नन्द बहादुर ऐडीको संक्षिप्त जीवनी-Story of Nanda Bahadur aidee

 जन्म : २०४८\०२\२३

शिक्षा : स्नातक तह (पत्रकारीता)
पिता : बलपति ऐडी
माताः बिजौरा ऐडी
कार्यरत : तारकेश्वर आवाज





















वि.स. २०४८ साल जेठ २३ गते पिता वलपति ऐडी र माता बिजौरा ऐडीको कोखबाट माईलो सन्तानको रुपमा जन्मेका हुन् पत्रकार नन्द बहादुर ऐडी । नेपालको अति विकट मानिने कर्नाली प्रदेश, हुम्ला जिल्लाको साविक रोडिको गाउँ विकास समिती वडा नं ४ फुचा गाउँमा पत्रकार ऐडीको जन्म भएको हो ।

पत्रकार ऐडीले कक्षा ५ सम्म फुचा गाउँकै निलकण्ठ प्राथमिक विद्यालय र कक्षा ६–८ हिमालय निम्न माध्यमिक विद्यालय मेल्छाम हुम्लाबाट २०६१ सालमा उर्तिण गरेका हुन् ।

तत्कालीन अवस्थामा देशमा नेकपा माओवादीको सशत्र द्धन्द्ध चलिरहदाँ पत्रकार ऐडी वि.स. २०६२ सालमा अध्ययनको शीलशिलामा राजधानी काठमाडौंमा प्रवेश गरेका हुन् ।

पत्रकार ऐडीले काठमाडौको नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ देखि १२ सम्म अध्ययन गरेका हुन् ।

सानै देखि परिवर्तनशील सोच भएका पत्रकार ऐडी एस.एल.सी उतीर्ण पश्चात नेपाल राष्ट्रिय उच्च मा.वि.मा पत्रकार बन्छु भन्ने उद्देश्यका साथ पत्रकारीता विषय अध्ययन गर्न थाले ।

वि.स. २०६४ सालमा एस.एल.सी उतीर्ण गरेका पत्रकार ऐडी हुम्लाको रोडिकोट गा.वि.सको पहिलो एस.एल.सी प्रथम डिभिजन हुन् । वि.स. २०६५ देखि पत्रकार ऐडीले राष्ट्रिय जनमञ्ज साप्ताहिकमा हुम्ला डायरी नामक स्तम्भबाट आफनो पत्रकारीता सुरु गरेका हुन् ।

पत्रकार ऐडीले अध्ययन सँगसँगै पत्रकारीता पेशालाई समेत निरन्तरता दिदै जादाँ २०६७ सालमा काठमाडौंको ग्रामीण आर्दश बहुमुखी क्याम्पस नेपालटारमा रेडिो स्थापना गनुृपर्छ भन्ने ध्येयका साथ ग्रामीण सञ्चार अध्ययन समूह गठन गरि उक्त समूहको संस्थापक अध्यक्षको जिम्मेवारी बहन गर्दै गामीण क्याम्पसमा रेडियो स्टुडियो निर्माण गर्न सहयो गरेका थिए । उक्त रेडियो स्टुडियो हाल सम्म ग्रामीण क्याम्पसमा सञ्चालनमा छ ।

पत्रकार ऐडीले वि.स. २०६९ सालमा नेपालको विकट कर्नाली क्षेत्रको पहिलो मासिक पत्रिका हिमनगर जिल्ला प्रशासन कार्यालय हुम्ला दर्ता गरि वि.स. २०७२ साल सम्म निरन्तरता दिए । उक्त पत्रिकाको प्रकाशकका साथै कार्यकारी सम्पादकको रुपमा सो समय पत्रकार ऐडीले जिम्मेवारी बहन गरेका थिए ।

पत्रकार ऐडीले वि.स. २०७२ सालमा काठमाडौंको उत्तरी भेगमा रहेको तारकेश्वर नगरपालिकालाई विशेष कार्यक्षेत्र बनाउँदै तारकेश्वर आवाज मासिक पत्रीका सञ्चालनमा ल्याए । उक्त पत्रिका तारकेश्वर नगपालिकाको मुखपत्रको रुपमा प्रकाशन हुदै आएको छ । हाल उक्त पत्रिकाको अनलाईन संस्करण tarakeshwor.com समेत सञ्चालनमा छ ।

पत्रकार ऐडीका अनुसार नेपालको राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका राजधानी भित्रकै विकट क्षेत्र अर्थात वत्ती मुनीको अध्यारो क्षेत्र हो ।

यसर्थ राजधानी मै मोफसलको पत्रकारीता गर्दै आएको कुरा पत्रकार ऐडीले बताउँनुभयो । पत्रकार ऐडी पत्रकारीता सागसँगै सामाजिक कार्यैमा पनि सक्रिय रुपमा लाग्दै आएका छन् ।

उनले जन्मथलो हुम्ला देखि काठमाडौको तारकेश्वर भित्रका विभिन्न सामाजिक संस्थामा पदाधिकारी तथा सदस्यका साथै सल्लाहकारको रुपमा काम गर्दै आएका छन् ।

पत्रकार नन्द बहादुर ऐडी आवद्ध संघसंस्था
तारकेश्वर आवाज–सम्पादक÷प्रकाशक
https://tarakeshwor.com– सम्पादक
nandag.com–सम्पादक
तारकेश्वर प्रेस एण्ड मिडिया हाउस प्रा.लि.–प्रवन्धक निर्देशक
एडु टुडे(मासिकपत्रिका)– सम्पादक
तारकेश्वर विकास समाज– सचिव
लैङ्गिक हिंसा नियन्त्रण समन्वय सञ्जाल, काठमाडौं– सचिव
समुदाय–प्रहरी साझेदारी, तारकेश्वर नगरपालिका कमिटी–सदस्य

https://nandag.com/513/






























































































































Comments

Popular posts from this blog

शिक्षा ऐन २०२८ अघिको शिक्षण तरीका र विद्यालय व्यवस्थापन प्रक्रिया