Posts

Showing posts from March, 2012

कार्यलय प्रमुख बिहिन हुम्ला

हुम्ला जिल्लामा रहेका ३२ सरकारी कार्यलय मध्ये २३  रहेका छन । पटक पटक हामीले हुम्ला जिल्लाका सरकारी कार्यलयमा गदै आएको सर्बेक्षामा धेरै जसो सरकारी कार्यलयहरुमा प्रमुख बिहिन नै रहने गरेको पाएको छ ।जिल्ला रहेका जिल्ला बिकास समिति, जिल्ला स्वास्थ्य, जिल्ला बन, खाद्य संस्थान शाखा, मालपोत, जिल्ला अदालत, जिल्ला हुलाक, जिल्ला आयूर्बेद, जिल्ला सरकारी वकिल, जिल्ला पशु सेवा, रायिट्रय बाणिज्य बैंक, घरेलु तथा साना उद्योग समिति, कोष तथा लेखा नियन्त्रण ., नागरिक उड्यन प्राधिकरण, खानेपानी तथा सरसफाई सब डीबिजन, जिल्ला शिक्षा, हिल्दुङ बिद्युत बितरण केन्द्र, जिल्ला निर्बाचन, जिल्ला प्राबिधिक, कृषि बिकास बैंक, यारी नाका भन्सार, नेपाल टेलिकम, जिल्ला कारागार शाखा जस्ता संबेदनसिल कार्यालयहरुमा कार्यलय प्रमुख बिहिन हुनुले हुम्लाका सेवागराही जनताहरु मारमा परेका छन् । ४/५ दिन लगायर ग्रामिण क्षेत्र बाट काम लिएर सदरमुकाम सिमकोटमा आएका हुम्लीजनताहरु सम्बन्धित कार्यालयका कार्यालय प्रमुख नहुदा आफ्नो काम हुने आसा मार्दै निराश भई खालि हात लिएर फर्कने गरेका छन । यस्ता समस्याहरु हुम्लाबाहिरुले ब्यहादै आईका समस्या हुन यस
Image

यात्रा सस्मरण्

नेप्केलहरुको अतिथी सत्कार र टागेको रमणीय यात्रा नन्द बहादुर एृडी जीन्दगी एक रमाइलो यात्रा रहेछ । कहिले पूर्वको इलाममा त कहिले पश्चिमको हुम्लामा यस्तै कामको शिलशिलामा देशका विभिन्न भू भागमा पुगिदो रहेछ । यात्राकै क्रममा गत असार महिनाको दोस्रो साता म मेल्छाम पाली नेप्का हुदै टागे खर्कमा पुगेको थिए ।  नेप्काको बारेमा धेरै कुराहरु सुनेको थिए मैले । सात पटक घाम लाग्ने, मृगको शिकार र अतिथी सत्कार लगायतका यी यावत कुराहरु । यी कुराहरु ह्ेर्न र महशुस गर्न आतुर थिए म । यसैले नेप्कामा पुग्ने अठोट गदै गत असार १४ गते फुचाबाट मेल्छामको कोर्का गाउँमा पुगे म । वर्षाले गर्दा २ दिन सम्म कोर्का मै रोकिनु पयो मैले । २ दिन पछि अर्थात १९ गते बिहानै ८ बजे तिर त्यहाबाट नेप्काको यात्रा प्रारम्भ गरे मैले ।  जब म मेल्छाम हुदै देशी खोलामा पुग्नै लागेको थिए अनि झरीले भेटायो मलाई । अत्यधिक झरी पर्न लागेकाले केहि छिन म ओत लाग्नको लागि नजिकैको आटी तिर लागे । त्यहा २ जना महिला रहेछन् । उनीहरुले यस्तो झरीमा यात्रा गर्नु ठीक हुदैन भन्ने सुझाब दिए र लगत्तै देशी खोला  पहिरोमा रुपान्तर भई  गडगडाउन थाल्यो  र मैले बाटो तता
Image

एनजिओ आईएनजिओ बीना विकासको गति अघि बढ्न गाह्रो छ

विकट हुम्ला जिल्लाको सम्पन्न परिवारमा जन्मेर सामाजिक रुढिवादी परम्परालाई तोडी विभिन्न समस्याहरुसँग पैठे जोडी खेल्दै उच्च शिक्षा हासिल गर्न सफल भई महिला सशक्तिकरण सम्बन्धी काम गदै आउनु भएकी महिला कल्याण हुम्लाको निर्देशक लक्ष्मी लामा सँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः १) के मा व्यस्त हुनुहुन्छ ? महिला कल्याणमा महिला सशक्तिकरण सम्बन्धी काम गदै छु । त्यस संस्थाको संस्थापकका साथै हाल निर्देशकको रुपमा काम गरिरहेको छु । २) बाल्य काल कसरी बित्यो ? मेरो बाल्यकालको कुरा गर्दा सम्पन्न परिवारकी कान्छी छोरी भएपनि सामाजिक सस्कारका कारण छोरीलाई पढाउनु हुन्न भन्ने मान्यता थियो । यसकारण मैले दुःख गरेर पढे र संघर्षका साथ बित्यो मेरो बाल्यकाल । त्यतिखेर हम्लाको सदरमुकाम सिमकोटमा हाई स्कुल थिएन । मेरो घर बरगाउँबाट २÷३ दिन लाग्ने दार्माको महादेव माविमा गएर पढे मैले एस एल सी सम्म । ३) कहाँ र कहिले जन्मनु भयो ?  बरगाउँ १ (लिमाटागाउँ) हुम्लामा २०२० मंसिर ३ मा जन्मेको हँु । ४) औपचारी शिक्षा कहाँ सम्म पुयाउनु भयो ?  अवसर पाएको भए सायद धेरै पढ्ने थिए । इच्छा हुदाहुदै पनि इन्टर मात्र उतिर्ण गरे बाकी

अन्तवार्ता

विकट कर्णालीको मुगुमा जन्मेर संर्घषमय जीवन विताउदै काठमाडौमा निजी विधालय सञ्चालन गर्न सक्षम एक साहसिक महिला कैलाश बोद्धि बोडिङको प्रिन्सिपल के.सी लामासँग नन्द बहादुर ऐडीले गरेको कुराकानी ः १ ) तपाई समाजमा कसरी चिनिन चाहानुहुन्छ ?   म एउटा समाज सेवकको रुपमा चिनिन चाहान्छु । २ ) कहाँ र कहिले जन्मनु भयो ? २०२७ सालमा मुगुमा जन्मे र इण्डियाको हिमाञ्चलमा हुर्के । ३ )औपचारी शिक्षा कहाँसम्म पुयाउनु भयो ? कक्षा १२ सम्म इण्डियाको हिमाञ्चलको सदरमुका सिमला मै लगातार रुपमा पढे । त्यसपछि कैलाश बोद्धि स्कूल स्थापना भयो त्यसमा लागियो । पछि नेपालमा आएर रत्न राज्य लक्ष्मी  बहुुमुखी क्याम्पस बाट स्नात्तक उतिर्ण गरे । ४) बाल्यकाल कसरी बित्यो ?  प्रदेशमा के रमाइलो हुन्थ्यो तर पनि बुवा आमा सँगसँगै भएकोले त्यति दुःख पाईएन् । पढन लेख्न पाईयो , जेहोस राम्रैसँग बिते पनि सानैदेखि संर्घष गरे मैले । ५) तपाई एउटा कर्णालीको महिला , काठमाडौ सम्म पुग्न कति संर्घष गनुपयो ?  निक्कै संर्घष गरियो । बाल्यकाल र शिक्षा दिक्षा प्रवास ( इण्डिया ) मै भयो । मलाई काठमाडौ सम्म आई पुग्ने मुख्य माध्यम कैलाश बोद्धि बोडिङ्घ

अन्र्तवार्ता

नेपाली कागे्सका केन्द्रिय सदस्य जीवन बहादुर शाहीसँग नन्द बहादुर ऐडीले गरेको कुराकानी देश को वर्तमान राजनीति अवस्थालाई कसरी नियाली रहनु भएको छ ?  वर्तमान राजनीति अवस्था निकै जटिल मोडमा पुगेको छ । नेपाली जनताले अपेक्षा गरे बमोजिमको कुरामा दलका नेताले पूरा नगरेको अवस्था छ । त्यसकारण हामीले शान्तिलाई अगाडी नबढाउने हो भने ,शान्तिको समाधान नहुदा सम्म संविधान बन्ने अवस्था छैन् । फलस्वरुप मैले त्यो वा ऊ पार्टीलाई दोष दिनु भन्दा पनि समग्रमा हामी नेपालीहरुले आस्था गरेका पार्टीहरु एकरुप नहुनाले शंका गरेको अवस्था छ । यो संक्रमण अवस्थामा देशको राजनीति कतातिर मोडिन्छ जस्तो लाग्छ ? मेरो गोरुको बाह्रै टक्का भन्ने उखान जस्तै सबै दलहरुका आ—आफनै अडान छ । हामी राष्टको लागि भन्दा पनि दलिय स्र्वाथमा लिप्त भएका छौ , त्यो हामीले स्वीकार गर्नुपर्छ भन्ने लाग्छ । म नेपाली काग्रेसको एक केन्द्रिय सदस्य हुँ तर त्यो भन्दा पहिले नेपाली हुँ । यस कारण हामीले आत्मा आलोचना गरि पुनःएकचोटी सोच्ने बेला आएको छ । दिगो शान्ति र संविधान टुगो नलागेको अवस्था छ । जबसम्म देश सम्वृद्ध शाली हुन सक्दैन तब सम्म देशमा दिगो शान्ति ह