Posts

Showing posts from June, 2013

विकासे काममा लगनशील स्थानीयबासी

 ठकुरी बस्तीले भरिएको मेल्छाम ७ र ८ स्थित मासिधारा हुम्ला सदरमुकाम सिमकोटबाट करीव ३५ कोष टाढा को गाउँ हो । पूर्व तिर रति गाउँ पश्चिम तिर मेल्छाम गाउँ उत्तर तिर लामालेक र दक्षिण तिर मेल्छाम कोटको बीचमा रहेको छ मेल्छाम गाउँ । मेल्छाम गाविस मध्येकै एक जना मास्टर डिग्री होल्डर पनि यसै गाउँबाट उत्पादित  व्यक्ति रहेछन् । करीव १५ जना एसएलसी पास भएको यस गाउँमा विकासले भने हाल सम्म सन्तोष जनक फड्को मार्न भने सकेको छैन । स्नोल्याड एकिकृत विकास केन्द्र, हिमालयन कन्जरभेशन एण्ड डिभलपमेन्ट एशोशियन ,कर्णाली एकिकृत विकास अनुसन्धान के्न्द्र ,असल छिमेकी नेपाल लगायतका जिल्लामा नाम कहलिएका संघ संस्थाहरुले आफनो कार्य क्षेत्र बनाए पनि सो सस्थाले राजनीति र डलर खेती सीवाय अरु केहि विकासे प्रगति नगरेको स्थानीइको जन गुनासो रहेको छ । सो गाउँको देशी भन्ने ठाउँमा धान प्रशस्त मात्रमा फल्ने भएता पनि सिचाईको अभावले गर्दा हाल सम्म धान फलाए भात खाने सपना भने अधुरो भएको कुरा बताउछन स्थानीइ बासी । सो गाउँको सबैभन्दा महत्व पुर्ण आवश्यक कुरा भनेको सिचाई हो र हाल सम्म जिल्लामा कार्यरत कुनै पनि संघ सस्थाले सिचाईमा लगानी

गार पारी देखि याल्वाङ सम्मको रमणीय यात्रा

Image
विहानै पाचँ वजे उठी तयारीका साथ आफनो यात्रा सुरु गरे मैले । छिटपिटो उज्यालो हुदै थियो गारपारीको गाउलाई छोड्दै च्याछरा हुदै ढाडकेर्मीमा पुगियो । ढाडकेर्मीमा २०÷२५ वटा खच्चरहरु रहे्छन् र उक्त खच्चर हरुलाई सामान बोकाई रहेको दृश्य देखियो । भारत बाट निर्यात भई नेपालको हिल्सा नाका हुदै चीन जाने उक्त जडिबुटि थियो सतुवा । सामान बोक्ने ती खच्चरहरुलाई छोडेर आफनो गन्तव्यलाई अगाडी धकेले र्मैले । म अगाडी बढदै थिए , बाटोमा एक आकषर्ण होटल भेटियो । सो होटलमा चिया खानको लागि विश्राम लिए । उक्त होटलमा ३ जना अमेरिकन पर्यटक सहित १ जना नेपाली टेक गाईड र एक जना भरीया गरी पाचँ जना रहेछन् । मैले चिया खादै उनीहरुसित हुम्लामा घुम्दा देखिएका राम्रा नराम्रा पक्षहरुको् बारेमा जिज्ञासा राखे । टे«क गाईट नुर्वु लामाले भने तपाई त पत्रकार एकचोटी हिल्सा सम्म पुग्नुहोला । हिल्सा नाका बाट भित्रिने रक्सी लगायत अवैध सामाग्रीहरुको बारेमा कलम चलाउनु होला भनेर सुझाव पनि दिए । सल्लीको ओरालो झर्दै अघि बढ्ने क्रममा याल्वाङ चौर आईपुग्यौ । त्यहाँ चुईगम किनेर खाएर गन्तव्यलाई अघि बढाए । करिब १० बजेको थियो होला बल्ल तल्ल याल

उज्यालो दिन असफल

Image
६५ घर धुरी भएको व्यासी थपाल्या समुयायका मानिसहरु बसोबास रहेको गाउँ हो फुचा । हुम्लाको सदरमुकाम सिमकोट बाट करीव ३० कोष टाढा रहेको रोडिकोट गाविसको वडा नं ४ स्थित रहेको त्यस गाउँ खोला भित्र रहेको छ । सर्केगाड नदकिो मुख्य मुहान नै त्यस गाउँमा भएकोले हुम्ला कर्णाली को शिर विन्दुमा रहेको गाउँ भन्दा फरक नर्पला ।  स्थानीय बुढापाखाका अनुसार त्यस गाउँका बाजेले फुचिलो (अम्खोरा) मा धन सम्पति ल्याएर सो स्थानमा बसोवास गरेकाले गाउँको नाम फुचिलो हुदै फुचा हुन गएको हो । अन्य गाउँका माानिसहरु यस गाउँका मानिसहरुलाई गिज्याएर बोल्दा फुच्चो वा छुच्चो स्वभावका मानिस भन्ने गरेता पनि वास्तवमा यहाँ मानिसहरु मिलनसार र सोझा सीधा व्यवहारका छन् । समग्रमा करीव २० जनाले एस एल सी पास गरेको जसमा ९ जनाले ईन्टर र ३ जनाले बीए पास गरेको त्यस गाउँमा ५ जना अवकाश प्राप्त हुलाकी, १ जना प्रावि स्थाई शिक्षक र २ जना पियन क्रमशः कृषि विकास बैङ्क, उप स्वास्थय चौकी गरी ८ जना सरकारी दरबन्दीका कर्मचारी रहेका छन् ।  ६५ घर धुरी भएको त्यस गाउँमा हाल सम्म २ जना महिलाले एसएलसी र आईए पास गरेको अवस्था छ । हावा पानीको दृष्टिले अत्

टुट्यो नुन—चामलको नाता

Image
समाजमा रहेका मानिसहरुको आ—आफनै जीवन निर्वाहका पद्धती र प्रर्णालीहरु हुन्छन्  । मानिसहरुले बाच्नका लागि संघर्ष गरिराखेका हुन्छन् र बाच्ने पद्धती पनि फरक–फरक हुन्छ । यस्तै कर्नालीका मानिसहरुले समय सापेक्ष आफनो जीवन निर्वाहकोे पद्धती उवेला देखि हाल सम्म फरक–फरक तरीकाले गर्दै आएका छन्  । समय गतिशील छ र समय परिवर्तनसँगै मानिसका ईच्छा आकाङछा पनि परिवर्तन हुने गर्छ । यो गतिशील समाजमा टिकिरहनको लागि मानिस पनि सोहि अनुरुपको हुने गर्छ र त्यहि अनुसारको सामाजिक संस्कारका साथै सस्कृतिक निमार्ण हुने गर्छ र मानिसले सो संस्कृति अंगाल्न पुग्दछ ।  समाज परिवर्तनको क्रममा नेपालको दुर्गम भेग कर्नालीको समाजिक परिवेश र संस्कारहरु पनि परिवर्तन हुदै गएको आभास हुन थालेको छ । बाच्नको लागि संर्घष र विभिन्न जीवन निर्वाहका पद्धती र प्रणाली उपनाउनु पर्ने हुन्छ । यसै क्रममा कर्नालीमा पहिले बस्तु विनिमय प्रथा अन्त्यन्तै प्रभावशाली पेशा वा व्यावसाय हो तर आज समाज विकाससँगै यो प्रथा विस्तारै विलिन हुन पुगेको छ । पहिले हुम्लाका मानिसरुले चीनको स्वशासित क्षेत्र तीव्वतको ताक्लाकोटबाट उन नुन ल्याएर कालिकोट, जुम्ला

हाम्मो रोटाले पनि जनयुद्ध लडेका छन्

Image
वि.स. २०५२ सालमा तत्कालदीन सरकारलाई नेकपा माओवादीले विभिन्न माग राख्दै युद्धको घोषणा गयो । त्यो युद्धको क्रम करीव १० वर्ष सम्म चल्यो । त्यो क्रममा नेपाली जनताले सरकार र विद्रोही माओवादी दुवै बाट विभिन्न सास्ती भोग्नु पयो । तत्कालीन विद्रोहीमाओवादीलेराज्यसत्ता विरुद्ध विभिन्न चरणमा शसक्त आन्दोलनका कार्यक्रम घोषणा गयो । यो क्रममा नेपाली जनताले भोगेको पीडालाई वर्णन गरि साध्य छैन् । जहाँ अभाव त्यहाँ चलखेल भनेजस्तै काग्रेस ऐमाले र त्यसपछि शसत्र द्धन्दमा माओवादीको अखडाको केन्द्र विन्दू बन्न पुग्यो नेपालको कर्नाली क्षेत्र । कर्नाली क्षेत्र राज्य बाट पिडीत क्षेत्र हो, ठगिएको क्षेत्र हो । राज्य सत्ताले कर्नालीलाई उत्पीडनमा पारेको छ भन्दै त्यसको विरुद्ध सशक्त आवाज उठाउनु पर्छ हामीले कत्ति सम्म सहेर बस्ने ? अधिकार मागेर पाईन्न । खोसेर लिन सक्नु पर्छ आफनो हक र अधिकार सुनिश्चित गर्न राज्य सत्तासँग लडाई लडनु पर्ने वेला आएको छ । हाम्रो समाजमा भएको रुढिवादी परम्परा , समान्ती प्रवृति र शोषक ठुलाबडाको हुकुमी शासनको अन्त्य, जातीय भेदभाव लगायतका यावत सामाजिक समस्याको न्यूनीकरण गर्न नेकपा माओवादीले श

अभाव भित्रको चलखेल

जहाँ अभाव त्यहाँ चलखेल पक्कै पनि हुन्छ । राज्यका सम्पूर्ण निकायले कर्नाली क्षेत्रलाई ्अभाव ग्रस्त भेगको रुपमा चित्रण गर्दै आएको अवस्था छ । कर्नालीलाई रोग, भोग, शिक्ष,ा स्वास्थ्य, विद्युत, सञ्चार लगायतका यावत पक्षमा अभाव ग्रस्त क्षेत्र हो भनी व्याख्या गर्ने प्रचलनन रहेकबो छ । कर्नाली क्षेत्रमा विभिन्न कुराको अभावले गर्दा चलखेल गर्ने रंगशाला बन्न पुगेको छ त्यस क्षेत्र । राज्यका माथिल्लो स्तरका कर्मचारीले भने अनुसारको काम गरेन भने कारवाही स्वरुप सरुवा गर्ने ठाउँ जहाँ कि अपराधीले अपराध गरेपछि जेलचलान गरिन्छ, त्यस्तै कुनै कर्मचारीले हाकिमलाई रीजाउन सकेन भने कर्नालीमा सरुवा गर्ने चलन पनि बाक्लै छ । यसैले कर्नालीलाई सुधार गृहका रुपमा व्याख्या विश्लेषण गर्दा फरक नपर्ला । कर्नालीमा सडक पुगेको छैन् । सडकको लागि वार्षिक करोर्डौका रकम निकासी हुने गर्छ अर्थमन्त्रालय लगायत विभिन्न सडक सम्बन्धी काम गर्ने संघ सस्थाहरु बाट । उक्त रकम सम्बन्धित ठाउँमा पुग्नै नपाई बीच बाटो मै शक्ति र शासनको बागडोर सम्हालेका मै हुँ भन्ने ठेकेदारहरुको खल्ती भरिन्छ । यसैले पनि चलखेल कै रुपमा लिन सकिन्छ । कर्नालीमा खाद्य

सबै कुरा राजनीतिमा नै अडिएको छ

Image
रिता शाही  केन्द्रिय सदस्य, नेपाल महिला संघ आज भोली केमा व्यस्त हुनुहुन्छ ?  पाटीको संगठन विस्तारको क्रममा कार्यक्रम भईराछ  । त्यहि कर्यक्रममा व्यस्त छु । समाजमा कसरी चिनिन चाहानु हुन्छ ? मैले युवा राजनीतिका साथै महिलाका आवाजहरु शसक्त रुपमा उठाउने काम गरेको छु । यसैले एक अधिकारवादीका रुपमा चिनिन चाहान्छु ।  कहाँ र कहिले जन्मनु भयो ? वि.स २०३७ साल हुम्लाको गोठी गाउँमा जन्मेको हुँ । मेरो वाल्यकालका साथै स्कुले जीवन त्यही वित्यो ।  प्रेम के हो ?  भावनात्मक सम्बन्ध हो ।  तपाई प्रेममा पर्नु भाछ ?  छैन ।  अविवाहित हुनुहुन्छ, विवाह नगर्ने ? गर्ने तर समय आएपछि । कहिले आउँछ त समय ?  त्यो त जुराउनु पर्छ मैले मात्र चाहेर पनि हुदैँन । लगन जुरे पछि विवाह हुन्छ भन्छन नि ।  यौन के हो जस्तो लाग्छ ? यौन एउटा प्राकृतिक नियम हो । सजीव प्राणीहरुको लागि एक आधारभूत आवश्यता पनि हो ।    जीवन केहो ? सुख दुखको क्षण हो ।  नेपालको राजनीति ओरालो लागिरहेको अवस्थामा छ, तपाई युवा राजनीतिकर्मी हुनुहुन्छ । के देख्नुहुन्छ नेपाली राजनीतिमा आशा लाग्दा कुराहरु ?  अहिलेको नेपा