Posts

Showing posts from April, 2013

वन जंगलको विनाश

प्रकाश लामा जंगलबाट वायु बायु बाट आयु  हामीलाई शास फेर्न अक्सिजन चाहिन्छ । अक्सिजन हामीले रुख वा बोटविरुवा बाट प्राप्त गछौ । जहा जंगल बढी हुन्छ त्यहाँ वर्षा बढि हुन्छ । त्यहाँ पानीका मूलहरु पनि बढि पाईन्छ । रुखले आफनो जरामा पानी सञ्चय गरि राख्दछ । जंगल भएको ठाउँमा पानीको  अभाव हुदैन् । जंगल भित्र विभिन्न जडिबुटीहरु पाईन्छन् । गुच्ची, च्याउँ जंगलमा पाईने च्याउ हो । यसबाट गरिब जनताले थोरै भएपनि आम्दानी गर्न सक्दछन् । भूक्ष्य,बाढी पहिरोलाई समेत जंगलले कम गर्दछ । हुम्ला जिल्ला सदरमुकाम सिमकोटबाट करीव २५ कोष टाढा रहेको हेप्का गाविसको वडा नं ..... गाडापारी स्थित दिन प्रति दिन वन जंगलविनाश हुदै गएकोमा मन रोएको छ । त्यहाका वन क्षेत्रहरु जस्तै लाम मेला,क्योजुम लाप्चाई ,बबलुङ ,टाक्पा ङयालासा,सयरा साङमा,थलुऊ,खागोर,लाक्चाङ खोला दाल्दोङ खा , छोकाना –जंगल) , लेक धिगा सम्म पहिले र हालको अवस्था तुलना गर्दा आकाश पातालको फरक देखन सकिन्छ । पहिले त्यहाँ मानिसको टाउकाको रौ जस्तै बाक्लो देखिने जंगल हाल मासिदै नागो हन पुगेको छ ।  वन विनाशका साथै अवैध रुपले काठ चात्ने र वनमका आगजनी गर्ने जस्ता कार्य हरु भईरह

वार्ताको नाममा जिप्रका भित्रै पिटाइ खाए दलका नेताले

Posted by: Posted date: April 4, 2013 | comment : 1 वार्ताका लागि जिल्ला प्रहरी कार्यालयमा गएको टोलिलाई प्रहरीले कुटपिट गरेको छ । हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले वोलाएको संयुक्त वैठकमा भाग लिन गएका माओवादी जिल्ला सह इन्चार्ज विजय भण्डारी र एमाओवादी कार्यालयका पार्टी सचिव लालकेश जैसी प्रहरको कुटाइ बाट घाइते भएका हुन । प्रहरीको कुटाइबाट भण्डारीको खुट्टामा र जैशीको टाउकोमा चोट लागेको एमाले जिल्ला अध्यक्ष दल रावलले वताउनुभयो । उहाँले भन्नुभयो वर्ताको लागि प्रहरी परिसरमा छिर्ने वित्तिकै जिल्ला स्थित दलका नेताहरुमाथि कुटपटि गरिएको हो । जिल्लाका सवै नेताहरु घाइते भएका छन् । गएको माघ एक गते माघे संक्रान्तिको अवसरमा खार्पुनाथ दोभानमा हरेक वर्ष लाग्ने मेलामा सहभागि भएको वेला मदिरा सेवन गरेको समयमा ठेहेका टीकाराम भण्डारी र श्रीमष्ठाका गिर्माणविक्रम शाही विच भएको झडप भई गिर्माण शाही घाइते भएपछि उनले प्रशासन कार्यालयमा ज्यान उद्देको कीटानी दर्ता गरेका थिए ।