Posts
Showing posts from September, 2011
poem
- Get link
- Other Apps
नशाको लत नखाऔ भन्यो मान्दैन मन नशाले गर्दा सकि सक्यो धन जति बेलै ढलकिन्छ तन । खान थालेछि आँखा देखिएन् संकटमा साथ दिने साथी भेटिएन् अझै पनि नशाको मोह मेटिएन् । एकै छिनको रमाइलोले भयो जीवन चौपट नशाले गर्दा घरमा सधैँ खटपट अब त अति भो आफैलाई लाग्दै छ झनझट । आधा उमेर बित्न लाग्यो हुदैँछ टेन्शन् जागिर , छैन् सीप छैन् पाक्दैन् पेन्शन् पैसा नहुदाँ साथी सबैले हेप्छन् । हुन्न अब यसरी समय फाल्न् लाग्नु पर्छ नशा रहित जीवन धान्न सुध्रिएर अब थाल्छु नयाँ कदम चाल्न । व्यग्य सन्देश शिवजीले गाजाँ भाङ् आफै सेवन गरे गाँजा तान्ने साधु बाबा शिव भक्त अरे भगवान भन्दा पनि मान्छे अहिले ठूलो मौका पाए तानिदिन्छन् ब्राउन सुगर धुलो पशुपति क्षेत्रभित्र तान्छन् चरेस गाँजा शिवलाई सम्झिएर लिने गर्छन मजा भगवानमा पनि लगाईन्छ यस्तो दोष मानवीय जीवनको गरौँ आफै होस गाँजा चरेस लागु औषध सेवन गर्दा आहाँ मानवीय जीवन यो स्वग तिर स्वाँह पैसा हुदाँ खान राम्रो चरेस चुरोट खैनी बैस हुदाँ हेर्न राम्रो दिदी भन्दा बहिनी यति बेला मानिसले पैसा ठान्छन् ठुलो मौका पाए व्यापार गर्छन ब्राउन सुगर धुलो रुपै
document of humladaree 18 /19/22
- Get link
- Other Apps
चैत आयो चेत आयो जब भयो राती अनि बुढी ताती भनेझै हुम्ली जनतालाई कामले पराचेत (भ्याईनभयाई) हुन्छ । हुम्लामा खास गरि चैत देखि मंसिरसम्म लगातार काम हुन्छ । त्यसपछि करिब तीन महिना आराम हुन्छ । जब चैत लाग्छ अनि सुरु हुन्छ कामको चरणहरु । सर्बप्रथम कोदोको लागि बाझो जग्गा सफा गर्ने , पोरो बाक्ने (मल राख्ने) , सरा पल्टाउने ,कोदो बुने, फापर चिनुको लागि सरा पल्टाउने ,पोयाउने(मल बनाउने)र अर्कोवर्षको पोर्सोको लागि स्याउला सोत्तर सोर्ने (जम्मा गने) अनि फापर चिनु बुने काम गरिन्छ र धानको लागि खेत भाने ,बीउ राख्ने काम पनि गरिन्छ । यी काम चैत र वैशाख महिना भरि समपन्न भइसक्छ । जेठ देखि साउन सम्म कोदो गोरने , कोदोको बेला सार्ने,चिनु गोरने, जौबालीर उवा बाली भित्रयाउने ,उक्त खाली सरामा सीमि,चोती(ग्यानटे मुला) कला (केराउ) ,पछनपात्ते फापर लगायतका बाली लगाइनछ साथै धान रोप्ने । फापर खारिने , चिनु दोरेउने,अगन्पात्या गहु बाली भित्रयाउने आदि काम गरिन्छ । भदौ देखि कात्तिकसम्म कोदो गोरने , फापरको बाली भित्रयाउने , धान गोरने, कोदोको बाली भित्रयाउने ,आलु खन्ने , धानबाली भित्रयाउने , सीमी , कला भित्रयाउने ,घासँ काट्
turist year 2911
- Get link
- Other Apps
पर्यटन वर्ष २०११ को सन्दर्भमा कर्णाली एक ऐतिहासिक पर्यटनस्थल नेपालको कूल क्ष्ँेत्रफलको १५ प्रतिशत भुभाग ओगट्ने कर्णाली अञ्चल आज ®ाम्रो पर्यटकीय स्थलको सम्भावना बोक्दाबोक्दै पनि विविध का®णले पर्यटक विहिनको अवस्थामा पुगेको छ । देशका १४ अञ्चलमध्ये कर्णाली अञ्चल विकासका सूचकहरुमा सबैभन्दा पछाडि ®हेको छ । बल्लतल्ल कर्णालीका २ वटा जिल्ला कालिकोट ® जुम्लावाहेक अन्य जिल्लाहरु डोल्पा, मुगु ® हुम्लालाई कहिले मोट® बाटोको सञ्जालले छुने हो त्यो पनि निश्चित छैन । मोट® बाटोको सञ्जालले छोएका जुम्ला ® कालिकोटमा पनि चुनौतिपूर्ण रुपमा यातायात सञ्चालन भइ®हेको छ । दुवै जिल्लामा ®ाम्र®ी सञ्चालन हुन नसक्ने कर्णाली लोकमार्गले भ®पर्दो सडक यातायातको रुप लिन सकि®हेको अवस्था छैन । स®का®ले कर्णालीलाई पर्यटकीय सम्भावना बोकेको क्ष्ँेत्र भने® धे®ै पहिलेदेखि नै पर्यटकीय सूचीमा ®ाखेको छ । निश्चित रुपमा कर्णालीको भौगोलिक सं®चनाले यस क्ष्ँेत्रलाई पछाडि पा®ेको छ । कर्णालीको कूल क्षेत्रफलमध्ये ४५ प्रतिशत भू–भाग ४,५०० मिट®भन्दा अग्लो हुनु, अर्को ४७ प्रतिशत भू–भाग २५०० मिट®माथिको शितोष्ण प्रदेश हुनु ® सबै याममा खेती गर्न स
Dera Jiban
- Get link
- Other Apps
डेरा जीवन बोक्नै नसक्ने सपनाको भारी बोकेर काठमाडौ आएको थिए म । अहिले मलाई यहि सपनाको भारीले पहाड भएर दिनदिनै थिचिरहेको छ । आ“““खा नभए पनि फरक पर्थेन । सपना आ“खाले भन्दा पनि जिन्दगीले देख्ने वा देख्नु पर्ने चीज रहेछ । अहिले मलाई यस्तै यस्तै लागिरहेछ। जिउ““दो छु । सपना पनि देखिरहेको छु । खोई यो सपनाले फेरी मलाई गाउ“सम्म पु¥याउला या नपु¥याउला ? त्यो थाहा छैन । तथापि म संघर्षरत् छु । यो राजधानीको खाल्डोमात्समा पनि डेरा जिवन । भन्न मन लागेर आउछ , “हरि भक्त कटवालको खै यो , जीन्दगी के जीन्दगी” कविता झंै अहिले खै यो डेरा के डेरा । जे होस् जहा रहे पनि आखिर सबैको आसु उस्तै नै रहेछ तर सुख बनाउने चीजहरु फरकफरक हुदा रहेछन । शहरमा एउटा र गाउमा अर्को । दु ःख भने लगभग उस्तै उस्तै । अध्ययनको क्रममा डेमा छु । खर्च चर्को छ महङगीले आकाश चुलेको छ । महिना मर्ने बित्तिकै भाडाको कुरा अनि घरबेटीको कचकच । महिना दिन बितेको पनि पत्तो नहुने । सहरीयाहरु पैसाले नै हास्ने रुने र पैसा अनुसारको व्यवहार गर्दा रहेछन् । उफ यो सहरमा त पैसा बीना केहि कुरो चल्दैन पो रहेछ । पैसाले मान्छेलाई पशु बनाउदो रहेछ । ज्यान शहरमा
News and other clips
- Get link
- Other Apps
जीवनमा केहि गर्नुपर्छ सुरुवात आफैँबाट गरौँ । तपाई आफँुले सम्मान पाउन अरुलाई सम्मान गर्न जान्नुपर्छ । समयलाई दाम र सम्मानमा राम्रोसँग बदल्न सक्नु नै एउटा सफलता हो । विचारलाई जोडौँ घमण्ड र रिसलाई घटाउँ । दिमागलाई गुणान गरौ , जिम्मेवारी लाई भाग गराँै । शिक्षाले भन्दा पनि इच्छाले महान बनाउँछ मानिसलाई । तपाई धर्म भन्दा कर्म गनृुहोस् अवश्य सफल हुनुहुन्छ । ––– सकेसम्म राम्रो काम गर नसके नराम्रो काम पनि नगर । व्यक्ति प्रेम होइन राष्द्र र राष्द्रियताको प्रेम गर्न सिक । हाम्रा मान्छे होइन राम्रा मान्छेको समर्थन गर्नुपर्छ । राष्द्र प्रेमिहरु धेरैका प्रिय हुन्छन् । अरु वा विपक्षको विरोध होइन नराम्रोको विरोध गर्न सक्नुपर्छ तबमात्र मान्छे सफल र महान बन्छ । समयमै सम्मान गरौँ भन्छन् संसारमा पैसा र चाहना भयो भने सबै चिज पाईन्छ मात्रै जन्मदिने बाबु आमा पाइन्न भनेर । सत्य पनि हो, साच्चीकै बाबु आमाले छोरा छोरीलाई केहि दिन नसके पनि जन्म त दिए नि ! जतिसकेको मिठो नमिठो एक पेट खान दिए बरु आफुले नखाइकन पटुका कसेर छोराछोरीको आङ्ग छोप्न लुगाफाटो,माया ममता दिइ हुर्काइ बढाई सक
women Education
- Get link
- Other Apps
आजको युग सञ्चार र प्रविधीको युग हो । आज यहि शिक्षा र प्रविधी कै कारणले गर्दा भगवानको रुपमा पूजा गरिरहेको चन्द्रमामा पुगि मानव बस्ती बसाल्ने कुरा चलिरहेको अवस्था छ तर नेपाल भने विभिन्न विभेद र लैङ्गिक असमानता जस्ता कुराहरुमा अल्झिएको छ । विश्व यो अवस्थामा पुगि सक्दा पनि नेपालमा नारी शिक्षाको अभाव खडकिरहेको अवस्था छ । सायद पुरुष प्रदान समाज भएर होकी राज्यका प्रमुख निकायमा पुरुषहरुको बाहुल्यता रहेको छ । यी प्रमुख निकायहरुमा महिलाहरुको सहभागिता न्यून हुनुको मुख्य कारण हो नारी शिक्षामा असमानता । यो पापी समाजले पुरुषलाई नै अगाडी बढायो र नारीलाई सधैँ विद्याको ज्योतिबाट टाठा गरायो । अनपढ भएर कति नारी बेचिए त्यति मात्र नभएर अकालमा ज्यान गुमाउन बाध्य भएका छन् । यहाँ कति नारीको नागरिकता नभएर भोट दिन नपाएको अवस्था छ । नारीलाई बच्चा जन्माउने मेसिनको रुपमा हेरिैको छ । यहाँ पुरुषको बन्धनमा बाधिएर चुलो चौको नै नारीहरुको संसार भएको छे । नारी शिक्षा र समानता भनेर जति घोके पनि व्यवहारमा लागु हुन सकेको छैन । यस्ता समस्यामा राष्टको ध्यान जानुपर्ने होइन र ? बास्तविक जीवनलाई सम्झेर आउदा साह्रैं नरमाइलो ला