Posts

Showing posts from February, 2012
Image

खानपान

नन्द बहादुर ऐडी कहिले खादो मास्र्या साथु कहिले खादो लगर काम नपाको यो गो डोरारी डुल्छ बगर बगर ती माथिको मिठो हरफले हुम्लामा फपरको लगर ।र मास्र्या साथुको महत्व छैन भन्ने कुरालाई स्पष्ट पारेको छ । खासै भनने हो भने मासर्या बराबरको अँय अन्न बालीमा पोटिन हुदैन र फर बराबरको..........अनय अन्नमा त्यति पाईदैन् । अशिक्षा भनौ या चेतनाको कमीले हुम्लामा यी अन्नलार्इृ हेला र तल्लो वर्गले खानकोरुपमा हेरिन्छ । जो भात खान्छ ऊ ठुलो र माथ्ल्लिो वर्गको मानिस हो भन्ने एउटा गलत र खोक्रो मान्यता रहेको छ हुम्लामा । हुम्ली जनतामा एउटा भाते मानसिकताको विकास भएको छ । फलस्वरुप आज हुम्लामा कहि नभएको भोकमरी र खाधननको अभाव दिनानु दिन थपिदै गएको छ । सर्वमान्य नेता स्व. गणेशमान सिंहका अनुसार जनता भनेका भेडा हुन् । जो जसले जे भने पनि पत्याई हाल्ने । यहि कारणले होला हुम्ली जनताले आफनो स्व उत्पादनफापर र मास्र्यालाई अवहेलना गरेका हुन की भन्ने लाग्छ । हुन त सोझा र सर्बसाधारण जनता माथि चलखेल र राजनीति गर्न सजिलो भएर होला हुम्लामा राजनीति र एनजिओ नीतिले भाते मानसिकताको विकास गयो । एनजिओ आईएनजिओले लगानी गर्नु नराम्रो हाई

अन्न बाली

नन्द बहादुर ऐडी चाताबाला कइथो भयो बालनिाली ? केहि पायौ त ? हाम्मो त माया मरिगो फापर साँउ भन , कोद्या धाई हुन्या रछ , आहर लाउन पायौन । माथिका यी शब्दहरु मेल्छाम ३ हुम्लाका सुर्य बुढाले रोडिकोट ४ हुम्लाको आफना आफन्त सँग गरेको कुराकानी हो । हुम्लालाई भौगोगिक रुपमा उपर हुम्ला , मध्यम हुम्ला र तल्लो हुम्ला गरि तीन भागमा विभाजन गरिएको छ । उपर हुम्लामा  उपर हुम्लामा प्राय जसो बौद्ध समुदायका मानिसहरु बसोबास गर्छन् । त्यहाका प्राय जसो मानिसहरुले पशुपालन र व्यापारमा नै आफनो जीविको पार्जन गदै आएका छन् । उपर हुम्लामा ठण्डा मौसमका कारण अन्न बाली त्यति हुदैन् । त्यहा बढि भन्दा बढि आलु, फापर र चोती कोईरा (यान्ट मुला ) हुन्छ । त्यहा उत्पादित ती अन्नबालीले त्यहाँका जनतालाई धान्न नसकेको अवस्था रहेको छ , फलस्वरुप त्यहाका बासिन्दा बढि भन्दा बढि घोडा , भेडा चलाई तीब्बतको ताक्लाकोट र लिमीबाट मैदा र चामल लगायतका सामाग्रीहरु आयात गरि जीवन निर्वाह गदै आएका छन् । मध्य हुम्ला    मध्य हुम्ला भनने बित्तिकै हुम्लाको बीचको भू भागलाई जनाउदछ । त्यस क्षेत्रमा विभिन्न जातजाति – बाहुन ,षेत्री र व्यासी थपाल्या र केह

हरेलो पर्व

नन्द बहादुर ऐडी प्रत्येक वर्ष माघ महिना मनाइने यस पर्व हुम्लाको रोडिकोट गाविस का (व्यासी थपाल्या समुदायका मानिसहरुले मनाउने गर्छन । यस दिनमा विशेष गरि भूमी देवताको पुजा गर्ने चलन रहेको छ । जेठासी (जेठमा पाक्ने बाली ) राम्रो होस भन्ने मान्यताका साथ यो पर्व भव्य रुपले मनाईन्छ । के के गरिन्छ त यस पर्वमा ? प्रत्येक घरबाट एकएक माना मास्र्याको धुलो (पिठो) ,एक एक डाडु तेल र एक पुलो बावियो (एक प्रकारको बलियो घाँस ) उठाईन्छ । त्यस दिउसो मास्र्याको चिउला (पुरी) हाल्ने गरिन्छ । गाउँमा भएका दुई वटा पट्टी ( हेरी र बुरा अर्थात ऐडी र बुढा ) यी पट्टी बीचमा प्रत्येक वर्ष  पालैपालो चिउला हाल्ने रोलक्रम चल्ने गर्दछ । यस दिनमा प्रत्येक घरबाट एक एक जना उक्त पूजा स्थलमा जान्छन् । मास्र्याको चिउला खाई बावियाको लरो (एक प्रकारको मोटो र बलियो घाँसको डोरी) बाट्छन् । यी सबै काम पुरा भइसकेपछि आ आफनो घरमा फर्कन्छन् । खाना खाईसकेपछि बेलुका अर्थात रातको करीब आठ बजेतिर उक्त बावियाको लरो लेकको भेडी गोठालाहरु र गाउँका मानिससहरु बीच आपसमा ताना तान गरिन्छ ।  गोठालाहरुले जिते गाउँमा अनिकाल अर्थात अन्न नहुने र गाउँलेहरु

पूर्व वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र,ऊर्जा क्षेत्र सहयोग कार्यक्रमबाट सम्पन्न आयोजनाहरुः

१) गोठी लघु जलविद्युत आयोजना गोठी (५० किलोवाटबाट ) बाट ३९६ घरधुरी २) जाङ्गखोला लघु जलविद्युत आयोजना लिमी ६.५ कि.वा.बाट ६६ घरधुरी ३) गारघटेखोला लघु जलविद्युत आयोजना स्याडा (२६ कि.वा.) बाट २२० घरधुरी आ.व.ः ०६८,०६९ मा –विस्तृत सर्वेक्षणका लागि माग भई आएका आयोजनाहरु, १) घट्टेखोला लघु जलविद्युत आयोजना खगालगाऊ“, हुम्ला –५० किलोवाट( ५०० घरधुरी) २) ताक्लाखोला लघु जलविद्युत आयोजना खार्पुनाथ–१५ कि.वा (१५० घरधुरी)
Barkha Bohora प्रत्यक बर्ष फागुन १२ गतेका दिनमा मनाईने चैतलो प्रर्बलाई हुम्लाको ठेहे र सिमकोट गाउ बिकास समितिमा मनाउने गरेको पाईएको छ । फागुन १२ गते आज बाट सुरु भएको चैतलो प्रर्बमा स्थानिय महिलाहरु यसरी बिभिन्न पहिरनमा सजियर महगा महगा गरगहनाहरु लगाएर दिन भरी सार्बजनिक स्थान भोखडा अर्थात चौपाडी भन्र्ने खाली जग्गामा जम्मा भैई पुरानो गित गाउने गर्दछन् । चैतलो प्रर्बमा ठेहेमा बिबाहीत महिल मात्र खेल्छन् भने सिमकोटमा अबिबाहीत महिलाहरु पनि खेल्ने परम्परा रहेको छ । चैतलोलाई स्थानिय बासिहरु राम्रो लगाउने मिठो खाने र एक आपसमा भेट घाट गर्ने मेलाका रुपामा लिने गर्द छन् । यो मेला दुई दिन सम्म लाग्ने गर्दछन् ।

विकासमा संचारको भुमिका

रमेश ऐडी विकास पुरानो संरचनामा परिवर्तन गरिएको नयाँ स्थितिलाइ जनाउछ । समाजमा हुने यस्ता परिवर्तनको संचार भएन भने समाज कहा कस्तो अवस्थामा छ भन्ने थाहा पाइदैन् । वाहिरी संसारमा जोडने काम संचारले गदर्छ । जवसम्म संचारको विकासपुर्ण हुदैन तवसम्म त्यसठाउको विकासमा पहुच पुग्दैन । संचारक्षेत्रलाइ सत्य निश्पक्षरुपमा विकास गरिएन भने समाजको विकास नभै व्यक्तिको मात्र हुनजान्छ जो समाजलाइ जति वुभ्दै जानेछ त्यतिकैमा समाजका लागी हानी हुनेछ । समाजको लागी आवशयक सामाजिक आर्थिक राजनैतिक शिक्षा संचारले दिने हुदा संचारजगतलाइ जति पछि पार्दै जादा समाज थप पछि पर्दै जान सक्छ । फरक ठाउमा हने समस्या , अभाव वस्तुगत विशेषता भौगोलिक वनावट श्रोत साधन वातावरण हावापानी पाकृतिक सौनदर्य आदी इत्यादीको चिनारी संचारले मात्र गर्न सक्छ नकि कुनै व्यक्तिले भन्दैमा हुन सक्दैन । समाजलाइ संचारले शिक्षासाथसाथै मनोरन्जन मुख्यरुपमा दिने लक्ष्य उदेश्य रहेको हुदा सवै भन्दा पहिला संचारको विकास हुनु जरुरी छ । भनिन्छ आधुनिक संचारको युग हो तर हामी र हामो्र समाज संचार भने केही होइन केवल नाममात्र आफनो लागीका संचारकर्मी हुन भन्ने वुझाइ