Posts

Showing posts from April, 2012

तीन ठुला दल संविधान भन्दा माथी

२०३१ सालमा गोर्खाको बोर्लाङमा जन्मिएका एकनाथ ढकाल युनिर्भसल पिस नामक संस्थाको अध्यक्षमा रहि नेपाल लगायत विश्वका विभिन्न देशहरुममा शान्तिको आवाज उठाउदै आउनु भएको छ । “नेपाल एक घर,हिमाल,पहाड,तराईका सम्पूर्ण नेपाली एउटै परिवार”भन्ने उद्देश्यका साथ २०६४ मा नेपाल परिवार दल स्थापना गरि वैकल्पिक लोकतन्त्रको भुमिका निर्वाह गदै शान्ति र लोकतन्त्रको आवाज उठाउनुका साथै नेपालका विभिन्न क्षेत्रमा सामाजिक सेवाका कार्यक्रम सञ्चालन गदै आउनुभएका अध्यक्ष ढकाल सँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः संविधान निमार्णको लागि जति समय बाकी छ त्यो समय प्रयाप्त मात्रामा छैन् हामीसँग समय कम छ तर संविधान नीयमावलीमा कम्तीमा ३ महिना लाग्ने देखिन्छ । अब पनि दलहरुबीच आवश्यक सहमति गरि प्रक्रिया टुङ्ग्याउने काम भएन भने जेठ १४ मा संविधान घोषणा न्यून देखिन्छ । देशको वर्तमान अवस्थालाई कसरी लिनु भएको छ ? देशको वर्तमान अवस्था एउटा गम्भीर मोडमा छ । अब बेलैमा देशका राजनीति दलहरुले यस विषयमा स्पष्ट रुपले छलफल गरि ,असहमती भएका विषय वस्तुहरु धेरै छन् ती मध्ये असहमतीका बाकी विषय वस्तुहरु मा छलफल गरि सहमति हुन नसक्ने विषयवस्

अन्तिम लक्ष्य कम्न्यिूष्ट सरकार बनाउने हो

वि सं. २०३४ सालमा बराई ६ हुम्लामा जन्मनु भएका कर्णजीत बुढाथोकी (क. शुशील) हुम्ला जिल्लाबाट एनेकपा माओवादी वैद्य पक्षको संविधान सभाको प्रत्यक्ष निर्वाचित सभासद हुन । एनेकपा माओवादीको भेरी कर्णाली राज्य समिती सचिवालय सदस्य समेत रहनु भएका सभासद बुढाथोकीसँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः जनता तर्सने गरि जनसंघर्षका कार्यक्रम घोषणा गर्नुभयो नि ? हाम्रो संघर्षका कार्यक्रम विगतदेखि एउटा चरणमा अघि बढेको छ । यो संर्घषको कार्यक्रम कुनै एउटा व्यक्ति विशेष नभई एउटा निश्चित तप्काका निम्ति भन्दा पनि यो एउटा सिगो गरिब जनसमुदायहरु ,उत्पीडित , वर्ग जाती समुदाय सबैको मुक्तिका लागि आफनो लक्ष्य पुरा गर्ने अविभाराका साथ यो प्रक्रिया अगाडी बढेको हो । जुन जनयुद्ध सञ्चालन भएको थियो , यसै उदश्यका लागि सञ्चालन भएको हो । अहिले पनि जनसंघर्षका कार्यक्रमहरु अगाडि बढिरहेको छ । यसै उदेश्यका लागि हो । यहि उदेश्य प्राप्तिका लागि संघषर््ाका कार्यक्रम कहिले शान्तिपुर्ण ढंगले बढ्छ भने कहिले आन्दोलनको रुपमा अगाडी बढ्छ । यसको मूल उदेश्य सारमा भन्नुपर्दा उत्पिडीत वर्ग ,समुदाय र क्षेत्रको मुक्ति प्राप्त नहुन्जेल सम्म गर