Posts

Showing posts from July, 2013

जिल्ला टपरमा नेपालकै दुर्लभ जाती कैलाश सिरा

नन्द बहादुर ऐडी समग्रमा भन्नु पर्दा यो गएको ०६९ सालको प्रवेशिकाको परीक्षा प्रतिफल खस्कदो एवं निराशाजनक छ । नेपालको दुर्गम एवं विकट मानिने हुम्ला जिल्लाको यो वर्षको प्रवेशिका परीक्षाको प्रतिफल मध्यपश्चिम विकास क्षेत्रको १६ वटा जिल्ला भित्रमा उत्कृष्ठ (करीव ६१प्रतिशत) आएको छ । त्यसमा पनि हुम्लामै उत्कृष्ठ अंक ल्याउन सफल भएका छन्, नेपालकै दुर्लभ जातिका विद्यार्थी कैलाश सिरा । कैलाश सिरा मेलम—५, हुम्लाका जय वहादुर सिराका छोरा हुनउयनी अहिले १६ वर्षको भए । उनले यो पैविशिका परीक्षामा कुल ५सय ... नम्वर अर्था ७८. ... प्रतिशत ल्याएका छन् ।  सिरा जाति नेपालकै दुलव जाती हो । जुन हुम्ला जिल्लामा मात्र सिमित र त्यसमा पनि हुम्लाको मेल्छाम गाविसमा ५ घरधुरी र मदना गाविसको बारी गाउँ स्थित करीव ७ घरधुरी रहेका छन् । जनसंख्याको हिसावले लगभग १ सयको हाराहारीमा शिरा जाति कुन समुदाय अन्र्तगत पर्छ भनी यकिन नभए पनि हाल सम्म हुम्लाका व्यासी थपाल्या (ऐडी, बुढा, रोकाया, बुढाथोकी) सँग नाता कुटुम्व चलाउदै आएकोले व्यासी थपाल्या समुदायमा गनिदै आएको छ । राष्ट्रिय जनगणनामा क्षेत्रीको रुपमा गणना हुदै आए पनि वास्तवमै स

हुम्ला कर्नालीका रमणीय तस्वीरहरु

Image

विकास वादी देउडा गीत

Image
नन्द बहादुर ऐडी समाज विकास खाका कोर्न युवा वर्ग जुटौ सकरात्मक परिवर्तन, गर्न हामी उठौ उठौ साथी जुटौ साथी भाईचारा बढाउदै समाज विकास देश विकासको काम गरि रमाउदै शिक्षा लिउा ज्ञान बढाऔ, बढाउ है क्षमता जति बढ्यो उत्ति ठुलो, नगरे्या अहमता यो देशको मेरुदण्ड, हामी युवा वर्ग समस्या निकासका लागि, पछाडी नफर्क

जिल्ला प्रशासन कार्यालय हुम्लाको लापारवाही

रतन बुढा विस २०४६ सालमा जन्मिएका हुन उनले जिल्ला प्रशासन हुम्लाबाट विस २०६६ सालमा पहिलो पटक नागरिकता लिएका थिए । उनको नागरिकता हराएकोले पुनः पहिलो प्रतिलिपीका रुपमा वि।स।२०७०्०१्१६ गतेका दिन नागरिकता लिए र सोही नागरिकताले उनलाई ४ वर्षको बालक बनाई दिएको छ । सोही नागरिकतामा उनको जन्म वि।स। २०६६÷०३÷२१ गते भनी उल्लेख गरिएको छ । यो प्रमाणित गरिदिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शुकदेव कुमार पोखरेल रहेका छन्् । जिल्ला प्रशासनको यो लापरवाहीले उनको प्राविधिक शिक्षा सि।एम।ए।को ट्रान्सकिप्ट दिनको लागि सि।टि।ई।भि।टी। कार्यालय भक्तपुरका अधिकारीहरुले दुःख दिई रहेका छन् । प्रशासनको यो लापरवाहीले गर्दा सर्वसाधरणले नपाउनु दुःख पाएका छन् । हुम्ला जिल्लामा यस्ता घटना कैयौ छन् तर त्यहाँका स्थानीयले बरु आफै दुःख पाएर बाहिर ल्याउन चाहदैनन् र अर्को कुरा आम सञ्चार माध्यमको पहुँच एकदमै कम भएकोले गर्दा पनि घटना बाहिर आउन नसकेको कुरा बताउछन् मेल्छाम—१,हुम्लाका गोरख बहादुर बुढा ।