्लामा कार्यरत कुनै पनि संघ सस्थाले सिचाईमा लगानी

गार पारी देखि याल्वाङ सम्मको रमणीय यात्रा

Image
विहानै पाचँ वजे उठी तयारीका साथ आफनो यात्रा सुरु गरे मैले । छिटपिटो उज्यालो हुदै थियो गारपारीको गाउलाई छोड्दै च्याछरा हुदै ढाडकेर्मीमा पुगियो । ढाडकेर्मीमा २०÷२५ वटा खच्चरहरु रहे्छन् र उक्त खच्चर हरुलाई सामान बोकाई रहेको दृश्य देखियो । भारत बाट निर्यात भई नेपालको हिल्सा नाका हुदै चीन जाने उक्त जडिबुटि थियो सतुवा । सामान बोक्ने ती खच्चरहरुलाई छोडेर आफनो गन्तव्यलाई अगाडी धकेले र्मैले । म अगाडी बढदै थिए , बाटोमा एक आकषर्ण होटल भेटियो । सो होटलमा चिया खानको लागि विश्राम लिए । उक्त होटलमा ३ जना अमेरिकन पर्यटक सहित १ जना नेपाली टेक गाईड र एक जना भरीया गरी पाचँ जना रहेछन् । मैले चिया खादै उनीहरुसित हुम्लामा घुम्दा देखिएका राम्रा नराम्रा पक्षहरुको् बारेमा जिज्ञासा राखे । टे«क गाईट नुर्वु लामाले भने तपाई त पत्रकार एकचोटी हिल्सा सम्म पुग्नुहोला । हिल्सा नाका बाट भित्रिने रक्सी लगायत अवैध सामाग्रीहरुको बारेमा कलम चलाउनु होला भनेर सुझाव पनि दिए । सल्लीको ओरालो झर्दै अघि बढ्ने क्रममा याल्वाङ चौर आईपुग्यौ । त्यहाँ चुईगम किनेर खाएर गन्तव्यलाई अघि बढाए । करिब १० बजेको थियो होला बल्ल तल्ल याल

उज्यालो दिन असफल

Image
६५ घर धुरी भएको व्यासी थपाल्या समुयायका मानिसहरु बसोबास रहेको गाउँ हो फुचा । हुम्लाको सदरमुकाम सिमकोट बाट करीव ३० कोष टाढा रहेको रोडिकोट गाविसको वडा नं ४ स्थित रहेको त्यस गाउँ खोला भित्र रहेको छ । सर्केगाड नदकिो मुख्य मुहान नै त्यस गाउँमा भएकोले हुम्ला कर्णाली को शिर विन्दुमा रहेको गाउँ भन्दा फरक नर्पला ।  स्थानीय बुढापाखाका अनुसार त्यस गाउँका बाजेले फुचिलो (अम्खोरा) मा धन सम्पति ल्याएर सो स्थानमा बसोवास गरेकाले गाउँको नाम फुचिलो हुदै फुचा हुन गएको हो । अन्य गाउँका माानिसहरु यस गाउँका मानिसहरुलाई गिज्याएर बोल्दा फुच्चो वा छुच्चो स्वभावका मानिस भन्ने गरेता पनि वास्तवमा यहाँ मानिसहरु मिलनसार र सोझा सीधा व्यवहारका छन् । समग्रमा करीव २० जनाले एस एल सी पास गरेको जसमा ९ जनाले ईन्टर र ३ जनाले बीए पास गरेको त्यस गाउँमा ५ जना अवकाश प्राप्त हुलाकी, १ जना प्रावि स्थाई शिक्षक र २ जना पियन क्रमशः कृषि विकास बैङ्क, उप स्वास्थय चौकी गरी ८ जना सरकारी दरबन्दीका कर्मचारी रहेका छन् ।  ६५ घर धुरी भएको त्यस गाउँमा हाल सम्म २ जना महिलाले एसएलसी र आईए पास गरेको अवस्था छ । हावा पानीको दृष्टिले अत्

टुट्यो नुन—चामलको नाता

Image
समाजमा रहेका मानिसहरुको आ—आफनै जीवन निर्वाहका पद्धती र प्रर्णालीहरु हुन्छन्  । मानिसहरुले बाच्नका लागि संघर्ष गरिराखेका हुन्छन् र बाच्ने पद्धती पनि फरक–फरक हुन्छ । यस्तै कर्नालीका मानिसहरुले समय सापेक्ष आफनो जीवन निर्वाहकोे पद्धती उवेला देखि हाल सम्म फरक–फरक तरीकाले गर्दै आएका छन्  । समय गतिशील छ र समय परिवर्तनसँगै मानिसका ईच्छा आकाङछा पनि परिवर्तन हुने गर्छ । यो गतिशील समाजमा टिकिरहनको लागि मानिस पनि सोहि अनुरुपको हुने गर्छ र त्यहि अनुसारको सामाजिक संस्कारका साथै सस्कृतिक निमार्ण हुने गर्छ र मानिसले सो संस्कृति अंगाल्न पुग्दछ ।  समाज परिवर्तनको क्रममा नेपालको दुर्गम भेग कर्नालीको समाजिक परिवेश र संस्कारहरु पनि परिवर्तन हुदै गएको आभास हुन थालेको छ । बाच्नको लागि संर्घष र विभिन्न जीवन निर्वाहका पद्धती र प्रणाली उपनाउनु पर्ने हुन्छ । यसै क्रममा कर्नालीमा पहिले बस्तु विनिमय प्रथा अन्त्यन्तै प्रभावशाली पेशा वा व्यावसाय हो तर आज समाज विकाससँगै यो प्रथा विस्तारै विलिन हुन पुगेको छ । पहिले हुम्लाका मानिसरुले चीनको स्वशासित क्षेत्र तीव्वतको ताक्लाकोटबाट उन नुन ल्याएर कालिकोट, जुम्ला

हाम्मो रोटाले पनि जनयुद्ध लडेका छन्

Image
वि.स. २०५२ सालमा तत्कालदीन सरकारलाई नेकपा माओवादीले विभिन्न माग राख्दै युद्धको घोषणा गयो । त्यो युद्धको क्रम करीव १० वर्ष सम्म चल्यो । त्यो क्रममा नेपाली जनताले सरकार र विद्रोही माओवादी दुवै बाट विभिन्न सास्ती भोग्नु पयो । तत्कालीन विद्रोहीमाओवादीलेराज्यसत्ता विरुद्ध विभिन्न चरणमा शसक्त आन्दोलनका कार्यक्रम घोषणा गयो । यो क्रममा नेपाली जनताले भोगेको पीडालाई वर्णन गरि साध्य छैन् । जहाँ अभाव त्यहाँ चलखेल भनेजस्तै काग्रेस ऐमाले र त्यसपछि शसत्र द्धन्दमा माओवादीको अखडाको केन्द्र विन्दू बन्न पुग्यो नेपालको कर्नाली क्षेत्र । कर्नाली क्षेत्र राज्य बाट पिडीत क्षेत्र हो, ठगिएको क्षेत्र हो । राज्य सत्ताले कर्नालीलाई उत्पीडनमा पारेको छ भन्दै त्यसको विरुद्ध सशक्त आवाज उठाउनु पर्छ हामीले कत्ति सम्म सहेर बस्ने ? अधिकार मागेर पाईन्न । खोसेर लिन सक्नु पर्छ आफनो हक र अधिकार सुनिश्चित गर्न राज्य सत्तासँग लडाई लडनु पर्ने वेला आएको छ । हाम्रो समाजमा भएको रुढिवादी परम्परा , समान्ती प्रवृति र शोषक ठुलाबडाको हुकुमी शासनको अन्त्य, जातीय भेदभाव लगायतका यावत सामाजिक समस्याको न्यूनीकरण गर्न नेकपा माओवादीले श

अभाव भित्रको चलखेल

जहाँ अभाव त्यहाँ चलखेल पक्कै पनि हुन्छ । राज्यका सम्पूर्ण निकायले कर्नाली क्षेत्रलाई ्अभाव ग्रस्त भेगको रुपमा चित्रण गर्दै आएको अवस्था छ । कर्नालीलाई रोग, भोग, शिक्ष,ा स्वास्थ्य, विद्युत, सञ्चार लगायतका यावत पक्षमा अभाव ग्रस्त क्षेत्र हो भनी व्याख्या गर्ने प्रचलनन रहेकबो छ । कर्नाली क्षेत्रमा विभिन्न कुराको अभावले गर्दा चलखेल गर्ने रंगशाला बन्न पुगेको छ त्यस क्षेत्र । राज्यका माथिल्लो स्तरका कर्मचारीले भने अनुसारको काम गरेन भने कारवाही स्वरुप सरुवा गर्ने ठाउँ जहाँ कि अपराधीले अपराध गरेपछि जेलचलान गरिन्छ, त्यस्तै कुनै कर्मचारीले हाकिमलाई रीजाउन सकेन भने कर्नालीमा सरुवा गर्ने चलन पनि बाक्लै छ । यसैले कर्नालीलाई सुधार गृहका रुपमा व्याख्या विश्लेषण गर्दा फरक नपर्ला । कर्नालीमा सडक पुगेको छैन् । सडकको लागि वार्षिक करोर्डौका रकम निकासी हुने गर्छ अर्थमन्त्रालय लगायत विभिन्न सडक सम्बन्धी काम गर्ने संघ सस्थाहरु बाट । उक्त रकम सम्बन्धित ठाउँमा पुग्नै नपाई बीच बाटो मै शक्ति र शासनको बागडोर सम्हालेका मै हुँ भन्ने ठेकेदारहरुको खल्ती भरिन्छ । यसैले पनि चलखेल कै रुपमा लिन सकिन्छ । कर्नालीमा खाद्य

सबै कुरा राजनीतिमा नै अडिएको छ

Image
रिता शाही  केन्द्रिय सदस्य, नेपाल महिला संघ आज भोली केमा व्यस्त हुनुहुन्छ ?  पाटीको संगठन विस्तारको क्रममा कार्यक्रम भईराछ  । त्यहि कर्यक्रममा व्यस्त छु । समाजमा कसरी चिनिन चाहानु हुन्छ ? मैले युवा राजनीतिका साथै महिलाका आवाजहरु शसक्त रुपमा उठाउने काम गरेको छु । यसैले एक अधिकारवादीका रुपमा चिनिन चाहान्छु ।  कहाँ र कहिले जन्मनु भयो ? वि.स २०३७ साल हुम्लाको गोठी गाउँमा जन्मेको हुँ । मेरो वाल्यकालका साथै स्कुले जीवन त्यही वित्यो ।  प्रेम के हो ?  भावनात्मक सम्बन्ध हो ।  तपाई प्रेममा पर्नु भाछ ?  छैन ।  अविवाहित हुनुहुन्छ, विवाह नगर्ने ? गर्ने तर समय आएपछि । कहिले आउँछ त समय ?  त्यो त जुराउनु पर्छ मैले मात्र चाहेर पनि हुदैँन । लगन जुरे पछि विवाह हुन्छ भन्छन नि ।  यौन के हो जस्तो लाग्छ ? यौन एउटा प्राकृतिक नियम हो । सजीव प्राणीहरुको लागि एक आधारभूत आवश्यता पनि हो ।    जीवन केहो ? सुख दुखको क्षण हो ।  नेपालको राजनीति ओरालो लागिरहेको अवस्थामा छ, तपाई युवा राजनीतिकर्मी हुनुहुन्छ । के देख्नुहुन्छ नेपाली राजनीतिमा आशा लाग्दा कुराहरु ?  अहिलेको नेपा

हुम्लाको फोटाहरु

Image