Posts

Showing posts from July, 2012

प्रत्येक महिनाहरुको विशेषता

नन्द बहादुर ऐडी मंसिरका भला महिना जौ बोएछ । पुषका भला महिना जौ उम्रेछ । माघ भला महिना जौ हरियो भएछ । फागुनका भला महिना जौ डँली सरेछ । चैतका भला महिना जौ पसाएछ । वैशाखका भला महिना जौ केश खेलेछ । जेठका भला महिना जौ पाकेछ । असारका भला महिना जौ टिपेछ । वैशाख पल्लम फुट्ने महिना जेठ कुकु बाईने महिना असार हिलिया महिना साउन अन्धा(कुहिरो लाग्ने) महिना भदौ भरपातकोृ महिना असोज पहेले महिना कार्तिक तुल पाक्ने महिन मंसिर धुल्या महिना पुष सिला महिना माघ धर्मी महिना फाल्गुन बयाली (बतास लाग्ने महिना) चैत पल्लम फुट्ने महिना तामा सल्लो ,पिल्ते सल्ल्लो क्आँ बाट आया हुन यो सरो गुन्ट्या हो भनी क्याँ गरी रोवया हुन पूर्व देई आयाको सल्लो पश्चिम गई छिरन्ना यहि रहन्ना , यहि खाहान्ना यहि बाली तिरन्ना अहिले हाट गोला गाठ एक मानु घटायो एकै हाम्रो केहि मारेन मुलुकै पटायो

कोसेली विभाजन

हुम्लाको व्यासी थपाल्या समुदायमा कोसेली विभाजनको नामाकरण गरिएको छ । हुम्लाको १० वटा गाविसको करीब २० वटा गाँउमा यस व्यासी थपाल्या समुदायको बसोबास रहेको छ । ती फरक फरक गाँउहरुमा बरोबास गर्ने व्यासी थपाल्याहरुको पहिचाहन पनि फरक खालको छ । फरक पहिचाहनले परिचित ती व्यासी थपाल्यालाई भिन्न कोसेलीको नाममा चिनिेने गरिएको छ । यस्तै फुचा गाँउको कोसेलीको पहिचाहन रातो धानको भात , भुवाकल्लासको खमुपिठो,पुमाको गहँुको भुम्ला ,कोर्काको फापरको ढेसु,बरेलको रातो चिनाको सेजो , मेखालीको अरा , नेप्केलको मृगको मासु,गोक्पेल र रयालको चिउला ,स्याडेलको मेलकोटटो आदि ।      यसरी हुम्लाको व्यासी थपाल्या समुदायमा आ आफनै खालको फरक पहिचाहन रहेको छ । हाल देशमा संविधान निर्माणको प्रक्रियामा रहेको छ । विभिन्न जात जाती र समुदायले आ आफना हक अधिकारका कुरा उठाईरहेको अवस्था छ तर हुम्लाको स समुदाय भने हाल सम्म पनि पहिचाहन विहिन अवस्थामा रहेको छ । हाल नेपालमा ५९ वटा जनजातीहरु सुचिकृत छन् भने कैयौ जात जातीहरु प्हिचाहन विहिन अवस्थामा रहि राज्यबाट प्राप्त सुविधाबाट वञ्चितमा अवस्थामा छन् , जसमा हुम्लाको व्यासी थपाल्या समुदाय पनि एक ह

फाक मागल

सासु कलन्धरा बुहारी बसुन्रा सासु ः जाउन जाउन बसुन्रा बचुल्लीको ख्रसु काटी ल्याउन बुहारी ःरात अध्यारै दिन अध्यारै  कसोगरि बचुल्लीको ख्रसु काटी ल्याउ सासु ः यति क्याँ अन्क्याईली बुहारी तिम्रा माइत गईकन भोलु मागि ल्याउँ बुहारी तयारी हुन्छे सासु ः एकसरी लैया बर्बरे पोको  दोसरी लैया झयार झयारे डोको  तेसरी लैया पञ्च कल्याण गाई  चौथमी लैया हित जुर्या बल्द  पञ्चमी लैया  पञ्च दियारी जदेउ मेरा दाजु (बहिनी माइत पुगेपछि दाजुलाई ढोग गर्छे) दाजु ः क्यापो दु ः ख पर्यो बैना ,जदेउ मेरा बैना य ः (    के दुःख परेर माइत आयौ भन्ने प्रश्न गदै ढोग स्वीकायो दाजुले ) बहिनी ःएकसरी छैन बर्बरे पोको   दोसरी छैन् झया झयारे डोको  तेसरी छैन् पञ्च कल्याण गाई चौथमी छैन हित जुर्या बल्द पञ्चमी छैन पञ्च दियारी छैटमी छैन भोलु वियानो दाजु ः एकसरी लैजा बर्बरे पोको दोसरी लैजा झयार झयारे डोको तेसरी लैजा पञ्च कल्याण गाई चौथमी लैजा हित जुर्या बल्द पञ्चमी लैजा पञ्चदियारी धारापो्री गईकन झयालटुङ्की झटकायाई पाचैन पण्डित दुलागार देवी दुलागार देवी मुरार डओठी छैन जाउन जाउन इन्द्रलोक जाउन मुरर डओठी ल्याउन मुरर डओठी पाचै वाउठा सवादा हाम

हुम्लामा पशुपालन

नन्द बहादुर ऐडी तेरो घरमा जुमा (चौरी गाई) कति छन् ? पाठा (भेडाबाख्रा) कति छन् ? भनी प्रश्न गरे हुम्ला रोडिकोट २ का जस बहादुर ऐडीले मलाई । म आफनो अनुसन्धानको सिलसिलामा उक्त गाउँमा पुग्दा ती वृद्ध ऐडीले यी यस्ता प्रश्न गदै आफना कुराकानीलाई अगाडी बढाए ।  तेरा सबै भाई पढन्या रह्या छौ ग्वालो को जान्छ त ? घरमा काम कसले गर्छ भन्ने जस्ता प्रश्न गरे ती वृद्ध ऐडीले । पशुवस्तु (घोडा , भेडा,जुमा,झोपा,खच्चर) हुम्ली जनताको लागि राष्ट बैकको रुपैया हुन् , हरिया डलर हुन् , यातायातको मुख्य साधन हुन । हुम्लामा हाल सम्ममा पनि जसको पशुवस्तु बढि छ उसलाई नै धनी वा भोर्या मान्ने चलन रहेको छ ।  हुन पनि सामान्य एउटा खसीको १० हजार देखि १५ हजार , जुमाको ४०देखि ५० हजार , धोडाको ५० देखि ६० हजार , खच्चरको ७० हजार देखि एक लाख सम्मको मूल्य पर्दछ । जसरी शहर वजार वा सडक यातायात पुगेको ठाउँमा साईकल ,मोटरसाईकल ,टयाक्टर, गाडीलाई लाखौ पर्दछ त्यस्तै हुम्लामा पनि पशुवस्तुको आफनै खालको मूल्य र महत्व रहेको छ । तीब्बतको लीमी र ताक्लाकोटबाट नुन ,मैदा , चामल , रक्सी लगायतका सामान ल्याउछन् भने अछाम , बझाङ्क र जुम्ला

हुम्लाको बालबालिकाको अवस्था

नन्द बहादुर ऐडी भाउ ओइ ! दाल ताया टेकायाको छु , आगो बाल्याई,गाग्रो रित्तै होला पीनाराबाट पानी ल्याएई ,भाउ सियाको छ रोला हेदै गर्नु । म एकभारी स्याउला ल्याईलु भन्दै काममा लाग्छिन् हुम्ला रोडिकोट ४ की बदमकला ऐडी । यसरी हुम्लाका निम्न वर्गीय परिवारका बालबालिकाहरुले बिहान करिब ५ बजेदेखि बेलुका सम्म आफनो स्तर अनुसार (हुम्लाको परिवेश अनुसार ) कामको जिम्मेवारी वहन गरिरहेका छन् । एउटा ८÷ ९ वर्षको बालक वा बालिकाले कति काम गर्न सक्ला त ? कुन स्तरको काम गर्न सक्ला त ? यी प्रश्नको जफाव सजिलै आउँछ बच्चाले पनि काम गर्न सक्छ ? यो कुरा सत्य हो हुम्लाको निम्न वर्गीय परिवारका बालबालिकाले सानै उमेरमा कामको ठूलो जिम्मेवारी बहन गर्नु पर्छ । घरमै बसेर भाई बहिनीको हेरचाह ,खोलाबाट पानी ल्याउने कुखुरालाई चारो (दाना) दिने लगायतका यावत कार्यहरु । जब बच्चा ४ ÷५ वर्षमा लाग्छ अनि उसले सामान्य जिम्मेवारी जसमा होटालामा भएको दाउरा भान्सा घरसम्म पुयाउने काम गर्दछ । यसरी ६ ÷७ वर्षमा त उसले क्षमता अनुसार ठुलै जिम्मेवारी वहन गनुपर्ने हुन्छ । हुनत कृषि र पशुपालन गर्नु पर्नेभएकोले  आमा बुवा दिन रातै काममा व्यस्त हुन्छन् ।

हुम्लामा विधवा (रणी) महिलाको अवस्था

नन्द बहादुर ऐडी विधवा लोग्ने मरेको आईमाईलाई विधवा भनिन्छ । हिन्दु धर्मअनुसार विधवा भएपछि रातो सिन्दुर, रातो कपडा,रातो चुरापोते पनि लगाउनहुदैन् । सेतो कपडा मात्र लगाउनु पर्छ । यस्तै दोस्रो विवाह गर्न पाईदैन् तर हुम्लाको व्यासी थपाल्या समुदायमा भने यस्तो चलन छैन् । विधवा महिलाले चाहेमा विवाह गर्न सक्छिन् । विधवा भएपछि सेतेकपडा लगाउनु पर्छ भन्ने मान्यता छैन् जस्तो सुकै कपडा लगाएपनि हुन्छ । यस समुदायमा सिन्दुर हालेर विवाह औपचारी गरिदैन् ।विवाहको बेलामा दुबो दैचावल –दहि चामल) लगाई सम्पन्न हुन्छ । जस्तो हिन्दु धर्मको ब्राहमण , क्षेत्री समुदायमा सिन्दुर हाली विवाह औपचारी हुन्छ त्यसै गरि हुम्लाको व्यासी थपाल्या समुदायमा दुबो दैचावल लगाई विवाह सम्पन्न हुन्छ । लाग्ने मरेर स्वास्नी विधवा भएपछि उक्त स्वास्नीलाई कुनै व्यक्तिहरु सँग थमाईन्छ । उक्त महिलाको देवर भएमा देवरसँग नत्र अन्य व्यक्तिसँग जिम्मा लगाउने काम गरिन्छ । यसरी अर्को विवाह गनै पर्छ भन्ने अनिवार्य वा करकाप पनि छैन् विधवा महिलाको इच्छा अनुरुपमा मात्र यो कार्य सम्पन्न हुन्छ । विधवा महिला एक्लै भएपछि समाजले विभिन्न खाले नकरात्मक सन्देश जा

व्याँसी थपाल्याको भैलो

नन्द बहादुर ऐडी भैलो पुणिमा यस पर्व पर्दछ । जसरी हिन्दुहरुको महान चाड दशैको १५ दिन पछि देउसी भैलो पर्दछ ,त्यसै गरि व्याँसी थपाल्याको समुदायको महान चाड भैलो भुवा तिहारको १५ दिन अगाडी पर्दछ । यस पर्वमा अन्य पर्व जस्तै मिठो परिकार खानुका साथै आफन्ते चेलीबहिनी हरुलाई अगरस खुवाउने चलन छ । विविधतपुर्ण तरिकाले भैलो माग्ने गरिन्छ । भैलो माग्दा निम्न शब्दहरु लयबद्ध तरीकाले गुञ्जिन्छन् । पहिलो दिन     आयौँ भैलारे डाको कैलारे बगाई ल्यायो गुल्ठो यहाँ भित्र घरिनाको सुन छाप्या चुल्ठो कट्या कट्या भैलो त्यहाँ  पर सेरा यहाँ भित्र घरिनाको गोठ भरि भेरा कट्या कट्या भैलो उवाँ गोड्ने कुमा यहाँ भित्र घरिनाको गोठ भरि जुमा कट्या कट्या भैलो निमागाउँको पाल्या यहाँ भित्र घरिना यौ गैर बाहुली हाल्या कट्या कट्या भैलो माग्ने होईनौ , डोरन्या होईनौ यहाँ भित्र घरिना यौ ऋतु जनाउन्या हुँ कट्या कट्या भैलो भैलो दिएपछि चिन्डो पानी फच्या वर्ष दिनको भैलो दिन्या यहाँ भित्र घरिना यौ लार्खौ वर्ष वच्याँ दोस्रो दिन आई पुणि चन्द दहि चाउल्या बन्द बगाई ल्यायो गुल्ठो यहाँ भित्र बुयाउलीको सुन छाप्या चुल्ठो तेलपेल तेलपेल झिक्क त्यहाँ 

भुवा तिहार

नन्द बहादुर ऐडी विशेष गरि भैलो पुर्णिमाको १५ दिन पछिको औसीमा भुवा तिहार पर्दछ । भुवा तिहार व्याँसी थपाल्याहरुको मुख्य पर्व हो । यसै पर्वको दिनबाट व्याँसी थपाल्या समुदायमा नयाँ वर्षको सुरुवात हुन्छ । जनावरका नामाकरण गरिएका वर्षहरु यहि पर्वबाट नै परिवर्तन हुने गर्छन् । जसरी हिन्दु धर्मालम्बीहरुले आफनो महान पर्व दशैमा नयाँ लुगा लगाउनुका साथै मिठो परिकारका खाने कुराहरु खाने गर्छन् त्यसै गरि यस व्याँसी थपाल्या समुदायमा पनि यस पर्वको बेला नयाँ लुगा लगाउनुका साथै मिठा मिठा परिकारहरु खाने चलन छ । यस दिनमा विशेष गरि अन्य पर्वका दिन जस्तै भात चिउला (पुरी ) पकाई खाने र आफना नजिकका नाता पर्ने चेली बुहारीहरुलाई अगरस खुवाउने चलन रहेको छ । यस पर्व व्याँसी थपाल्या समुदायहरु बीचमा पनि फरक फरक तरीकाले मनाउने चलन रहेको छ । मेल्छाम र गोठी गाविसमा भुवो खेल्ने भनेर औसीको अघिल्नो रातमा झरो सल्काएर विधिगत तरीकाले भुवो पुकारीन्छ साथै रातभरी भुवो खारामा देउडाका  विभिन्न खेलहरु खेल्ने गरिन्छ भने रोडिकोट , बराई लगायतका गाविसमाहरुमा दिउसो फुर्का खेल खेली उक्त राती देउडा खेल खेलिन्छ , यसरी व्याँसी थपाल्या समुदायका

ह्ुम्लाको सदरमुकाम सिमकोटमा मासुको अभाव

रमेश ऐडी      रमेश ऐडी÷ उज्यालो ।  हुम्ला असार २० ÷ उत्तरी तिव्वतको सिमा ताक्लाकोट वजारवाट च्याङरा भेडा नआउदा सदरमुकाम सिमकोटमा मासुको अभाव भएको छ । दैनिक नेपालगंज सुर्खेत वाट वोइलर कुखुराको मासु आउने गरेकोमा वुधवारदेखि मौसम वदली हुदा हवाइ जहाज आउन नसक्दा थप समस्या भएको हो । सिमकोट वजारमा दैनिक १० क्वीन्टल खपत हुदै आएको वोइलर कुखुराको मासु जहाज प्रतिकुल मौसमका कारण नआउदा मासुको समस्या  भएको छ । स्थानिय खसी वोकाको मुल्यमा महङगो भएको र वजार नजिक यो समयमा खसी वोका नहुने हुदा मासुको अभाव भएको मासु व्यापारी जस वहादुर रावतले वताए । एक महिना भन्दा वढी मासु वेच्नेकाम वन्द गरेको रावतले वताए । जिल्ला विकास समिति हुम्लाले मासु व्यवसायीलाइ वेच्नका लागी वजारको मध्य वजारमा लिजमा लिएर वनाएको व्यापारी भवन हाल खाली भइ वन्द अवस्थामा छ । मासुको अभावले होटल व्यवसायलाई प्रत्यक्ष असर गरेको उद्योग वाणिज्य संघका अध्यक्ष नर वहादुर रोकायाले वताए । मासु मदिरा वेच्ने होटलवालाको पेशालाइ असर पारेको रोकायाले वताए । मनसुन वुधवार विहानै देखि शुरुभएकाले दिउसो भरि कुइरो लागेका कारण १२ वजेसम्म  अवतरण गर्दै आएका जहाजहरु
5fqfaf;sf] # nfv ufoa gGb axfb/ P8L c;f/ , @)l;dsf]6 M dlxnf lkm8/ 5fqfjf;sf] dd{tsf] nflu cfPsf] tLg nfv /sd lxgf ldgf ePsf] 5 . ut d+l;/ tTsfnLg x'Dnfsf lhNnf lzIff clwsf/L u0f]z axfb'/ l;+xn] pQm /sd lxgfldgf u/]sf] v'nf;f ePsf] 5 . ;f] /sdsf] af/]df 5fqfaf; kl/rfns sdnf nfdf nfO{ yfx} glbO{ vr{ ePsf] 5 . tTsfnLg lh=lz=c l;x+n] ;f] /sdaf6 5fqfaf;sf] ejgdf /+ ª nufpg'sf ;fy} rkL{sf] ;]km6L 6ofÍL lgdf0f{ u/]sf] atfP eg] 5fqfjf;sf kl/rfns nfdf / 5fqfx?n] rkL{sf] ;]km6L 6ofÍL cfkm}n] ;kmf u/]sf] / To;sf] nflu lh=lz=sf= af6 !% xhf/ dfqf k|fKt ePsf] atfPsf 5g\ . 5fqfaf;sf] ejgsf] nflu lgsf;f   ePsf] pQm /sdn] 5fqfaf; s} tLg j6f ejgsf] 6Lgdf ut d+l;/df /+u nufOP klg xfn pQm l6g /+u gnufPsf] h:tf] b]lvg] cj:yfdf k'u]sf 5g\ . lh=lz=c l;x+n] pQm /sdsf] af/] sfof{qmd clws[t dfgl;x lji6nfO{ ;Dk"0f{   hfgsf/L ePsf] atfP klg clws[t lji6n] /sd ;DaGwL cfkm'nfO{ s]lx klg hfgsf/L gePsf] atfpg' eof] . kl/rfns nfdfsf cg';f/ lh=lz=c= wd{hLt zfxLsf kfnfdf % nfv
Image

हुम्लाको पहिलेको ढुस्के राजाको कथा र कहानी

लोप्चाङ लामा ११ सय ३१ साल वैशाख १८ गते भारतको ब्रमह बाट नेपाल हुदै हुम्ला प्रवेश गरेको थियो । त्यति बेला जिल्लाको नाम नतोकिएकोले चौकान देश भनेर चिन्ने गर्थे । सो ठाउँको राजा बन्ने विचार गरि आर्य जातको ५ भाई चौकान देशमा पुगे । २ भाई फिर्ता भएर अन्य ठाउँहरुमा बस्ती गरे । ३ भाई चौकान देशमा राजा हुने भनी बसोबास गरे । जेठो दाई जादु राजा याङचुको जारकोटमा बसे । माईलो भाई नल्लाको गाउँमा फयाउराजा बसे । कान्छो भाई बलीराजा चौगान फयामा बसे । सो तीन ठाउँको राज गर्नलाई र आफनो शासन चलाउनको लागि कठिनाई र बाधा अडकन परेकोले बुद्ध धर्मको गुम्वा खोच्यार गुम्वालाई धर्मको आधार  मानी लामाहरुलाई र त्यस गुम्वाका जजमानहरुलाई आफनो पक्षमा बोली दिन अनुरोध गरि आफू तीन भाई सो गुम्बाको धार्मिक राजा गर्ने र सक्दो सहयोग गर्ने कागज लेखी लेखाई धर्म गुरुहरु र आफु तीन जना सो ठाउँको राजा गर्ने बचन गरेकोले सो ठाउरुँको प्रत्येक गाउँघरहरुमा पुगि आफनो परिचय गरि विस्तारै शासन लागू गरेका थिए । ११ सय ३४ साल असार महिनाको २१ गते ढुस्के शासन लागू गरियो र सेना अथवा काजीहरु भर्ना गर्ने काम सुरु गरियो । ११ सय ४१ साल पुष महिनाको १ गते

पत्रकारीता

 नन्द बहादुर ऐडी  कुनै अर्थ मुलक सुचना वा जानकारी श्रोतबाट लिई सञ्चार माध्यम मार्फत आम जनता समक्ष पुयाउने कार्यलाई पत्रकारीता भनिन्छ । यस्तो कार्यमा संलग्न व्यतिmलाई नै पत्रकार भनिन्छ । समाचार ः समाचार भनेको कुनै पनि घटना ,विषयवस्त,ु स्थान आदिका बारेमा तयार पारिएको नवोदितम सूचना वा जानकारी हो । समाचारलाई ताजा घटना , विचार वा खवर पनि भनिन्छ ।  ले समाचारलाई पत्रपत्रिकाको प्राण पनि भन्नेगरिन्छ  । यसलाई अलिकति आश्चार्य पूर्ण वा नसोचेको थाहै नपाएको, जान्दै नजानेको विषयवस्तु र जानकारीलाई पनि  पनि भनिन्छ । कुनै पनि ठाउँमा घटेका नयाँनयाँ घटनाहरुको समष्टिगत सूचना,जानकारी वा खबरलाई समाचार भनिन्छ । जुन हिजो सम्म नजानेको विषय वस्तु सँग सम्बन्धित हुन्छ । जस्तै ः कुकुरले मान्छेलाई टोक्यो भने समाचार बन्दैन तर मान्छेले कुकुरलाई टोक्यो भने समाचार बन्छ । समाचार अंगे्रजी शब्दको ल्भध ल्याटिन भाषाको ल्यखब र सास्कृति भाषाको नब बाट बनेको हो । अंगे्रजी भाषाको लभध को नयाँ र कसैले ल्भध को बहुबचन ल्भधक भनेका छन् । यसलाई आधार मानी चारै दिशा बाट ल्  स् ल्यचतज भ्  स् भ्बकत ध् स् ध्भकतचभल क्  स् क्यगतज  समाचारका श

नौ छहरे झरना (छ्यागुवा)

प्रकाश लामा होम्लु  (हुम्ला) जिल्ला एक प्राकृतिक सौन्दर्य र रमणीय स्थान हो । यहा विभिन्न साना ठुला हिमालहरु, ताल तलैयाहरु , खोला नाला्हरु , वनजंगल आदि थुप्रै मात्रामा पाईन्छ । जुन अन्र्तगत क्ष्योफारक (गाडापाडी) को नौ छहरे झरना  (छ्यागुवा) पनि एक हो । यो झरना हेक्पा गाविसको वडा न. एक गाडापारी (क्ष्योफरक) को ताकरु खोलामा पर्छ । जिल्ला सदरमुकाम सिमकोट देखि उत्तर तर्फ चार घण्टा पैदल हिडेपछि यो झरना भएको ठाउँमा पुगिन्छ । खोला वारी र खोला पारी भिरपाखामा छरिएर रहेका तल्लो गाउँ क्ष्योफारक (गाडापारी) , माथिल्लो गाउँ सप्तुङ र माथि जंगलभित्र पालामु (लामागाउँ) किलिङथाङ आदि नामले परिचित छन् । प्राकृतिक सौन्दर्यता ,वन जंगल हिमाल खोला झरना ताल तलैया आदिले आगन्तु पाहुनालाई ‘टसि देलेक’ भनेर स्वागत गरिन्छ । रोचक र रमाईलो नौ छहरे झरना (छ्यागुवा) ताकरु खोला अन्र्तगत पर्दछ । यसको सुरुवात छयुरक हिमाल (ःयगलत अजजथगचपध) बाट सुरु भएको पाईन्छ । जुन हिमाल आज भन्दा धेरै वर्ष अगाडी कैलाश हिमालको रुपमा अवस्थित भएको थियो । केहि समय यता कालो हिमाली कागले हिमाल माथि फोहोर गरेपछि हिमाल जुठो भएर भगवानले बास गर्न छाडेर

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया

गंगा प्रसाद भट्ट   सिद्धान्त र व्यवहारको गति नमिलेको हाम्रो शैक्षिक परिपाटी , शिक्षण तथा परीक्षा प्रणालीको अवैज्ञानिक मान्यताका आधारमा हामी उतिर्ण प्रणाली र गुणस्तरीय शिक्षा भनी फलाकी राखेका छौ । शिक्षा ऐन २०२८ अघिको शिक्षण प्रक्रिया तथा विद्यालय व्यवस्थापन प्रक्रिया हाम्रो सन्दर्भमा बढि व्यवहारीक देखिन्छ । २०३३ सालमा करीब ९ वर्षको उमेर हुदाँ काठको फल्याक को कालो मुसाले रंगाएको खस्रो, हातले समात्ने एकातिर बिड भएको र पाटीको २ छेउमा प्वाल पारी डोरीले बाधेर काधमा झुन्डयाउन मिल्ने पाटी र स्थानीय खानीमा उपलब्ध हुने ढुङगें खरि बोकेर स्कुल जाने मौका पाएका स्मृति ताजै छ । २०२८ साल देखि चितवन र झापा बाट शुरु गरिएको भनिएको राष्टिय शिक्षा पद्धतिको योजना २०३३ सालमा बैतडीको दुर्गम गाउँमा पुगेको थिएन । त्यसैले होला मैले कक्षा १ मा अ देखि अ ः , क का देखि ज्ञ ज्ञा , क्र देखि ज्ञ्र,क्य देखि ज्ञ्यः, क्न देखि ज्ञ्नः,क्ल देखि ज्ञ्ल ः,कं देखि ज्ञंः, कृ देखि ज्ञृः, तथा नाउवाचन (मान्छे ,जनावर , पक्षीं,किरा, रुखविरुवा , अन्न , गाउँ लगायत वातावरणमा भएका , देखेका भौतिक र अभौतिक वस्तुका नामहरुका साथै