Posts

Showing posts from 2012

प्रत्येक महिनाहरुको विशेषता

नन्द बहादुर ऐडी मंसिरका भला महिना जौ बोएछ । पुषका भला महिना जौ उम्रेछ । माघ भला महिना जौ हरियो भएछ । फागुनका भला महिना जौ डँली सरेछ । चैतका भला महिना जौ पसाएछ । वैशाखका भला महिना जौ केश खेलेछ । जेठका भला महिना जौ पाकेछ । असारका भला महिना जौ टिपेछ । वैशाख पल्लम फुट्ने महिना जेठ कुकु बाईने महिना असार हिलिया महिना साउन अन्धा(कुहिरो लाग्ने) महिना भदौ भरपातकोृ महिना असोज पहेले महिना कार्तिक तुल पाक्ने महिन मंसिर धुल्या महिना पुष सिला महिना माघ धर्मी महिना फाल्गुन बयाली (बतास लाग्ने महिना) चैत पल्लम फुट्ने महिना तामा सल्लो ,पिल्ते सल्ल्लो क्आँ बाट आया हुन यो सरो गुन्ट्या हो भनी क्याँ गरी रोवया हुन पूर्व देई आयाको सल्लो पश्चिम गई छिरन्ना यहि रहन्ना , यहि खाहान्ना यहि बाली तिरन्ना अहिले हाट गोला गाठ एक मानु घटायो एकै हाम्रो केहि मारेन मुलुकै पटायो

कोसेली विभाजन

हुम्लाको व्यासी थपाल्या समुदायमा कोसेली विभाजनको नामाकरण गरिएको छ । हुम्लाको १० वटा गाविसको करीब २० वटा गाँउमा यस व्यासी थपाल्या समुदायको बसोबास रहेको छ । ती फरक फरक गाँउहरुमा बरोबास गर्ने व्यासी थपाल्याहरुको पहिचाहन पनि फरक खालको छ । फरक पहिचाहनले परिचित ती व्यासी थपाल्यालाई भिन्न कोसेलीको नाममा चिनिेने गरिएको छ । यस्तै फुचा गाँउको कोसेलीको पहिचाहन रातो धानको भात , भुवाकल्लासको खमुपिठो,पुमाको गहँुको भुम्ला ,कोर्काको फापरको ढेसु,बरेलको रातो चिनाको सेजो , मेखालीको अरा , नेप्केलको मृगको मासु,गोक्पेल र रयालको चिउला ,स्याडेलको मेलकोटटो आदि ।      यसरी हुम्लाको व्यासी थपाल्या समुदायमा आ आफनै खालको फरक पहिचाहन रहेको छ । हाल देशमा संविधान निर्माणको प्रक्रियामा रहेको छ । विभिन्न जात जाती र समुदायले आ आफना हक अधिकारका कुरा उठाईरहेको अवस्था छ तर हुम्लाको स समुदाय भने हाल सम्म पनि पहिचाहन विहिन अवस्थामा रहेको छ । हाल नेपालमा ५९ वटा जनजातीहरु सुचिकृत छन् भने कैयौ जात जातीहरु प्हिचाहन विहिन अवस्थामा रहि राज्यबाट प्राप्त सुविधाबाट वञ्चितमा अवस्थामा छन् , जसमा हुम्लाको व्यासी थपाल्या समुदाय पनि एक ह

फाक मागल

सासु कलन्धरा बुहारी बसुन्रा सासु ः जाउन जाउन बसुन्रा बचुल्लीको ख्रसु काटी ल्याउन बुहारी ःरात अध्यारै दिन अध्यारै  कसोगरि बचुल्लीको ख्रसु काटी ल्याउ सासु ः यति क्याँ अन्क्याईली बुहारी तिम्रा माइत गईकन भोलु मागि ल्याउँ बुहारी तयारी हुन्छे सासु ः एकसरी लैया बर्बरे पोको  दोसरी लैया झयार झयारे डोको  तेसरी लैया पञ्च कल्याण गाई  चौथमी लैया हित जुर्या बल्द  पञ्चमी लैया  पञ्च दियारी जदेउ मेरा दाजु (बहिनी माइत पुगेपछि दाजुलाई ढोग गर्छे) दाजु ः क्यापो दु ः ख पर्यो बैना ,जदेउ मेरा बैना य ः (    के दुःख परेर माइत आयौ भन्ने प्रश्न गदै ढोग स्वीकायो दाजुले ) बहिनी ःएकसरी छैन बर्बरे पोको   दोसरी छैन् झया झयारे डोको  तेसरी छैन् पञ्च कल्याण गाई चौथमी छैन हित जुर्या बल्द पञ्चमी छैन पञ्च दियारी छैटमी छैन भोलु वियानो दाजु ः एकसरी लैजा बर्बरे पोको दोसरी लैजा झयार झयारे डोको तेसरी लैजा पञ्च कल्याण गाई चौथमी लैजा हित जुर्या बल्द पञ्चमी लैजा पञ्चदियारी धारापो्री गईकन झयालटुङ्की झटकायाई पाचैन पण्डित दुलागार देवी दुलागार देवी मुरार डओठी छैन जाउन जाउन इन्द्रलोक जाउन मुरर डओठी ल्याउन मुरर डओठी पाचै वाउठा सवादा हाम

हुम्लामा पशुपालन

नन्द बहादुर ऐडी तेरो घरमा जुमा (चौरी गाई) कति छन् ? पाठा (भेडाबाख्रा) कति छन् ? भनी प्रश्न गरे हुम्ला रोडिकोट २ का जस बहादुर ऐडीले मलाई । म आफनो अनुसन्धानको सिलसिलामा उक्त गाउँमा पुग्दा ती वृद्ध ऐडीले यी यस्ता प्रश्न गदै आफना कुराकानीलाई अगाडी बढाए ।  तेरा सबै भाई पढन्या रह्या छौ ग्वालो को जान्छ त ? घरमा काम कसले गर्छ भन्ने जस्ता प्रश्न गरे ती वृद्ध ऐडीले । पशुवस्तु (घोडा , भेडा,जुमा,झोपा,खच्चर) हुम्ली जनताको लागि राष्ट बैकको रुपैया हुन् , हरिया डलर हुन् , यातायातको मुख्य साधन हुन । हुम्लामा हाल सम्ममा पनि जसको पशुवस्तु बढि छ उसलाई नै धनी वा भोर्या मान्ने चलन रहेको छ ।  हुन पनि सामान्य एउटा खसीको १० हजार देखि १५ हजार , जुमाको ४०देखि ५० हजार , धोडाको ५० देखि ६० हजार , खच्चरको ७० हजार देखि एक लाख सम्मको मूल्य पर्दछ । जसरी शहर वजार वा सडक यातायात पुगेको ठाउँमा साईकल ,मोटरसाईकल ,टयाक्टर, गाडीलाई लाखौ पर्दछ त्यस्तै हुम्लामा पनि पशुवस्तुको आफनै खालको मूल्य र महत्व रहेको छ । तीब्बतको लीमी र ताक्लाकोटबाट नुन ,मैदा , चामल , रक्सी लगायतका सामान ल्याउछन् भने अछाम , बझाङ्क र जुम्ला

हुम्लाको बालबालिकाको अवस्था

नन्द बहादुर ऐडी भाउ ओइ ! दाल ताया टेकायाको छु , आगो बाल्याई,गाग्रो रित्तै होला पीनाराबाट पानी ल्याएई ,भाउ सियाको छ रोला हेदै गर्नु । म एकभारी स्याउला ल्याईलु भन्दै काममा लाग्छिन् हुम्ला रोडिकोट ४ की बदमकला ऐडी । यसरी हुम्लाका निम्न वर्गीय परिवारका बालबालिकाहरुले बिहान करिब ५ बजेदेखि बेलुका सम्म आफनो स्तर अनुसार (हुम्लाको परिवेश अनुसार ) कामको जिम्मेवारी वहन गरिरहेका छन् । एउटा ८÷ ९ वर्षको बालक वा बालिकाले कति काम गर्न सक्ला त ? कुन स्तरको काम गर्न सक्ला त ? यी प्रश्नको जफाव सजिलै आउँछ बच्चाले पनि काम गर्न सक्छ ? यो कुरा सत्य हो हुम्लाको निम्न वर्गीय परिवारका बालबालिकाले सानै उमेरमा कामको ठूलो जिम्मेवारी बहन गर्नु पर्छ । घरमै बसेर भाई बहिनीको हेरचाह ,खोलाबाट पानी ल्याउने कुखुरालाई चारो (दाना) दिने लगायतका यावत कार्यहरु । जब बच्चा ४ ÷५ वर्षमा लाग्छ अनि उसले सामान्य जिम्मेवारी जसमा होटालामा भएको दाउरा भान्सा घरसम्म पुयाउने काम गर्दछ । यसरी ६ ÷७ वर्षमा त उसले क्षमता अनुसार ठुलै जिम्मेवारी वहन गनुपर्ने हुन्छ । हुनत कृषि र पशुपालन गर्नु पर्नेभएकोले  आमा बुवा दिन रातै काममा व्यस्त हुन्छन् ।

हुम्लामा विधवा (रणी) महिलाको अवस्था

नन्द बहादुर ऐडी विधवा लोग्ने मरेको आईमाईलाई विधवा भनिन्छ । हिन्दु धर्मअनुसार विधवा भएपछि रातो सिन्दुर, रातो कपडा,रातो चुरापोते पनि लगाउनहुदैन् । सेतो कपडा मात्र लगाउनु पर्छ । यस्तै दोस्रो विवाह गर्न पाईदैन् तर हुम्लाको व्यासी थपाल्या समुदायमा भने यस्तो चलन छैन् । विधवा महिलाले चाहेमा विवाह गर्न सक्छिन् । विधवा भएपछि सेतेकपडा लगाउनु पर्छ भन्ने मान्यता छैन् जस्तो सुकै कपडा लगाएपनि हुन्छ । यस समुदायमा सिन्दुर हालेर विवाह औपचारी गरिदैन् ।विवाहको बेलामा दुबो दैचावल –दहि चामल) लगाई सम्पन्न हुन्छ । जस्तो हिन्दु धर्मको ब्राहमण , क्षेत्री समुदायमा सिन्दुर हाली विवाह औपचारी हुन्छ त्यसै गरि हुम्लाको व्यासी थपाल्या समुदायमा दुबो दैचावल लगाई विवाह सम्पन्न हुन्छ । लाग्ने मरेर स्वास्नी विधवा भएपछि उक्त स्वास्नीलाई कुनै व्यक्तिहरु सँग थमाईन्छ । उक्त महिलाको देवर भएमा देवरसँग नत्र अन्य व्यक्तिसँग जिम्मा लगाउने काम गरिन्छ । यसरी अर्को विवाह गनै पर्छ भन्ने अनिवार्य वा करकाप पनि छैन् विधवा महिलाको इच्छा अनुरुपमा मात्र यो कार्य सम्पन्न हुन्छ । विधवा महिला एक्लै भएपछि समाजले विभिन्न खाले नकरात्मक सन्देश जा

व्याँसी थपाल्याको भैलो

नन्द बहादुर ऐडी भैलो पुणिमा यस पर्व पर्दछ । जसरी हिन्दुहरुको महान चाड दशैको १५ दिन पछि देउसी भैलो पर्दछ ,त्यसै गरि व्याँसी थपाल्याको समुदायको महान चाड भैलो भुवा तिहारको १५ दिन अगाडी पर्दछ । यस पर्वमा अन्य पर्व जस्तै मिठो परिकार खानुका साथै आफन्ते चेलीबहिनी हरुलाई अगरस खुवाउने चलन छ । विविधतपुर्ण तरिकाले भैलो माग्ने गरिन्छ । भैलो माग्दा निम्न शब्दहरु लयबद्ध तरीकाले गुञ्जिन्छन् । पहिलो दिन     आयौँ भैलारे डाको कैलारे बगाई ल्यायो गुल्ठो यहाँ भित्र घरिनाको सुन छाप्या चुल्ठो कट्या कट्या भैलो त्यहाँ  पर सेरा यहाँ भित्र घरिनाको गोठ भरि भेरा कट्या कट्या भैलो उवाँ गोड्ने कुमा यहाँ भित्र घरिनाको गोठ भरि जुमा कट्या कट्या भैलो निमागाउँको पाल्या यहाँ भित्र घरिना यौ गैर बाहुली हाल्या कट्या कट्या भैलो माग्ने होईनौ , डोरन्या होईनौ यहाँ भित्र घरिना यौ ऋतु जनाउन्या हुँ कट्या कट्या भैलो भैलो दिएपछि चिन्डो पानी फच्या वर्ष दिनको भैलो दिन्या यहाँ भित्र घरिना यौ लार्खौ वर्ष वच्याँ दोस्रो दिन आई पुणि चन्द दहि चाउल्या बन्द बगाई ल्यायो गुल्ठो यहाँ भित्र बुयाउलीको सुन छाप्या चुल्ठो तेलपेल तेलपेल झिक्क त्यहाँ 

भुवा तिहार

नन्द बहादुर ऐडी विशेष गरि भैलो पुर्णिमाको १५ दिन पछिको औसीमा भुवा तिहार पर्दछ । भुवा तिहार व्याँसी थपाल्याहरुको मुख्य पर्व हो । यसै पर्वको दिनबाट व्याँसी थपाल्या समुदायमा नयाँ वर्षको सुरुवात हुन्छ । जनावरका नामाकरण गरिएका वर्षहरु यहि पर्वबाट नै परिवर्तन हुने गर्छन् । जसरी हिन्दु धर्मालम्बीहरुले आफनो महान पर्व दशैमा नयाँ लुगा लगाउनुका साथै मिठो परिकारका खाने कुराहरु खाने गर्छन् त्यसै गरि यस व्याँसी थपाल्या समुदायमा पनि यस पर्वको बेला नयाँ लुगा लगाउनुका साथै मिठा मिठा परिकारहरु खाने चलन छ । यस दिनमा विशेष गरि अन्य पर्वका दिन जस्तै भात चिउला (पुरी ) पकाई खाने र आफना नजिकका नाता पर्ने चेली बुहारीहरुलाई अगरस खुवाउने चलन रहेको छ । यस पर्व व्याँसी थपाल्या समुदायहरु बीचमा पनि फरक फरक तरीकाले मनाउने चलन रहेको छ । मेल्छाम र गोठी गाविसमा भुवो खेल्ने भनेर औसीको अघिल्नो रातमा झरो सल्काएर विधिगत तरीकाले भुवो पुकारीन्छ साथै रातभरी भुवो खारामा देउडाका  विभिन्न खेलहरु खेल्ने गरिन्छ भने रोडिकोट , बराई लगायतका गाविसमाहरुमा दिउसो फुर्का खेल खेली उक्त राती देउडा खेल खेलिन्छ , यसरी व्याँसी थपाल्या समुदायका

ह्ुम्लाको सदरमुकाम सिमकोटमा मासुको अभाव

रमेश ऐडी      रमेश ऐडी÷ उज्यालो ।  हुम्ला असार २० ÷ उत्तरी तिव्वतको सिमा ताक्लाकोट वजारवाट च्याङरा भेडा नआउदा सदरमुकाम सिमकोटमा मासुको अभाव भएको छ । दैनिक नेपालगंज सुर्खेत वाट वोइलर कुखुराको मासु आउने गरेकोमा वुधवारदेखि मौसम वदली हुदा हवाइ जहाज आउन नसक्दा थप समस्या भएको हो । सिमकोट वजारमा दैनिक १० क्वीन्टल खपत हुदै आएको वोइलर कुखुराको मासु जहाज प्रतिकुल मौसमका कारण नआउदा मासुको समस्या  भएको छ । स्थानिय खसी वोकाको मुल्यमा महङगो भएको र वजार नजिक यो समयमा खसी वोका नहुने हुदा मासुको अभाव भएको मासु व्यापारी जस वहादुर रावतले वताए । एक महिना भन्दा वढी मासु वेच्नेकाम वन्द गरेको रावतले वताए । जिल्ला विकास समिति हुम्लाले मासु व्यवसायीलाइ वेच्नका लागी वजारको मध्य वजारमा लिजमा लिएर वनाएको व्यापारी भवन हाल खाली भइ वन्द अवस्थामा छ । मासुको अभावले होटल व्यवसायलाई प्रत्यक्ष असर गरेको उद्योग वाणिज्य संघका अध्यक्ष नर वहादुर रोकायाले वताए । मासु मदिरा वेच्ने होटलवालाको पेशालाइ असर पारेको रोकायाले वताए । मनसुन वुधवार विहानै देखि शुरुभएकाले दिउसो भरि कुइरो लागेका कारण १२ वजेसम्म  अवतरण गर्दै आएका जहाजहरु
5fqfaf;sf] # nfv ufoa gGb axfb/ P8L c;f/ , @)l;dsf]6 M dlxnf lkm8/ 5fqfjf;sf] dd{tsf] nflu cfPsf] tLg nfv /sd lxgf ldgf ePsf] 5 . ut d+l;/ tTsfnLg x'Dnfsf lhNnf lzIff clwsf/L u0f]z axfb'/ l;+xn] pQm /sd lxgfldgf u/]sf] v'nf;f ePsf] 5 . ;f] /sdsf] af/]df 5fqfaf; kl/rfns sdnf nfdf nfO{ yfx} glbO{ vr{ ePsf] 5 . tTsfnLg lh=lz=c l;x+n] ;f] /sdaf6 5fqfaf;sf] ejgdf /+ ª nufpg'sf ;fy} rkL{sf] ;]km6L 6ofÍL lgdf0f{ u/]sf] atfP eg] 5fqfjf;sf kl/rfns nfdf / 5fqfx?n] rkL{sf] ;]km6L 6ofÍL cfkm}n] ;kmf u/]sf] / To;sf] nflu lh=lz=sf= af6 !% xhf/ dfqf k|fKt ePsf] atfPsf 5g\ . 5fqfaf;sf] ejgsf] nflu lgsf;f   ePsf] pQm /sdn] 5fqfaf; s} tLg j6f ejgsf] 6Lgdf ut d+l;/df /+u nufOP klg xfn pQm l6g /+u gnufPsf] h:tf] b]lvg] cj:yfdf k'u]sf 5g\ . lh=lz=c l;x+n] pQm /sdsf] af/] sfof{qmd clws[t dfgl;x lji6nfO{ ;Dk"0f{   hfgsf/L ePsf] atfP klg clws[t lji6n] /sd ;DaGwL cfkm'nfO{ s]lx klg hfgsf/L gePsf] atfpg' eof] . kl/rfns nfdfsf cg';f/ lh=lz=c= wd{hLt zfxLsf kfnfdf % nfv
Image

हुम्लाको पहिलेको ढुस्के राजाको कथा र कहानी

लोप्चाङ लामा ११ सय ३१ साल वैशाख १८ गते भारतको ब्रमह बाट नेपाल हुदै हुम्ला प्रवेश गरेको थियो । त्यति बेला जिल्लाको नाम नतोकिएकोले चौकान देश भनेर चिन्ने गर्थे । सो ठाउँको राजा बन्ने विचार गरि आर्य जातको ५ भाई चौकान देशमा पुगे । २ भाई फिर्ता भएर अन्य ठाउँहरुमा बस्ती गरे । ३ भाई चौकान देशमा राजा हुने भनी बसोबास गरे । जेठो दाई जादु राजा याङचुको जारकोटमा बसे । माईलो भाई नल्लाको गाउँमा फयाउराजा बसे । कान्छो भाई बलीराजा चौगान फयामा बसे । सो तीन ठाउँको राज गर्नलाई र आफनो शासन चलाउनको लागि कठिनाई र बाधा अडकन परेकोले बुद्ध धर्मको गुम्वा खोच्यार गुम्वालाई धर्मको आधार  मानी लामाहरुलाई र त्यस गुम्वाका जजमानहरुलाई आफनो पक्षमा बोली दिन अनुरोध गरि आफू तीन भाई सो गुम्बाको धार्मिक राजा गर्ने र सक्दो सहयोग गर्ने कागज लेखी लेखाई धर्म गुरुहरु र आफु तीन जना सो ठाउँको राजा गर्ने बचन गरेकोले सो ठाउरुँको प्रत्येक गाउँघरहरुमा पुगि आफनो परिचय गरि विस्तारै शासन लागू गरेका थिए । ११ सय ३४ साल असार महिनाको २१ गते ढुस्के शासन लागू गरियो र सेना अथवा काजीहरु भर्ना गर्ने काम सुरु गरियो । ११ सय ४१ साल पुष महिनाको १ गते

पत्रकारीता

 नन्द बहादुर ऐडी  कुनै अर्थ मुलक सुचना वा जानकारी श्रोतबाट लिई सञ्चार माध्यम मार्फत आम जनता समक्ष पुयाउने कार्यलाई पत्रकारीता भनिन्छ । यस्तो कार्यमा संलग्न व्यतिmलाई नै पत्रकार भनिन्छ । समाचार ः समाचार भनेको कुनै पनि घटना ,विषयवस्त,ु स्थान आदिका बारेमा तयार पारिएको नवोदितम सूचना वा जानकारी हो । समाचारलाई ताजा घटना , विचार वा खवर पनि भनिन्छ ।  ले समाचारलाई पत्रपत्रिकाको प्राण पनि भन्नेगरिन्छ  । यसलाई अलिकति आश्चार्य पूर्ण वा नसोचेको थाहै नपाएको, जान्दै नजानेको विषयवस्तु र जानकारीलाई पनि  पनि भनिन्छ । कुनै पनि ठाउँमा घटेका नयाँनयाँ घटनाहरुको समष्टिगत सूचना,जानकारी वा खबरलाई समाचार भनिन्छ । जुन हिजो सम्म नजानेको विषय वस्तु सँग सम्बन्धित हुन्छ । जस्तै ः कुकुरले मान्छेलाई टोक्यो भने समाचार बन्दैन तर मान्छेले कुकुरलाई टोक्यो भने समाचार बन्छ । समाचार अंगे्रजी शब्दको ल्भध ल्याटिन भाषाको ल्यखब र सास्कृति भाषाको नब बाट बनेको हो । अंगे्रजी भाषाको लभध को नयाँ र कसैले ल्भध को बहुबचन ल्भधक भनेका छन् । यसलाई आधार मानी चारै दिशा बाट ल्  स् ल्यचतज भ्  स् भ्बकत ध् स् ध्भकतचभल क्  स् क्यगतज  समाचारका श

नौ छहरे झरना (छ्यागुवा)

प्रकाश लामा होम्लु  (हुम्ला) जिल्ला एक प्राकृतिक सौन्दर्य र रमणीय स्थान हो । यहा विभिन्न साना ठुला हिमालहरु, ताल तलैयाहरु , खोला नाला्हरु , वनजंगल आदि थुप्रै मात्रामा पाईन्छ । जुन अन्र्तगत क्ष्योफारक (गाडापाडी) को नौ छहरे झरना  (छ्यागुवा) पनि एक हो । यो झरना हेक्पा गाविसको वडा न. एक गाडापारी (क्ष्योफरक) को ताकरु खोलामा पर्छ । जिल्ला सदरमुकाम सिमकोट देखि उत्तर तर्फ चार घण्टा पैदल हिडेपछि यो झरना भएको ठाउँमा पुगिन्छ । खोला वारी र खोला पारी भिरपाखामा छरिएर रहेका तल्लो गाउँ क्ष्योफारक (गाडापारी) , माथिल्लो गाउँ सप्तुङ र माथि जंगलभित्र पालामु (लामागाउँ) किलिङथाङ आदि नामले परिचित छन् । प्राकृतिक सौन्दर्यता ,वन जंगल हिमाल खोला झरना ताल तलैया आदिले आगन्तु पाहुनालाई ‘टसि देलेक’ भनेर स्वागत गरिन्छ । रोचक र रमाईलो नौ छहरे झरना (छ्यागुवा) ताकरु खोला अन्र्तगत पर्दछ । यसको सुरुवात छयुरक हिमाल (ःयगलत अजजथगचपध) बाट सुरु भएको पाईन्छ । जुन हिमाल आज भन्दा धेरै वर्ष अगाडी कैलाश हिमालको रुपमा अवस्थित भएको थियो । केहि समय यता कालो हिमाली कागले हिमाल माथि फोहोर गरेपछि हिमाल जुठो भएर भगवानले बास गर्न छाडेर

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

गंगा प्रसाद भट्ट   सिद्धान्त र व्यवहारको गति नमिलेको हाम्रो शैक्षिक परिपाटी , शिक्षण तथा परीक्षा प्रणालीको अवैज्ञानिक मान्यताका आधारमा हामी उतिर्ण प्रणाली र गुणस्तरीय शिक्षा भनी फलाकी राखेका छौ । शिक्षा ऐन २०२८ अघिको शिक्षण प्रक्रिया तथा विद्यालय व्यवस्थापन प्रक्रिया हाम्रो सन्दर्भमा बढि व्यवहारीक देखिन्छ । २०३३ सालमा करीब ९ वर्षको उमेर हुदाँ काठको फल्याक को कालो मुसाले रंगाएको खस्रो, हातले समात्ने एकातिर बिड भएको र पाटीको २ छेउमा प्वाल पारी डोरीले बाधेर काधमा झुन्डयाउन मिल्ने पाटी र स्थानीय खानीमा उपलब्ध हुने ढुङगें खरि बोकेर स्कुल जाने मौका पाएका स्मृति ताजै छ । २०२८ साल देखि चितवन र झापा बाट शुरु गरिएको भनिएको राष्टिय शिक्षा पद्धतिको योजना २०३३ सालमा बैतडीको दुर्गम गाउँमा पुगेको थिएन । त्यसैले होला मैले कक्षा १ मा अ देखि अ ः , क का देखि ज्ञ ज्ञा , क्र देखि ज्ञ्र,क्य देखि ज्ञ्यः, क्न देखि ज्ञ्नः,क्ल देखि ज्ञ्ल ः,कं देखि ज्ञंः, कृ देखि ज्ञृः, तथा नाउवाचन (मान्छे ,जनावर , पक्षीं,किरा, रुखविरुवा , अन्न , गाउँ लगायत वातावरणमा भएका , देखेका भौतिक र अभौतिक वस्तुका नामहरुका साथै

बालबालिका, बाल अधिकार र हुम्ला जिल्लामा बालअधिकार सम्वन्धी केही बिश्लेषण

कँुगा सण्डुप लामा    “म विश्वस्त छु कि हामीले बालबालिकाहरुको लागि केही अधिकारहरुको माग गर्नु पर्छ र ती अधिकारहरुलाई विश्वभरी सवैबाट मान्यता प्रदान गराउनका लागि खटेर प्रयास गर्नु पर्छ ।”                                            एगलैण्टन जेव १. बालबालिका बालबालिकालाई अर्थ र परिभाषाको दृष्टीकोणवाट हेर्ने हो भने विभिन्न सन्दर्भ अनुसार व्याख्या र विश्लेषण गर्न सकिन्छ । समग्रमा बालबालिकाको अर्थ वा परिभाषालाई केलाउँनु पर्दा  दुई तरिकाले हेर्न सकिन्छ । पहिलो तरिका भनेको बालबालिकाको उमेरको दृष्टिकोणवाट र दोश्रो तरिका भनेको व्याख्यात्मक वा व्याख्या गरेर  स्पस्ट पार्न सकिन्छ ।  उमेरको दृष्टीकोणले बालबालिकाको परिभाषा गर्नु पर्दा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन तथा कानुनद्धारा निर्देश गरे अनुसार विभिन्न तरिकाले गर्न सकिन्छ । जसलाई यसरी राख्न सकिन्छ । बालबालिका अधिकारका सम्वन्धमा बनेको संयुक्त राष्ट्रिय महासन्धीका अनुसार बालबालिकाको अर्थ र परिभाषाको सन्दर्भमा कुनै पनि राष्ट्रले अन्य परिभाषा गरेका बाहेक बालबालिका भनेको १८ वर्षको उमेर नपुगेसम्मका बालबालिकाहरु बालबालिका हुन् । भनेर भन्छ । नेप

संघिय राज्यको अवधारण र कर्णाली विकास

लक्ष्मी ऐडी वर्तमान राज्य पुन संरचना र संविधान लेखनमा दिगो शान्ति सम्पन्न समावेशी राज्य ,सीमान्कृत समस्या समाधान गर्ने सिलसिलामा हामीेले कर्णाली विकासका लागि नसोची नहुने बेला आएको छ । राज्य पुन संरचना भित्र कर्णालीलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा धेरै सवालहरु उठेका छन् । देश पूरै संघियताको पक्षमा उभिएको बेलामा कर्णालीका जनता नेता जुरमुराउनु स्वभाविकै हो । देशका अन्य स्थानमा झै मध्यपश्चिम वा कर्णाली भेगतिर संघिय राज्यको माग हुदैछ । कर्णालीका जनता बुद्धिजीवी र नेताहरुमा संघियताको बहस चलिरहेछ । हिजो आज राज्य पुन संरचनामा कर्णाली क्षेत्रलाई  कसरी उपस्थित गराउने भन्ने बारे छलफल गदै छन् कर्णाली बासीरुहरु । अर्को तिर संघिय संरचना कसरी तयार पार्ने भन्ने ठुलो समस्या देखा परेको छ । कर्णाली राज्य , खस राज्य , भेरी कर्णाली  प्रान्त, सिंजा प्रदेश आदि प्रमुख नामहरु अघि सारिएका छन् । यसैगरि भौगोलिक सिमानाको आधारमा कर्णालीका ५ जिल्ला हुम्ला ,जुम्ला ,मुगु,डोल्पा , कालिकोट ,जाजारकोट , सुर्खेत, दैलेख राप्तीका सल्यान ,प्युठानका केहि गाविसहरु समावेश गरि जडान राज्य बनाउने र सोको सदरमुकाम सुर्खेत बनाउने

एक दशक अघिको हुम्लाको शिक्षा

नवराज घिमिरे २०५६ साल असोज महिनाको १९ गते विद्ययापुर सुर्खेत देखि हम्ला सदरमकाम सिमकोटको पूर्वपट्टि करीव ५५ किमी कर्णाली नदीको तीर स्थित हिमज्योती मावि सर्केगाडमा शिक्षक हुनको लागि यात्रा तय भयो । त्यस विधालयका तत्कालीन प्रधानध्यापक धर्मराज बरालसँगको मौखिक सम्पर्क तथा अंग्रेजी शिक्षकको दरबन्दीमा  नियुक्ति गरिदिने उहाँको भरपुर आश्वासनका साथ विस २०५६ साल असोज २० गते नेपालगञ्जको पूर्ण होटलबाट झोला बोकी बिहान ८ बजे नेपाल वायु सेवाको जहाजबाट हुम्ला प्रस्थान गरियो । करीब १३०६ को हिमाल पहाड माथिको उडान पछि करीब ९ बजे सिमकोट अवतरण गरियो । साईनबोड नभएको एक होटलमा खाना खाई तत्कालीन जिविस जीवन बहादुर शाहीलाई भेटे । प्रधानध्यापक धर्मराज सरले सम्पर्क व्यक्तिको रुपमा उहाँलाई भेटनु भन्नु भएकोले उहाँसँग भेटी परिचय गरियो । तत्पश्चात उहाँले मलाई श्री मानसरोवर उमाविको भवनमा लगि सर्केगाड तिर जाने ओरालो बाटो देखाई आफु फर्कनु भयो । म एक्लै ओरालो तिर अगाडी बढे । सिमकोटबाट कर्णाली नदी किनार पुग्न खार्पुनाथ पुग्नुपर्ने भयो र म त्यही पुगे । एक्लै कर्णालीको तिरैतिर हिडदै सानातिना चियाका छाप्राहरु पार गदै लाली ग

अन्र्तवार्ता

हुम्लामा चिट चोराउन युद्ध हुन्छ वि.स.२०१६ सालमा मुचु ५ हुम्लामा जन्मिई बिगत करीव १४ वर्षदेखि कैयौ गरीब हुम्ली बालबालिकालाई उचित शिक्षाको लागि आवश्यक सामाग्रीको व्यवस्था गर्ने संस्था हिमाली चिल्डे«न सोसाईटीका संस्थापक कमार लामासँग नन्द बहादुर ऐडीले गरेको अन्र्तवार्ता ः    आज भोली केमा व्यस्त हुनु हुन्छ  ? स्कुलतिरै व्यस्त हो । यो साल विद्यार्थीहरुको चाप बढेकोले महिला छात्रा बनाउदै छौ । अहिले हामी सँग एउटा मात्रा भवन छ । केटा र केटीलाई एउटै भवनमा राख्नु परेको अवस्था छ । अब हामीले केटा र केटीलाई फरक फरक छात्रा छात्राबासमा राख्ने व्यवस्था गदैछौ । भवनको अभावले गर्दा पढन आएका केहि नयाँ विद्यार्थीहरुलाई फिर्ता पठाउन बाध्य भएका छौ । महिला छात्राबासको काम सकिना साथ स्कुलको लागि छ कोठे भवन बनाउने तयारी गरिरहेका छौ । हिमालयन चिल्डे«न सोसाइटी कहिले स्थापना भएको हो ?  वि.स.२०५५ सालमा हिमालयन चिल्ड्रेन होमका नामले जिप्रका हुम्लामा दर्ता भई करीब दुई वर्षसम्म सञ्चालन भयो र पछि द्धन्द चर्किदै जादा बन्द भयो । संस्था बन्द भएपनि काठमाडौमा आफनै व्यक्तिगत खर्चले आठ जना बच्चाहरु निरन्तर रुपमा पाल्दै आए र प

ग्रेट हिमालयन ट्रेलर प्रोजेक्ट

राकेश शाही परिचय ः  विगत सन् द्दण्ण्ड देखि क्ल्ख् को आर्थिक सहयोग र ल्भउब ित्चगकत हुम्लाको साझेदारीमा सञ्चालित त्जभ नचभबत ज्ष्mबबिथबल त्चबष् िम्भखभयिऊभलत एचयवभअत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सञ्चालित छ । सन् द्दण्ण्ड बाट सञ्चालित कार्यक्रमले हुम्ला जिल्लामा पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उद्देश्यले विभिन्न सरकारी एवम् गैर सरकारी सरोकारवाला निकायहरुसँग छलफल, अन्तरक्रिया, तालिम, गोष्ठी र कार्यशाला सञ्चालन गर्दै दिगो पर्यटन विकासका लागि यस संग सम्बन्धीत व्यक्ति वा निकायहरुलाई आय आर्जन र सीप विकासका लागि कयात धबचभ मा विभिन्न तालिमहरु सञ्चालन गर्दै आईरहेको थियो ।     त्जभ नचबतभ ज्ष्mबबिथबल  त्चबष् िम्भखभयिऊभलत एचयवभअत ले विशेष गरी दिगो पर्यटन विकास र यसबाट मानिसको आय आर्जनमा सहयोग पु¥्याई रोजगारीको अवसरमा वृद्धि र देश विकास गरिबीनिवारण गरी र विदेशी मुद्रा आर्जनका रुपमा सहयोग पु¥याउनका लागि महत्वपूर्ण र दुरगामी लक्ष्य लिएको पाईन्छ । नेपालको प्राकृतिक सुन्दरता, यहाँको हावापानी, महत्वपूर्ण सम्पदा, संस्कृति, जनजीवन जस्ता क्षेत्रका महत्वपूर्ण र आकर्षक आयामहरुले गर्दा नेपाल पर्यटकीय विकास

महत्वपूर्ण जडिबुटी गुच्ची च्याउ

 रमेश रावत वैज्ञानिक नाम ः ःयचअजभििब वनस्पति वर्ग ः ज्भखिभििबअभबभ स्थानीय नाम ः बुटिकान , च्याउँ नेपाली नाम ः गुच्ची च्याउँ अग्रजी नाम ः ज्ष्mबष्बिल mयचभ ि, mयचभ िmगकजचययm परिचय ः     विश्वमा पाईने १४ प्रजातीको गुच्ची च्याउँ मध्ये नेपालमा ःबचअजभििब को ५ वटा प्रजातीहरु ःःयचअजभििब अयचष्अब ः।बलनगकतष्अभउ,ःमभष्अिष्यक ,ः।ख्गनिबचष्क मध्ये ःयचअजभििब अत्यधिक पाईन्छ र केहि मात्रामा ः।भकअगभिलतब पाईन्छ । यो वर्षेनी उम्रने ढुसी वर्गको वनस्पति हो यसको भित्र बढि कसिएको ढाड हुन्छ । यसको माथि छाता जस्तो हुन्छ । त्यसैले यसलाई कतै—कतै छाता च्याउ पनि भन्ने गरिन्छ । यसको रंङ धमिलो सेतो नौनी जस्तो हुन्छ । यो फागुन देखि असार सम्म धेरै उम्रने गर्छ भने साउनमा पनि कतैकतै भेटिने गर्दछ । यसको जीवन चक्र एक महिनामा समाप्त हुन्छ । यो परिपक्क भईसकेपछि ५ दिन मात्रा रहन्छ , त्यसपछि कुहिन्छ ।     पाईने स्थान ः     यो पाईने स्थान ४ हजार मिटरको उचाईमा पाईन्छ । यो हुम्ला लगायत कर्णाली अञ्चलका पाचँ वटै जिल्लाका लेकमा सल्लो , ठिन्क्या र खरुको रुखहरुका जंगलमा ओसिलो ठाउँमा पाईन्छ ।     उपयोगिता ः यो शक्तिबद्धक भएको हँुदा यौन

एसियाली अवधारणामा सञ्चार सिद्धान्त

श्रीराम खनाल हामी सञ्चारका अध्यापकहरु सञ्चारका पश्चिमा सिद्धान्त र ढाँचा पत्रकारिता तथा  आमसञ्चारका विद्यार्थीहरुलाई खूव घोटाउँछौ । तर हामी प्राच्य सञ्चारका ज्ञान भण्डारको रुपमा रहेको पूर्वीय दर्शनका वारेमा खासै चर्चा गर्दैनौ ।  के एसियाली परिप्रेक्ष्यमा सञ्चार सिद्धान्त वनेका छैनन, एसियाली विद्वान सञ्चारशास्त्रीहरुले यस क्षेत्रमा कलम चलाएका छैनन ? अहिले सम्म सञ्चारको एसियाली अवधारणा वारे कति काम भएका छन ? यो लेख यिनै विषयवस्तुमा केन्द्रित छ । सञ्चार प्रेषक र प्रापक वीच हुने प्रणालीवद्ध प्रक्रिया हो । यो अन्तहिन छ । यो मावन जीवन सार्थक वनाउने प्रक्रिया हो । सञ्चार विना मावन जीवन अपुरो र अधुरो रहन्छ । अहिलेसम्म प्रतिपादन भएका पश्चिमा सञ्चार सिद्धान्तहरु मुख्यतया दुई वटा अवधारणासँग सम्वन्धित  छ ।  पहिलो अवधारणा अनुसार एउटै संस्कृति भाषा र सामाजिक मान्यता भएका समरुप श्रोता भएका समाजमा सञ्चार सफल हुन्छ अर्थात एउटै रिचुअल भएका समाजमा सञ्चार सफल हुन्छ । अर्को अवधारणाले फरक धर्म, संस्कृति मान्ने  वा विविधतापूर्ण समाजमा प्रेषकले प्रापकलाई जित्नुपर्ने वा अभिप्रेरित पार्नुपर्ने मत राख्दछ ।  तर