Posts

Showing posts from October, 2019

छोरा जन्माउँदा छोरी छाँयामा परिन

Image
नन्द बहादुर ऐडी/  केहि समय अगाडी मेरो जीवन संगीनीले छोरा जन्माईन । घरपरिवार, आफन्त, साथीभाई, शुभेच्छु र समाजबाट बधाईको ओईरो लाग्यो, अब छोराको बाउँ भइस भनेर । मैले छोरा जन्मने वित्तिकै अहिलेको परिवेशमा चलेको समाजिक सञ्जालमा हालेको थिए । सामाजिक सञ्जालमा पनि बधाईको ओईयो लाग्यो, कतिले भेटेर बधाई दिए, कतिले भेट्दा दिए बधाई ! यो स्वभविक प्रक्रिया हो । नेपाली समाजमा राम्रो एवं शुभ कार्यमा बधाई र दुःखको बेला सहानूभूति दिने चलन । घर देखि समाज सम्मकाले मलाई बधाई त दिए तर मेरो मन बाहिरी रुपमा खुसी भएपनि भित्री रुपमा त्यति खुसी हुन् सकेन । मेरो लागि छोरा दोस्रो सन्तानको रुपमा जन्मेको । मेरो पहिलो सन्तान त छोरी हो । अब कुरा गरौं छोरीको ः करिब ५ वर्ष पहिले उहि महिना उही अस्पताल तर साल दिन र समय फरक पारी मेरो पहलिो सन्तानको रुपमा छोरी जन्मेकी थिईन । मेरो परिवारको पहिलो नातीनी । विाहित २ भाई मध्ये दाईको २ वटा छोरा छन् । मेरो पहिलो सन्तान छोरी जन्मियो । दाईको दुबै छोरा जन्मदा घरमा जति खुसीयाली थियो तर मेरो पहिलो सन्तानको रुपमा छोरी जन्मिदा घरमा त्यति खुसी छाउँन सकेन । किनकी मेरो पहिलो सन्तान नै भ

मेरो छोरा जन्मेको ३ दिनै दोस्रो वर्षमा प्रवेश

Image
नन्द बहादुर ऐडी/  सुन्दा पनि अचम्म  ! जन्मेको ३ दिनै दोस्रो वर्षमा प्रवेश ! कसरी ? कुन ठाउँमा होला यस्तो चलन ? यो त हुनै सक्दैन् भन्ने कुराले तपाईलाई खुदुली लाग्न सक्छ । यो कुरा सत्य हो । हामीले स्कुले जीवनमा नेपाल ४ जात ३६ वर्ण भएको देश हो भन्ने पढेका थियौ नि ! पक्कै पनि, नेपाल अनेकता भित्र एकता र बुहलता भित्र विविधता भएको राष्ट्र हो । यहाँ विभिन्न जात, धर्म, सस्कृति मान्ने अनेकौ समुदायहरुको बसोबास रहेको छ भन्ने कुरा सर्वविर्दितै छ । ती फरकफरक समुदायमा फरकफरक भाषा, धर्म र सामाजिक संस्कार अपनाउँदै आएका छन् । नन्द बहादुर ऐडी प्रसंग, जन्मेको ३ दिनै दोस्रो वर्षमा प्रवेश भन्ने विषयमा प्रवेश गरौं । २०७५ पौष १८ गते राति १ः३६ अर्थात पौष १९ गते बिहान १ः३६ मा मेरो छोराले परोपकार प्रसुती गृह थापाथलीमा जन्म लियो । सामान्य समय तालीका अनुसार मेरो छोरा जन्मेको २२ गते सम्म ३ दिनको भयो तर २२ गते तर २२ गते नै दोस्रो वर्ष प्रवेश ग¥र्यो । यो चलन हुम्लाको व्याँसी  थपाल्या समुदायमा परापूर्वक कालदेखिनै प्रचलननमा रहेको छ  । यो समुदायमा ऐडी, बुढा, बुढाथोकी, रोकाया, बोहोरा जाती पर्दछन् । हुम्लाको स्थानीय

नन्द बहादुर ऐडी-Nanda bahadur aidee-Photo-2076-06-24

Image
नन्द बहादुर ऐडी-Nanda bahadur aidee नन्द बहादुर ऐडी-Nanda bahadur aidee नन्द बहादुर ऐडी-Nanda bahadur aidee नन्द बहादुर ऐडी-Nanda bahadur aidee नन्द बहादुर ऐडी-Nanda bahadur aidee

Santusta Aidee- Khusi Aidee -Photo-2076-06-24

Image