Posts

Showing posts from 2015

हुम्लाका नन्द बहादुर ऐडीका तस्वीहरु

Image
 मिति दुइृ हजार एकहत्र साल पौष २८ गतेका सोमबारमा जन्मेकी मेरी पहिलो सन्तान सुपुत्री बन्दना ऐडीका तस्वीहरुको एक झलक

हुम्ला व्यासी थपाल्या समुदायको माघ १५ को हरेलो पर्व देखि नयाँ आर्थिक वर्ष

नन्द बहादुर ऐडी प्रत्येक वर्ष माघ महिना मनाइने यस पर्व हुम्ला रोडिकोट गाविसका (व्यासी थपाल्या समुदायका मानिसहरुले मनाउने गर्छन । यस दिनमा विशेष गरि भूमी देवताको पुजा गर्ने चलन रहेको छ । जेठासी – जेठमा पाक्ने बाली राम्रो होस भन्ने मान्यताका साथ यो पर्व भव्य रुपले मनाईन्छ । यो पर्वको अर्को विशेषता भनेको यसै दिनबाट त्यस समुदायको आर्थिक वर्ष परिवर्तन हुनु हो । वर्ष भरि गरेका कामका बारेमा छलफल, समिक्षका साथ आउने नयाँ वर्षको लागि नयाँ कार्ययोजना तर्जुमा गर्ने पनि गरिन्छ । गाउँको रेखदेख गर्ने नोरा यसै दिनमा चुन्ने काम गरिन्छ । यो पर्व विशेष गरि हुम्ला जिल्ला भरिका व्यासी थपाल्या समुदाय मध्ये रोडिकोट गाविस वडा न १, २, ३, र ४ राहदेउ र फुचा गाउका मानिसले मनाउने गर्दछन् । यस्तै पर्व राया गाउँका व्यासी थपाल्याहरुले माघ १ गते मान्ने गरेको पाईन्छ । के के गरिन्छ त यस पर्वमा ? प्रत्येक घरबाछ एकएक माना मास्र्याको धुलो(पिठो),एक एक डाडु तेल र एक पुलो बावियो –एक प्रकारको बलियो घाँस ) उठाईन्छ । त्यस दिउसो मास्र्याको चिउला –पुरी) हाल्ने गरिन्छ । गाउँमा भएका दुई वटा पटी हेरी